logo

समतामुलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प’

      5/26/2019 गते 00 00 मा प्रकाशित     1025   पटक पढिएको

जेष्ठ १२ जनकपुरधाम । समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले समतामुलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताएका छन । 


संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बीच भएको एकीकरण पछि नेता कार्यकर्ताहरुलाई एकताको आवश्यकता र औचित्य बारे जानकारी गराउने उद्देश्यले जनकपुरमा आज आयोजित प्रादेशिक अभिमुखी करण कार्यक्रमलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले राज्यसत्ताबाट विभेदमा परेका मधेशी, आदिवासी, जनजाति, दलित मुस्लिम र विभेदमा परेका खस आर्यलाई एकता सुत्रमा बाँधी सम्मुन्नत राष्ट निर्माणको दिसामा पार्टी अघि बढने उदघोष गरे । 


पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबु राम भट्टराईले समाजवादी पार्टी नेपालले अपनाएको सिद्धान्तले मात्र सही मायनेमा राष्ट्रिय एकता कायम गर्ने दावी गरे ।

उनले हालको संविधानले राष्ट्रको सार्वभौमसत्ता जनतामा निहीत गरे पनि पहिचानको आधारमा प्रदेशहरुको निर्माण नभए सम्म वास्तविक संघीयता आउन नसक्ने उल्लेख गरे। पहिलो संविधान सभाको क्रममा तत्कालिन राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको १० जोड १को संघीय प्रणालीनै मुलुकको आवश्यकता रहेको जिकीर समेत गरे ।


पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मुलुकलाई सम्मुन्नत संघीय समाजवादमा रुपान्तरण गर्न प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसदन हुनु पर्नेमा जोड दिए ।


कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले पहिचान र समानता विरोधी वर्तमान संविधानलाई मधेशी जनताले अझै स्वीकार नगरेको उल्लेख गरे । 


अध्यक्ष यादवले राज्यको स्रोत साधानमा भागेदारी र राज्य सत्तामा मधेशी, आदिवासी, जनजाति, मुस्लिम महिला लगायत उत्पीडनमा परेका सबै वर्ग समुदायको वरावरको अधिकार नभए सम्म मुलुकमा आन्दोलन जारी रहने उद्घोष गर्दै त्यसको नेतृत्व समाजवादी पार्टीले गर्ने बताए।

 

नेपाली जनता स्वायत्तता सहितको अधिकार सम्पन्न संघीयता खोजी रहेको बेला  शासक वर्गले संघीय प्रणालीलाई नै बदनाम गरेर संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरि रहेको  बताउदै उनले  त्यस विरुद्ध सचेत रहन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । 


समाजवादी पार्टीको एकताले विचलित भएका परम्परागत शासकहरु विभिन्न खाले अफवाहहरु फैलाई रहेको उल्लेख गर्दै उनले त्यस्ता खाले अफवाहमा नफसी पार्टीको मार्ग सिद्धान्तमा अघि बढन कार्यकर्ताहरुलाई आग्रह गरे । 
मुलुकमा रहेको तीन वटा क्लस्टर  मधेशी –थारु, आदिवासी –जनजाति र खस–आर्यलाई समान अधिकार दिएर अघि बढने एक मात्र पार्टी समाजवादी पार्टी रहेको दावी गर्दै उनले अन्य पार्टीहरु एकल जातिय र क्षेत्रीय मात्र रहेको टिप्पणी समेत गरे । 


कार्यक्रममा वरिष्ठ नेता अशोक राईले जनताको निर्देशनलाई आत्मसात गर्दै मुलुकलाई दह्रो विकल्प दिन अहिलेको एकता भएको स्पष्ट पारे । उनले मुलुकलाई समतामुलक नेतृत्व दिगरे ।  


समृद्धिको अखण्ड किर्तनले मात्र मुलुक समृद्ध नहुने जिकीर गर्दै बरिष्ठ नेता राईले समृद्धिको लागि शान्ति, मेलमिलाप, विभेद रहित समाजको निर्माण, समान अधिकार, समावेशिता आदि इत्यादी आवश्यक भएको हुँदा संविधानको संशोधन एक मात्र विकल्प रहेको दावी गरे । 


कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले दुई पार्टी बीचको एकताले एउटा राष्ट्रिय अभिभारा पुरा गरेको उल्लेख गर्दै  समाजवादी पार्टीले अगामी दिनमा देशकै  नेतृत्व लिने दावी गरे । 
मुख्यमन्त्री राउतले पार्टीको समावेशी संरचना, पार्टीले लिएको सिद्धान्त बारे गाँउ गाँउमा पु¥याउनु पर्ने अहिलेको आवश्यकता रहेको बताए । 


पार्टीका केन्द्रिय कोषाध्यक्ष एवं प्रदेश अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य उर्मिला साह, राम रिझन यादव, प्रदेशका मुख्य सचिव शम्भु झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिउ भने कार्यक्रमको संचालन केन्द्रिय सचिव प्रशान्त सिंहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.