logo

बेगसुरायका जनताको बोल “बेगुसरायका बेटा कैसा हो कन्हैया कुमार जैसा हो

      4/9/2019 गते 00 00 मा प्रकाशित     2351   पटक पढिएको

बीरगंज २६ चैत । भारतको लोक सभा निर्वाचनमा चर्चाको शिखरमा रहेको बिहारको बेगुसराय लोकसभा सीटमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार जेएनयुका बिद्यार्थी युनियनका पूर्व अध्यक्ष कन्हैया कुमारले आज मनोनयन दर्ता गराएका छन ।

हजारौ समर्थकका साथ नारा जुलुश र बजागाजा सहित बेगुसराय स्थित निर्वाचन काष्र्यालय पुगेका कन्हैया कुमारले मनोनयन दर्ता गराएका हुन ।

 

मनोनयन  दर्ता गर्न जादा निस्किएको जुलुशमा हजारौ सर्मथकको सहभागिता देखिएको थियो । उत्साहीत सर्मथकहरुले “बेगुसरायका बेटा कैसा हो कन्हैया कुमार जैसा हो ”“चौकीदार चोर है ”कन्हैया कुमार लाल सलाम  लाले लाल कन्हैया लाल जस्ता गगनभेदी नारा लगाएका थिए ।


भारतीय लोकसभाको निर्वाचनमा बिहारको बेगुसराय निकै खास निर्वाचन क्षेत्रको रुपमा रहेको छ । कन्हैया कुमारको उम्मेदवारीकै कारण पनि बेगुसराय खास चर्चामा छ । देशको भात्र होइन बेगुसरायले बिदेशको समेत ध्यान खिचेको छ । बेगुसरायको चुनावी दंगलमा सबैको नजर छ । 


कन्हैया कुमार जसले भारतमा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको सरकारको दक्षीणपन्थ तथा साम्प्रदायीक भावनाको बिरुद्ध बिद्रोहको बिगुल फूकेका छन ।

सामाजिक एकतामा खलल ल्याउने मोदी सरकारको नकारात्मकता बिरुद्ध कन्हैयाले समाजलाई जोडने सामाजिक न्याय  सदभाव र बिकासको कुरा गर्छन ।

उनले राख्ने एजेण्डाहरु सरल भाषमा आम मान्छेले बुझने गरि राख्ने सक्ने उनको कला कारण कन्हैयालाई सबैले सुन्छन । तिनै कन्हैया उम्मेदवार भएको बेगुसराय आज चर्चाको शिखरमा छ । उनको बिरुद्ध भाजपाले केन्द्रीय मंत्री गिरीराज सिंहलाई मैदानमा उतारेको छ । आरजेडी कांग्रेस सहितको गठबन्धनले भने तनवर हसनलाई मैदानमा उतारेको  छ ।


 कन्हैया कुमारको जीतकालागि गुजरातका बिधान सभाका सदस्य चर्चित दलीत नेता जिग्नेश मेवाणीले बेगुसरायमा अभियान नै चलाएका छन भने जेएनयुका पूर्व उपाध्यक्ष शहिला रसीद ,बेपत्ता बनाइएका बिद्यार्थी नजिव की आमा अम्मा फतिमा अभिनेत्री स्वरा भास्कर,गरमेहर कौर र जेएनयुका बिद्यार्थी नेताहरु बेगुसरायमा मनोनय दाखिला गर्ने प्रर्दशनमा सहभागि भएका थिए ।

 


कन्हैया कुमार आफनो आमा र नजिवको आमाबाट आर्शिवाद लिएर मनोनय दाखिला निम्ति आफनै गाउँबाट जुलुस सहित निस्केका थिए । उनले आर्शिवाद लिएको फोटो समेत सार्वजनीक गरेका थिए ।

लाल झण्डाको साथ लालसलामको नारा गुञ्जिएको थियो । कन्हैयाले त्यतीबैले टिविटरमा एउटा ट्वीट गरे “आमा फतिमा नफीस जिगनेश शेहला गुरमेहर समेत उनलै सबैलाई ध्न्यवाद दिदै लेखेका छन “सम्बिधान र लोकतन्त्र बचाउने संघर्षलाई मजवुत बनाउन बेगुसराय आउनु भएकोमा धन्यवाद” । जता हे¥यो उतै लाल झण्डा र राता मान्छेहरु एकताको यो भब्य सहभागिताले सबैमा जोश भरेको थियो । 

 

कन्हैयाले राष्ट्रकवी  दिनकरको मूर्तीमा माल्यार्पण गरे । उनले यहाँ पनि एउटा ट्वीट गरे र भने “राष्ट्रकवी दिनकरको धर्ती घृणा फैलायर राजनीति गर्नेहरुलाई कहिल्यै पनि उठन दिने छैन । 

 

गुरमेहर कौरले पनि एउटा भिडियो रिट्वीट गरेकी छिन , त्यसमा नजिव की आमा फातिमा नफिसले मनेकी छिन “म खुशी छु र यो यकीन भयो अव कन्हैयाले जरुर जित्ने छ । मैले याहाका मान्छेमा धेरै जोश र उत्साह देखेकी छु । कन्हैया बेगुसरायको मात्र होइन देशको हिरो हो उ सकैको छोरो हो  देशको छोरो हो ।

शेहल रशीदले पनि लडाई बेगसरायको मात्र नभई पुरै देशको लडाई भएको बताइन । आज नयाँ नेतृत्व पाउनुु पर्ने आवश्यकता छ  । त्यही गुरमेहरले एउटा गैरा राजनीतिक युवाले यति छोटो समयमा  यति ठुलो ¥याली गर्न सक्यो यो नै जीत हो भनेकी छिन ।


अप्रिल २३ तारिखका दिनमा यो निर्वाचन क्षेत्रमा चुनाव हुने छ । बेगुसरायमा १९ लाख मतदाता छन । त्यसमा १९ प्रतिशत भूमिहार १५ प्रतिशत मुस्लिम १४ प्रतिशत यादव ७ प्रतिशत कुर्मीको संख्या रहेको छ । बेगुसरायमा पछिल्ला ११ वटा निर्वाचन मध्य ११ पटक भूमिहार सासद बनेका छन । भारतीय संचारमाध्यमहरुको सहयोगमा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.