logo

मदन गुप्ता बिरुद्ध बिशेष अदालतमा अर्को मुद्धा साढे चार करोड अपचलनको आरोप

      5/17/2019 गते 00 00 मा प्रकाशित     2008   पटक पढिएको

बीरगंज ३ जेठ । 
चार करोड अन्ठाउन्न लाख एकहत्तर हजार बीस रुपैया ते¥ह पैसा सरकारी राजस्व मासेको अरोपामा सीमरा मालपोत कार्यालयका तत्कालीन प्रमुख नायव सुब्बा मदन गुप्ता बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ । 


बारा जिल्लाको सीमरामा रहेको मालपोत कार्यालयको आर्थिक वर्ष ०७५ ÷०७६ को फाल्गुण १२ गते सम्म संकलीत राजस्व सरकारी कोषमा दाखीला नगरि हिनामिना गरेको भन्द्यै अख्तियारले आरोप पत्र दायर गरेको हो  ।

अख्तियारले लेखापाल युगल किशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउत बिरुद्ध पनि आरोप पत्र दायर गरेको छ । 


राजस्व संकलन भएको दिन वा त्यो दिन सम्भव नभए  सम्बन्धीत राजस्व खातामा रकम जम्मा गरि कार्यालय प्रमुखद्वारा प्रमाणीत गरि भौचर सहितको अभिलेख राख्नु पर्नेमा त्यसो नगरि कार्यालय प्रमुख मदन गुप्ता र लेखापाल युगल किशोर पाठकको नीजी खातामा राखी अपचलन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।  


आफूलाई तोकिएको जिम्मेवारी र पदीय दायित्वबाट बिमुख भई आफूसमेतलाई गैरकानूनी लाभ एवं प्रत्यक्ष फाइदा पुर्याउने र नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याउने गरी सरकारी राजस्व निजी बैंक खातामा जम्मा गर्ने, कार्यालयबाट संकलन भएको राजस्व खाई मास्ने तथा आफू कार्यरत रहेको कार्यालयको हिसाबकिताब समेत दुरुस्त राख्नेन कार्य नगरी खाइमास्ने कार्य गरेको देखिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालले जानकारी दिए  ।

 मालपोत कार्यालय, सिमराका कार्यालय प्रमुख (नायब सुब्बा) मदन प्रसाद गुप्ता, ले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कार्य गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उक्त कसूर अपराधमा  प्रतिवादीहरू मदन प्रसाद गुप्ता, युगल किशोर ठाकुर र शत्रुधन राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोही ऐनको दफा ३ को उपदफा ९१० को देहाय (झ) बमोजिम हदैसम्मको सजाय हुन मागदाबी अख्तियारले लिएको छ ।  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.