logo

मदन गुप्ताका ज्वाई ससुरा सहित दश जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर 

      5/15/2019 गते 00 00 मा प्रकाशित     1533   पटक पढिएको

बीरगंज १ जेठ  ।
मालपोत कार्यालय सीमराका तत्कालीन प्रमुख नायव सुब्बा मदन प्रसाद गुप्ता बिरुद्ध अख्तियार दुरुपयो अनुसन्धान आयोगले बिशेष अदालतमा आरोप पत्र दर्ता गराएको छ । 

 मदन प्रसाद गुप्ताले मिति ०७४ कार्तिक २० देखी ०७५ साउन २८सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी  तीन करोड, सैतीस लाख, अन्ठानब्बे हजार सात सय छयालीस  र नक्कली रसिद प्रयोग गरी  एक करोड, पैंतीस लाख, सत्तरी हजार दुई सय चौरानब्बे  गरी जम्मा  चार करोड, त्रिहत्तर लाख, उनान्सत्तरी हजार चालीस  संकलन गरेको देखिएकोमा संकलित राजश्व रकममध्ये  दुई करोडपचास लाख छयासी हजार छ सय चालीस  खाई मासेको तथा हिनामिना गरेको देखिएको आरोपपत्रमा उल्लेख छ । 

संकलीत राजस्व सोही दिन सम्भाव नभए भोलीपल्ट समबन्धीत राजजस्व खातामा दाखिला गरि भौचर कार्यालय प्रमुख बाट प्रमाणीत गराई अभिलेख राख्नु पर्नेमा गुप्ताले त्यसो नगरेको आरोपपत्रमा उल्लेख छ । 
गुप्ताले  पदको दुरुपयोग गरी बदनियतपूर्वक आफूलाई तोकिएको जिम्मेवारी र पदीय दायित्वबाट बिमुख भई आफू समेतलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याकउने र नेपाल सरकारलाई गैरकानुनी हानी पु¥याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।  

 

कार्यालयबाट संकलित राजश्व सम्वन्धित राजश्व खातामा तोकिएको समयमा जम्मा नगर्ने, राजश्व संकलनको लागि नक्कली नगदी रसिद प्रयोग गर्नेतथा आफू कार्यरत रहेको कार्यालयको राजश्व संकलनको विवरण र हिसाब किताब दुरुस्त राख्ने् कार्य नगरी राजस्व खाइमास्ने काममा मालपोत कार्यालय, कलैया, बाराका तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदी, फाँटवाला (नायव सुब्बा) मदन प्रसाद गुप्ता र लेखापाल युगल किशोर ठाकुर  बिरुद्ध अख्तियारले आरोप पत्र दायर गरेको प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन  । 


 भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) वमोजिमको कार्य गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) वमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उक्त कसूर अपराधमा  राजराजेश्वर त्रिवेदी, मदन प्रसाद गुप्ता र युगल किशोर ठाकुरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम हदैसम्मको सजाय हुन माग दावी गरिएको छ । 


 लेखा परीक्षणका आधारभूत सिद्धान्त विपरित बदनियतपूर्वक लेखा परीक्षण प्रतिवेदन तयार गरेको देखिएकोले कोष तथा लेखा नियन्त्रक कार्यालय, बाराका लेखापालद्वय प्रविण गौतम र कमल खतिवडा र महालेखा परीक्षकको कार्यालय, बबरमहल काठमाण्डौका निर्देशक अजय कुमार सापकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) वमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले उक्त कसूर अपराधमा निज प्रतिवादीहरु प्रविण गौतम, कमल खतिवडा, अजय कुमार सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम हदैसम्मको सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । 

मालपोत कार्यालय, कलैया, बाराका तत्कालीन नायव सुब्बा मदन प्रसाद गुप्ताले मालपोत कार्यालय, कलैया, बारामा रजिष्ट्रेसन फाँट नं ३ सँग सबै सक्कल कागजातहर लिखत र रसिदहरु आफनो ड्राइभरको डेरामा राखेका थिए ।

 

लिखत ,दर्ता किताव जस्ता कागजातहरु नष्ट गर्ने मनसायले गुप्ताले राखेको र उनको यस्तो काममा  , लेखापाल युगल किशोर ठाकुर, मालपोत कार्यालय, सिमराका नायव सुव्बा शत्रुधन राउत र भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कार्यालय सहयोगी निरज कुमार गुप्ताले सहयोग गरेको भन्दै उनीहरु बिरुद्ध पनि अख्तियारले आरोप पत्र दायर गरेको छ ।

मालपोत कार्यालय बीरगंजमा कार्यरत कार्यालय सहयोगी निरज गुप्ता भने मदन गुप्ताका आफनै ज्वाई हुन । अख्तियारले गुप्ताका चालक सुनिल कुमार पटेल बिरुद्ध पनि आरोप पत्र दायर गरेको छ । 

गूप्तालाई मुख्य गरि भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ७ अनुसारको माग दावी गरिएको छ । दफा ७ मा  राजश्व उठाउनु पर्ने कर्तव्य भएको राष्ट्रसेवकले देहायको काम गरी राजश्व चुहावट गरेमा वा राजश्व चुहावट गर्न कसैलाई मद्दत पु¥याएमा वा आफू समेत संलग्न भई दुरुत्साहन दिएमा निजले चुहावट भएको राजश्व रकम अनुसार दफा ३ बमोजिमको कसुर गरेको मानिनेछ र सोही बमोजिम कैदको सजाय गरी त्यसरी चुहावट भएको राजश्व रकमको दोब्बर जरिबाना हुने ब्यवस्था रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.