logo

महुवनमा सार्वजनीक सुनवाई सम्पन्न ,सिचाईकोलागि कुलो बनाउन जनताको माँग

      6/2/2019 गते 00 00 मा प्रकाशित     1038   पटक पढिएको

वीरगंज,  १९ जेठ । पर्साको सखुवा पर्सौनी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सहयोगी नेपाल संस्थाको संयोजन तथा गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय जनताले स्वास्थ्य, शिक्षा र कृषिको विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।

 

गाउँपालिकामा रहेका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको कमी र उपचारमा कठिनाई, विद्यालयहरुमा शिक्षकको अनुपस्थिति, पाठ्यपुस्तकको समस्या, भौतिक पूर्वाधारको कमिलगयात विषयहरुमा सुधार गर्नुपर्ने स्थानियहरुले माग गरेका थिए ।

गाउँपालिकाको वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष रामबालक रामको अध्यक्षतामा महुवनमा आइतबार भएको कार्यक्रममा दलित तथा अति विपन्न वर्गको उत्थानका र सशक्तिकरणकालागि नयाँ योजना ल्याउन स्थानीय मनोज रामले सुझाव दिएका थिए ।

 

खासगरी कृषिमा अधारीत रहेको यस गाउँपालिकाका कृष्कका लागी दिर्घकालिन योजनाहरु कार्यन्यवन गराउन गाउँपालिकाले प्रविधि भित्र्याउदै कृषि उत्पादनलाई बजार सम्म पुर्याउन भूमिका खेल्नु  पर्ने अर्का स्थानीय सुनिल कलवारले जोड दिएका थिए । 

सखुवा पर्सौनी गाउँपालिकाका प्रमुख प्रदीपकुमार जयसवालको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा स्थानीयवासिको जवाफदिदैँ उनले सबै क्षेत्रको विकासका लागी गाउँपालिका कार्य गरिरहेको बताए । उनले नेपाल सरकारको सिमित बजेट, करामचारी समायोजनाको समस्या, संघीय र प्रदेश सरकारबाट सहयोगको खाँचोलेले सबै क्षेत्र एकैपल्ट विकास गर्न सम्भाव नसकेको बताउदै क्रमशः शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन र भौतिक पुर्वाधारको अवस्थामा पनी सुधार ल्याउन आफु प्रतिबद्ध रहेको बताए । जयसवालले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन, खेलकुदलगयात अन्य महत्वपूर्ण पूर्वधार विकासका लागि गाउँपालिकाले बनाएको योजनाका बारेमा समेत जानकारी गराएका थिए ।

उनले कृषकहरुलाई प्र्तोसाहन गर्न गाउँपालिकाले आकर्षक योजना समेत् तैयार पारेको बताए । त्यसैगरि उनले गाउँपालिकामा हुने कृषि उत्पादनलाई बजार सम्म पुर्याउन गाउँपालिकाले वीरगंजमा छुट्टै सखुवा पर्सौनीको कृषि उत्पादन पाउने ठाउँ स्थापना गर्न लागेको जानकारी समेत गराए ।

कार्यक्रमको संयोजक संस्था सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले सार्वजनिक सुनुवाई पूर्ण गरिएको नमूना सर्वेक्षणको आधारमा तैयार पारिएको बहिरगमन अभिमत र नागरिक प्रतिवेदन प्रस्तु गरेका थिए ।

कार्यक्रममा उप प्रमुख फुलमती देवी चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सी. लामिछाने, समाजवादी पार्टीका जिल्ला सह इन्चार्ज रामनरेश यादव, सखुवा पर्सौनीका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवलगायतकाले सार्वजनिक सुनुवाईमा मन्त्व्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सञ्चारकर्मी तथा आर्थिक पत्रकार संघका संस्थापक अध्यक्ष रितेश त्रिपाठी, आशु सरार्फ, सहयोगी नेपालको तर्फबाट जितेन्द्र गिरि, कमल महतो, नगरपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, स्थानीय, कर्मचारी, शिक्षक, बुद्धिजिवि, राजनितिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.