logo

सुरक्षा चुनौती बढ्यो,डा.निलमलाई अन्यत्र सार्न अदालतको आदेश 

      6/19/2019 गते 00 00 मा प्रकाशित     1091   पटक पढिएको

वीरगञ्ज ४ असार ।
पर्सा जिल्ला अदालतले असार ३ गते  डा.निलमलाई अहिले बस्दै आएको ससुराको घरबाट अलग बस्न आदेश दिएको छ ।

ससुराको घरमा बस्न गएकी डा.निलमले सासु ससुरालाई कुटपीट गर्ने घर निकाला गर्ने मानसिक यातना दिने गरेको देखिएको भन्दै अदालते डा.निलम र उनको घर पक्षसंगको सम्बन्ध राम्रो नदेखिएकोले उनलाई अलग बस्ने ब्यवस्था मिलाउन आदेश गरेको हो ।


डा.राजेश कुमार साह बुवाबाट अंश लिइ अलग बसेको अवस्था छ । यस्तोमा सासु ससुरा बस्ने घरमा बुहारी बसि रहदा दुबै पक्षको सुरक्षाको बिषय चुनौती पूर्ण देखिएकोले पनि अदालतले डा.निलमलाई अलग बस्न आदेश दिएको हो ।

अदालते उनको भरण पोषणको ब्यवस्था भने पति डा.राजेश कुमारलाई गर्न आदेश दिएको छ । अदालतको यो आदेश आएकै दिन डा.निलम साहले पत्रकार सम्मेलन गरेर श्रीमान माथि अनेकौ आरोप लगाएकी थिइन । त्यस्तै असार ४ गते डा.राजेश कुमार साहले गरेको पत्रकार सम्मेलनमा पुगेर डा. निलम साहले आफना पति माथि अभद्र तथा हिंसात्मक ब्यवहार  गरेकि थिइन । 

पर्सा जिल्ला अदालतले १६ वैशाखमा अन्तरिम संरक्षणात्मक जारी गरेपछि डा. निलम साहले १९ गते  वीरगञ्ज–६ माइस्थानस्थित ससुरा गम्भिा साहको घरमा ताल्चा फोडेर प्रवेश गरेकी थिइन् ।


बुहारीको बिभिन्न खालो उल्टासिधा हरकतका कारण भोली ठुलै दुर्घटनाको शिकार हुने त होइन भन्ने भयले साहले सोही दिन माइस्थानको घरबाट बाहिरिए । त्यो घरमा डा. निलम एक्लै बस्दै आएकी थिइन । निलम साहका पति राजेश कुमार साह पनि  चिक्त्सिक हुन । 

यो वीचमा पर्सामा डाक्टर दम्पतीको घर झगडा सञ्चार माध्यममा छताछुल्ल भयो ।जेष्ठ २३ गते बेलुका डा. निलम का बुवा डा . निरन्जन साहले फोन गरेर सम्धी गम्भिर साहलाई घर फर्कि आउन आग्रह गरेका थिए । उनैको आग्रहमा २४ गते घर पुगेका साहलाई बुहारी डा.निलमले घरमा प्रवेश गर्न दिइनन ।

 

आफनै घरमा प्रवेश पाउन नपाएका साह परिवारले ताला फोरेर भएपनि घरमा प्रवेश गर्ने निर्णय लिए । साह सोही दिन घरमा प्रवेश गरे त्यो दिन देखी बुहारी डा.निलमले केही न केही निहु झिकेर सासु ससुरालाई दुः ख दिदै आइन । त्यती मात्र होइन  उनको तर्फबाट जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्धा दर्ता गरिएको छ । त्यही मुद्धामा  अदालतले संरक्षणात्मक आदेश जारी गरेको हो । 

डा राजेशले श्रीमतीमाथि घरेलु हिंसा गरेको तथा दाइजो मागेको दुबै आरोपको  खण्डन गरेका छन। ‘परिवारमा सानातिना नोकझोक हुनु त सामान्य हो तर, हामी दुईबीच विवाह गरेको केहि समयपछि नै सम्बन्ध विग्रन शुरु भयो । त्यसपछि कहिल्यै सुध्रिएन’ उनले भने, ‘विवाह गरेको ५ वर्षमा एक बर्ष पनि राम्रोसँग सँगै बसेको छैन ।’

डा. निलमसँगै बस्न नसक्ने निष्कर्षमा पुगेर सम्बन्ध विच्छेदका लागि अदालत गएको भन्दै उनले न्याय पाउने विश्वास व्यक्त गरे । बरु म मर्न तयार छु तर, डा निलमसँग मेरो जीवन चल्दैन’ उनले भने ।


तर डा. निलमले जीवनभरी डा राजेशसँगै बस्ने बताइन् । परम्परा अनुसार विवाह गरेको छुट्टिएर बस्नका लागि नभई सँगै बस्नका लागि भएको उनको तर्क छ । अध्ययनका कारण अहिले सम्म संगै बस्न नपाएको उनले स्वीकार गरिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.