logo

समतामुलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प’

      5/26/2019 गते 00 00 मा प्रकाशित     1100   पटक पढिएको

जेष्ठ १२ जनकपुरधाम । समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले समतामुलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताएका छन । 


संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बीच भएको एकीकरण पछि नेता कार्यकर्ताहरुलाई एकताको आवश्यकता र औचित्य बारे जानकारी गराउने उद्देश्यले जनकपुरमा आज आयोजित प्रादेशिक अभिमुखी करण कार्यक्रमलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले राज्यसत्ताबाट विभेदमा परेका मधेशी, आदिवासी, जनजाति, दलित मुस्लिम र विभेदमा परेका खस आर्यलाई एकता सुत्रमा बाँधी सम्मुन्नत राष्ट निर्माणको दिसामा पार्टी अघि बढने उदघोष गरे । 


पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबु राम भट्टराईले समाजवादी पार्टी नेपालले अपनाएको सिद्धान्तले मात्र सही मायनेमा राष्ट्रिय एकता कायम गर्ने दावी गरे ।

उनले हालको संविधानले राष्ट्रको सार्वभौमसत्ता जनतामा निहीत गरे पनि पहिचानको आधारमा प्रदेशहरुको निर्माण नभए सम्म वास्तविक संघीयता आउन नसक्ने उल्लेख गरे। पहिलो संविधान सभाको क्रममा तत्कालिन राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको १० जोड १को संघीय प्रणालीनै मुलुकको आवश्यकता रहेको जिकीर समेत गरे ।


पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मुलुकलाई सम्मुन्नत संघीय समाजवादमा रुपान्तरण गर्न प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसदन हुनु पर्नेमा जोड दिए ।


कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले पहिचान र समानता विरोधी वर्तमान संविधानलाई मधेशी जनताले अझै स्वीकार नगरेको उल्लेख गरे । 


अध्यक्ष यादवले राज्यको स्रोत साधानमा भागेदारी र राज्य सत्तामा मधेशी, आदिवासी, जनजाति, मुस्लिम महिला लगायत उत्पीडनमा परेका सबै वर्ग समुदायको वरावरको अधिकार नभए सम्म मुलुकमा आन्दोलन जारी रहने उद्घोष गर्दै त्यसको नेतृत्व समाजवादी पार्टीले गर्ने बताए।

 

नेपाली जनता स्वायत्तता सहितको अधिकार सम्पन्न संघीयता खोजी रहेको बेला  शासक वर्गले संघीय प्रणालीलाई नै बदनाम गरेर संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरि रहेको  बताउदै उनले  त्यस विरुद्ध सचेत रहन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । 


समाजवादी पार्टीको एकताले विचलित भएका परम्परागत शासकहरु विभिन्न खाले अफवाहहरु फैलाई रहेको उल्लेख गर्दै उनले त्यस्ता खाले अफवाहमा नफसी पार्टीको मार्ग सिद्धान्तमा अघि बढन कार्यकर्ताहरुलाई आग्रह गरे । 
मुलुकमा रहेको तीन वटा क्लस्टर  मधेशी –थारु, आदिवासी –जनजाति र खस–आर्यलाई समान अधिकार दिएर अघि बढने एक मात्र पार्टी समाजवादी पार्टी रहेको दावी गर्दै उनले अन्य पार्टीहरु एकल जातिय र क्षेत्रीय मात्र रहेको टिप्पणी समेत गरे । 


कार्यक्रममा वरिष्ठ नेता अशोक राईले जनताको निर्देशनलाई आत्मसात गर्दै मुलुकलाई दह्रो विकल्प दिन अहिलेको एकता भएको स्पष्ट पारे । उनले मुलुकलाई समतामुलक नेतृत्व दिगरे ।  


समृद्धिको अखण्ड किर्तनले मात्र मुलुक समृद्ध नहुने जिकीर गर्दै बरिष्ठ नेता राईले समृद्धिको लागि शान्ति, मेलमिलाप, विभेद रहित समाजको निर्माण, समान अधिकार, समावेशिता आदि इत्यादी आवश्यक भएको हुँदा संविधानको संशोधन एक मात्र विकल्प रहेको दावी गरे । 


कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले दुई पार्टी बीचको एकताले एउटा राष्ट्रिय अभिभारा पुरा गरेको उल्लेख गर्दै  समाजवादी पार्टीले अगामी दिनमा देशकै  नेतृत्व लिने दावी गरे । 
मुख्यमन्त्री राउतले पार्टीको समावेशी संरचना, पार्टीले लिएको सिद्धान्त बारे गाँउ गाँउमा पु¥याउनु पर्ने अहिलेको आवश्यकता रहेको बताए । 


पार्टीका केन्द्रिय कोषाध्यक्ष एवं प्रदेश अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य उर्मिला साह, राम रिझन यादव, प्रदेशका मुख्य सचिव शम्भु झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिउ भने कार्यक्रमको संचालन केन्द्रिय सचिव प्रशान्त सिंहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.