logo

अग्निको उर्जाबाट अध्यात्मिक क्रान्तिको उदघोष गरौः बालगुरुआदित्य

      3/6/2019 गते 00 00 मा प्रकाशित     965   पटक पढिएको

वीरगन्ज,२२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा शान्ति छाओस भन्ने कामना व्यक्त गरेका छन ।अश्वस्थताको कारण वीरगन्जमा चलिरहेको अश्वमेध गात्री महायज्ञको पुर्णाहुती कार्यक्रममा प्रधानमंत्री ओली आफै सहभागी हुन सकेनन ।

 

उनले सन्देश पठाएर    नेपालमा पहिलो पटक  भइरहेको यज्ञबाट नेपालको समृद्धिसगै विश्वमै शान्ति छाओस भन्ने कामना व्यक्त गरेका छन । पूर्णाहुती कार्यक्रममा प्रधानमंत्री ओली  आउने अन्तिम तयारी भएपनि  नियमित चेक जाँचको क्रममा उन लाई अस्पतालमा भर्ना गरिएपछि वीरगन्जको कार्यक्रम स्थगित गरिएको थियो ।

 

प्रधानमन्त्री ओलीको अश्वस्थताको खबर आएपछि महायज्ञमा प्रधानमन्त्रीको शिघ्र स्वास्थ्यको लागि सहभागी सबैले मन्त्रद्धारा आहुति दिएका थिए ।

 


आइतबार देखि सुरुभएको महायज्ञको अन्तिम दिन पुर्णाहुतीमा सहभागी भएका मुख्यमन्त्री महमद लालबाबु राउत गद्दिले महायज्ञको सफताको कामना व्यक्त गरे ।

 

मुख्यमन्त्री राउतले महायज्ञले चरित्र निर्माणको  लागि एउटा उर्जा उत्पन्न गरेको बताउदै गायत्री परिवारले नेपालमै पहिलो पटक  महायज्ञ आयोजना गरेकोमा धन्यवाद दिए । 

 


पुर्णाहुती कार्यक्रममा सहभागी  बालगुरु आदित्यले नेपालमा पहिलो पटक भएको अश्वमेध गायत्री महायज्ञ पुणरुपमा सफल भएकोमा आयोजकलाई ध्यन्यवाद दिए ।

 

उनले महायज्ञमा सहभागी सबैलाई धन्यवाद दिदै अग्नीबाट उर्जा अत्यपन्न गरी अध्यात्मक्रान्तिको लागी  उदघोष गर्न आहवान गरे ।महायज्ञको लागी आफैले तयार पारेको बिशेष प्रकारका आहुती सामग्रीबाट हवन  गरे पश्चात लिखित कामनामा अध्यात्म क्रान्ति गर्न सबैलाई  आहवान गरेका हुन ।

 


कार्यक्रममा  पुर्व अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याका छोरा तथा देव विश्व विद्यालयका उपकुलपति चिनमय पाण्ड्याले गायत्रीको महत्वको बारेमा बिशेक्ष कथा प्रवचन गरेका थिए ।उनले आफनो प्रवचनमा गायत्री महत्व बताउदै जीवनमा भगवानसंग श्रद्धा वृद्धि गर्न गायत्री मन्त्रको जप प्रत्येक दिन गर्न भक्तजनहरुलाई शिक्ष दिए ।

 

महायज्ञ आयोजक मुल समितिका अध्यक्ष डा. उपेन्द्र महतो र मुल समितिका संयोजक तथा वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले महायज्ञ समिति लगायत विशेष अतिथीहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.