logo

बीपीसी कलेजद्वारा अन्तर्राष्ट्रिय मापदण्ड पुरा ,अव बिआइएम र सिए पनि पढाई हुने

      4/26/2019 गते 00 00 मा प्रकाशित     860   पटक पढिएको

वीरगंज, १३ बैशाख ।
कलेजले प्लस टु ,बिबिए,बिबिएस ,एमबिए ,एमबिएस सन्चालन हुँदै आएकोमा Bachelor in information management (Bim) र Chartered Accountancy (CA) को कक्षा यसै शैक्षिक सत्र देखि संचालन हुने गइरहेको वीरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यले जानकारी गराउनु भयो ।

 

मितव्यायी शुल्क गुणस्तरिय पठन पाठनमा मोफसलको कलेजहरुमा उत्कृष्टता प्रदान गर्न सफल यस कलेजलाई New Business Age Pvt.Ltd. द्वारा New Biz BSchool Rating Ranking Award 2018 अन्तरगत प्रदेश नं.२ कै उत्कृष्ट व्यवस्थापन कलेज, MBS मा, नेपालकै उत्कृष्ट कलेज र MBA ,BBA र BBS मा नेपालकै उत्कृष्ट दस कलेजहरुमा पुरस्कुत गरि यसको गुणस्तरियता उत्कृष्टतालाई पुस्टियाई गरेको छ । यसै सिलसिलामा यस बर्ष सन 2019 अप्रिल 16 मा United Registrar Of System, ISO 9001, UK द्वारा कलेजलाई Organization's Quality management system को लागि ISO 9001:2015 द्वारा प्रमाणित भएको बीफीसी कलेजले शुक्रबार एक कार्यत्रमको आयोजना गरी जानकारी गराएको थियो ।


बीपीसी कलेजले अर्न्राष्ट्रिय मापदण्ड पुरा गरेको कारणले आई. एस. ओ. मान्यता प्राप्त गरेको हो । प्रदेश नं. २ को उत्कृष्ट कलेजको रुपमा स्थापित यो कलेज थुप्रै अभियान एवं विद्यार्थीहरुको मन जित्न सफल भएको छ । कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान रहनु भएको थियो ।

 

थुप्रै विद्यार्थी एवं अभिभावकहरुको आशाको केन्द्र बिन्दुको रुपमा स्थापित यो कलेजले प्राप्त गरेको उचाई भविष्यमा कायम राख्न सकोस भनी अध्यक्ष चौहानले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा डा. दिपक शाक्यले अहिलेको बालबालिकामा मेहनत नगरी पैसा कमाउने चाहना बढेर गएको बताउँदै अहिलेको युगमा व्यवहारिक शिक्षा हासिल गर्नु पर्ने आवश्यकता महसुस भएको बताउनु भयो ।


कार्यक्रममा कलेजका प्रोग्राम डाईरेक्टर संकल्प शाक्य, कलेजका प्रिन्सिपल बिनय श्रेष्ठ, अरबिन्द श्रेष्ठ, किरण शाक्य, वान प्रदेश नं.२ का संयोजक आरसि यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का उपाध्यक्ष केसि लामिछाने, सदस्य जगत राई, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहान, सघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल, नेपाल टेलिभिजनका ध्रुव अधिकारी लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.