logo

दुई  आयोजनाको सडक एउटै

      6/5/2019 गते 00 00 मा प्रकाशित     890   पटक पढिएको


भूषण यादव
वीरगन्ज / वीरगन्ज-कलैया हुलाकी सडकसँगै जोडिएको फेटा गाउँपालिकाको भलुही चोकदेखि भरवलिया र विनवलिया हुँदै शिव मन्दिरसम्मको बाटोमा माटो तथा ग्राभेलसहित कालोपत्रेका लागि तराई मधेस समृद्धि कार्यक्रमले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्याएको छ । 


सोही सडक खण्डको बीच भागमा पर्ने करिब एक किलोमिटर मनगढवादेखि विनवलियामा बारा क्षेत्र नम्बर ४ का सांसद एकवाल मियाँको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १५ लाख रुपैयाँ बराबरको उपभोक्ता समितिमार्फत माटो पुरेर ग्राभेल भर्ने काम भएको छ ।

तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइले स्थानीय तहबाट माग भएबमोजिमका कार्यक्रम गत मंसिर २५ मा स्वीकृत गरी कार्यान्वयनका लागि पत्राचार गरेको थियो ।

फेटा गाउँपालिकाले फागुन २० मा उक्त सडक खण्ड माटो तथा ग्राभेलसहित कालोपत्रेका लागि बोलपत्र आह्वान गरेको थियो । बाराको अशोक कन्स्ट्रक्सनले २८ लाख रुपैयाँमा ठेक्का सकार गरेको छ ।

एउटै सडक खण्डमा दुईवटा आयोजनाले बजेट खर्चिंदा अनियमितता हुने स्थानीयले आरोप लगाएका छन् । उपभोक्ता समिति अध्यक्ष किशोरी राउत आफ्नो योजना पहिले बनेको दाबी गर्छन् । ‘माटो पुरेर ग्राभेल गर्ने काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब सम्याउन मात्र बाँकी छ, तराई मधेस समृद्धिले स्वीकृत गर्नुभन्दा अगाडि नै हाम्रो योजना बनेको थियो ।’

उपभोक्ता समितिले ग्राभेल हालेको वडाध्यक्ष जयप्रकाश दासले चालु आर्थिक वर्षमा तराई मधेस समृद्धि कार्यक्रमले छुट्याएको रकमबाट यहाँसम्मको सडक निर्माण गर्न नसकिने भएकाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले १५ लाख रुपैयाँ खर्चेको बताए । जबकि गत वैशाख २६ मा गाउँ कार्यपालिकाले अपुग रकमका लागि तराई मधेस समृद्धि कार्यक्रमबाट माग गर्ने गरेको निर्णयमा वडाध्यक्ष दासले समेत हस्ताक्षर गरेका छन् ।

‘तराई मधेस समृद्धि कार्यक्रमबाट आगामी आर्थिक वर्षमा आउने बजेटबाट उपभोक्ताले गरेको ग्राभेलमा कालोपत्रे मात्र गर्छौं,’ उनले भने, ‘एउटै आयोजनामा बजेट दोहोरिँदा अनियमितता हुँदैन ।’

वर्षातमा स्थानीयले आवतजावतमा समस्या भौग्दै आएका थिए । गाउँपालिकाले गत मंसिर ७ गते बाटोमा माटो तथा ग्राभेलसहित कालोपत्रेका लागि स्थानीय तहबाट बेहोरिने १० प्रतिशतबाहेक ४ करोड ५० लाख रुपैयाँ माग गरेको थियो । तराई मधेस समृद्धि कार्यक्रमको केन्द्रीय एकाइले उक्त कार्यक्रम स्वीकृत गरी पहिलो आवमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

रकम अपुग भएपछि गत वैशाख २६ मा फेटा गाउँपालिकाको गाउँ कार्यपालिकाले तराई मधेस समृद्धि कार्यक्रमको केन्द्रीय समन्वय एकाइबाट आगामी आर्थिक वर्षका लागि गाउँपालिकाबाट १० प्रतिशत रकम सुनिश्चित गरी सोही सडक खण्डका लागि ५ करोड रुपैयाँ माग गर्ने निर्णय गरेको छ ।

तराई मधेस समृद्धि कार्यक्रम सञ्चालन कार्यविधि ०७५ अनुसार चालु आव ०७५र७६ का लागि तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइबाट तराई मधेसका २१ जिल्लाका सबै स्थानीय तहमा आयोजना सञ्चालनमा रहेका छन् । तराई मधेसका आर्थिक, सामाजिक रूपले पछाडि परेका वर्ग र समुदायको आर्थिक, सामाजिक रूपान्तरणका लागि कार्यक्रम सञ्चालनमा आएको हो ।साभारःwww.kantipurdaily.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.