logo

सीमरा मालपोतमा अख्तियारको छापा गुप्ताको सम्पती छानवीनको माँग

      3/14/2019 गते 00 00 मा प्रकाशित     1673   पटक पढिएको

सीमरा ३० फाल्गुन ।   अख्तियार  दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले जीतपुर सीमरा उपमहानगरपालिकामा रहेको मालपोत कार्यालयमा छापा मारेको छ । मालपोत कार्यालय सिमरामा  किर्ते कागज बनाएर जग्गा बेचविखनगर्ने  गिरोहको सक्रियता  बढेपछि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरि अनुसन्धान शुरु गरेको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिवको संयोजकत्वमा  शाखा अधिकृत ,  प्रहरी  निरीक्षक गरी ३ जनाको टोलीले बिहिवार सिमरा मालपोत कार्यलयमा  छापा मारी सम्पूर्ण कागजपत्र अध्ययनमा लागि   जफ्त गरेको छ ।

 सिमरा मालपोत कार्यालयका कर्मचारी, लेखापढी व्यवसायी र जग्गा दलालीको मिलेमतोमा किर्ते कागज बनाएर जग्गा  वेचविखन गर्ने गिरोह सक्रिय भएको भन्दै  जिल्ला प्रशासन कार्यालय बाराले फागुन २२ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडालाई  छानविन तथा कारवाहिको माग गर्दै पत्र पठाएको थियो ।  

 

सोही पत्रका आधारमा आज अख्तियारको  केन्द्रिय टोलीले अनुसन्धान शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयले चिठी लेखेर अख्तियारलाई छानवीन गर्न आग्रह गरेको सम्भावत यो नै पहिलो घटना पनि हो ।

 

 सिमरा मालपोत कार्यलयका प्रमुख मदन गुप्ताले  नागरिकता देखि लिएर  सम्पूर्ण कागजपत्र किर्ते बनाएर  जग्गा वेचविखन गर्ने गिरोहसँग मिलेर काम गरिरहेको , एउटा स्थानिय तहको  जग्गा  अर्को  स्थानिय तहलाई  बिक्री गरेको , सरकारले जग्गाको किक्ताकाटँ फुकुवा गरिसकेको  अवस्थामा  गलत मनसायले काम गरेको  लगायतका  उजुरीका आधारमा  अनुसन्धान शुरु गरेको अख्तियार स्रोतले जनायो ।

 

उपसचिवको दरवन्दी रहेको सिमरा मालपोत कार्यालय सिमरामा नायव सुब्बा मदन गुप्ताले   प्रमुखको जिम्मेवारी   सम्हाल्दै आएका छन् । गुप्ताको पछिल्लो  गतिविधि शंकास्पद देखिएपछि उनले यसअघि जिम्मेवारी सम्हालेको मालपोत कार्यालय विरगञ्जको राजस्व फाँटमा सेमत अख्तियारको टोलीले अनुसन्धान गरिहेको छ ।


सिमरा मालपोत कार्यालयका  प्रमुख   गुप्ताले लेखापढी  व्यवसायी र जग्गा दलाली सँगको मिलेमतोमा लाखौ रुपयाँ भष्ट्रचार गरेको भन्दै  चौतर्फी रुपमा  गुप्ताको  सम्पतिको  छानविनको हुनुपर्ने माग समेत उठेको छ ।

 
सिमरा मालपोत कार्यालय सिमरावाट बारा  जिल्लाका  साविकका  गाविसहरु रातोमाटे, प्रिपासिमरा ,भवानीपुरजितपुर, छातापिपरा,  ईनर्वासिरा,  रामपुरटोकनी , बुनियाद,  लिपनीमाल, मर्नरहवा र  निजगढका   स्थानियबासीहरुले  सेवा लिदै  आएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.