logo

बीपीसी कलेजद्वारा अन्तर्राष्ट्रिय मापदण्ड पुरा ,अव बिआइएम र सिए पनि पढाई हुने

      4/26/2019 गते 00 00 मा प्रकाशित     984   पटक पढिएको

वीरगंज, १३ बैशाख ।
कलेजले प्लस टु ,बिबिए,बिबिएस ,एमबिए ,एमबिएस सन्चालन हुँदै आएकोमा Bachelor in information management (Bim) र Chartered Accountancy (CA) को कक्षा यसै शैक्षिक सत्र देखि संचालन हुने गइरहेको वीरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यले जानकारी गराउनु भयो ।

 

मितव्यायी शुल्क गुणस्तरिय पठन पाठनमा मोफसलको कलेजहरुमा उत्कृष्टता प्रदान गर्न सफल यस कलेजलाई New Business Age Pvt.Ltd. द्वारा New Biz BSchool Rating Ranking Award 2018 अन्तरगत प्रदेश नं.२ कै उत्कृष्ट व्यवस्थापन कलेज, MBS मा, नेपालकै उत्कृष्ट कलेज र MBA ,BBA र BBS मा नेपालकै उत्कृष्ट दस कलेजहरुमा पुरस्कुत गरि यसको गुणस्तरियता उत्कृष्टतालाई पुस्टियाई गरेको छ । यसै सिलसिलामा यस बर्ष सन 2019 अप्रिल 16 मा United Registrar Of System, ISO 9001, UK द्वारा कलेजलाई Organization's Quality management system को लागि ISO 9001:2015 द्वारा प्रमाणित भएको बीफीसी कलेजले शुक्रबार एक कार्यत्रमको आयोजना गरी जानकारी गराएको थियो ।


बीपीसी कलेजले अर्न्राष्ट्रिय मापदण्ड पुरा गरेको कारणले आई. एस. ओ. मान्यता प्राप्त गरेको हो । प्रदेश नं. २ को उत्कृष्ट कलेजको रुपमा स्थापित यो कलेज थुप्रै अभियान एवं विद्यार्थीहरुको मन जित्न सफल भएको छ । कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान रहनु भएको थियो ।

 

थुप्रै विद्यार्थी एवं अभिभावकहरुको आशाको केन्द्र बिन्दुको रुपमा स्थापित यो कलेजले प्राप्त गरेको उचाई भविष्यमा कायम राख्न सकोस भनी अध्यक्ष चौहानले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा डा. दिपक शाक्यले अहिलेको बालबालिकामा मेहनत नगरी पैसा कमाउने चाहना बढेर गएको बताउँदै अहिलेको युगमा व्यवहारिक शिक्षा हासिल गर्नु पर्ने आवश्यकता महसुस भएको बताउनु भयो ।


कार्यक्रममा कलेजका प्रोग्राम डाईरेक्टर संकल्प शाक्य, कलेजका प्रिन्सिपल बिनय श्रेष्ठ, अरबिन्द श्रेष्ठ, किरण शाक्य, वान प्रदेश नं.२ का संयोजक आरसि यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का उपाध्यक्ष केसि लामिछाने, सदस्य जगत राई, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहान, सघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल, नेपाल टेलिभिजनका ध्रुव अधिकारी लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.