logo

पूर्वाधार ,शिक्षा स्वास्थ्य र कृषि बीरगंज महानगरको प्रथामिकता

      6/24/2019 गते 00 00 मा प्रकाशित     945   पटक पढिएको

वीरगन्ज , ९ अषाढ ।
समावादी पार्टीका पर्सा जिल्ला अध्यक्ष एवम सघीय सभाका सांसद प्रदिप यादवले वीरगन्जको मुख्य सडकबारेमा महानगरपालिकाले गरेको निर्णय सहि भएको बताउदै त्यसैलाई संघीय सरकारले लागु गर्नुपर्ने बताए  ।

वीरगन्ज महानगरपालिकाको पांचौ नगरसभालाई सम्बोधन गर्दै सांसद यादवले वीरगन्जको मुख्य सडक १५मिटर भन्दा वढी टुटनु नहुने बताए । संघीय सरकारसंग यस सडकको बारेमा कुनै बजेट नभएपनि सडक बिभागले सुचना निकालेर वीरगन्जासीलाई तर्साउन कार्य मात्र गरेको बताए  ।उनले पार्टी स्वार्थबाट माथी उठेर  वीरगन्जको विकासमा सबै जनप्रतिनिधिहरुलाई एकवद्धताका साथ लाग्न अनुरोध गरे  ।


     सोमबार देखि शुरु भएको पाचौ नगरसभामा वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष बर्ष २०७६÷०७७ को लागि ४ अर्ब ४८ करोडको बजेट  प्रस्तुत गरेको छ । 


नगरसभामा महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आगामी आर्थिक बर्षका लागि ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ को बजेट प्रस्तुत गरेका छन।


 प्रस्तुत बजेटमा चालू तर्फ १ अर्ब ३८ करोड २४ लाख ३७ हजार, पुँजीगत तर्फ ३ अर्ब ३ करोड ८९ लाख ११ हजार, र वित्तीय व्यवस्था तर्फ ६ करोड रकम खर्च हुने अनुमान गरिएको छ । 


यसैगरि आगामी आर्थिक वर्षमा कूल खर्च मध्ये सबै भन्दा बढि पूर्वाधार विकास क्षेत्रमा  २ अर्व ९४ करोड २८ लाख ५८ हजार ६ सय ७९ रुपैंया खर्च हुने अनुमान रहेको महानगरपालिकाले जनाएको छ । यस्तै आर्थिक विकास क्षेत्रमा  २ करोड ३४ लाख ७० हजार, सामाजिक विकास क्षेत्रमा  ७१ करोड ८२ लाख ७२ हजार र कार्यालय संचलन तर्फ  ७६ करोड ३४ लाख ६८ हजार ८ सय खर्च हुने अनुमान गरिएको  छ । 


 महानगरपालिकाले आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा ग्रामीण सहरी विकास परियोजना ९च्ग्म्ए० तथा मझौला सहर एकीकृत सहरी वातवरणीय सुधार आयोजना ९क्त्क्ष्ग्भ्क्ष्ए० का लागि २ अर्ब २८ करोड ४२ लाख २१ हजार ९ सय ९३, वडा स्तरीय योजनाका लागि  १९ करोड ७० लाख,  समपुरक कोषमा  २३ करोड १२ लाख ८ हजार ८ सय ५६, लक्षित कार्यक्रमका लागि १ करोड ५० लाख, तराई मधेश समृद्धि कार्यक्रममा  १ करोड ४० लाख, सडक बोर्ड कार्यक्रममा  १ करोड ५० लाख, बहुक्षेत्रिय पोषण कार्यक्रममा २० लाख, सामाजिका सुरक्षा भत्तामा २० करोड, उज्यालो वीरगंज कार्यक्रमका लागि  ३ करोड ,  शैक्षिक विकास तर्फ ५२ करोड ४१ लाख ६४ हजार र  स्वास्थ्य तर्फ  १० करोड ७५ लाख २७ हजार र जनसहभागितामा आधारित कार्यक्रम तर्फ ४ करोडको बजेट व्यवस्था मिलाइएको नगर प्रमुख सरावगीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । 


महानगरपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको अनुमानित खर्चको श्रोत मध्ये संघीय सरकारको वित्तीय समानीकरणबाट  ४४ करोड १४ लाख, राजश्व वाँडफाँडबाट । २६ करोड ७४ लाख र सशर्त अनुदानबाट  ६१ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
 त्यसै गरि प्रदेश सरकारबाट वित्तीय समानिकरणमा १ करोड १५ लाख ७३ हजार, सशर्त अनुदान तर्फ ३ करोड, राजश्व बाँडफाँड तर्फ सवारी साधनबाट  ३ करोड १४ लाख ४ हजार, घर जग्गा रजिष्ट्रेशन तर्फबाट  ६ करोड, सरसफाई सेवा शुल्कबाट  १ करोड ५५ लाख १८ हजार, नगर विकास अनुदानबाट  २ अर्व २० करोड ६५ लाख १० हजार १ सय ६०, नगर विकास ऋणबाट  ७ करोड ७७ लाख ११ हजार ८ सय ३३, सडक बोर्डबाट  १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । 


आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनका लागि वीरगन्ज महानगरपालिकाले सडक पूर्वाधारहरुको विकास तथा स्तरोन्नती, आधारभूत तथा माध्यमिक शिक्षा र सोको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य, खोप र पोषण, स्वच्छ खानेपानी, ढल तथा सरसफाई, कृषि, सिंचाई, पशुपालन र पर्यटन, युवा तथा खेलकुदको विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन र सेवा प्रवाह, अधुरा आयोजनाहरुको कार्यान्वयन, उज्यालो वीरगंज अभियान, हरित वीरगंज अभियान, प्लाष्टिक तथा ध्वनी प्रदुषण मुक्त वीरगंजलाई प्राथामिकता दिएको छ । 


 महानगरपालिकाले आगामी आर्थिक बर्ष देखि एकिकृत सम्पतिकर हटाई घर र घरले चर्चेको बढीमा दुईगुणा जग्गामा सम्पति कर र खालि जग्गामा भूमि कर ९मालपोत० लगाईने, घर बहाल कर १२ प्रतिशतले लाग्दै आएकोमा आगामी आर्थिक बर्ष देखि १० प्रतिशत मात्र लिइने, व्यवसाय करलाई समसामयिक र व्यवहारिक बनाई हालसम्म दर्ता नभएका तथा दर्ता भएका तर नविकरण नभएका व्यवसायका लागि २०७६ असोज भित्र दर्ता हुन आउनेलाई विगत ३ वर्षको व्यवसाय कर मात्र लिई जरिवानामा छुट गर्ने जनाएको छ । 


 त्यस्तै सवारी व्यवस्थापन शुल्क यथावत कायम गर्दै निजी सवारी साधनमा पटके शुल्क हटाईएको छ । गैर सरकारी संघ संस्थाहरुलाई लगाइदै आएको व्यवसाय कर ३ हजार खारेज गरि सूचीकृत शुल्क मात्र लिइने महानगरपालिकाले जनाएको छ । 


सोमबार देखि शुरु नगरसभा अधिवेशनमा नगर प्रमुख सरावगीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटका विषयमा मङगलवार सम्म छलफल चल्ने बताइएको छ ।


  मङगलवार नै नगरसभा अधिवेशन सकिने छ । सोमबार नगरसभा अधिवेशनको उद्घाटन समारोहमा  प्रदेशसभा सदस्यहरु ओम प्रकाश शर्मा , विभा यादव र करिमा बेगम , उपप्रमुख शान्ति कार्की , सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती थियो । 


        उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै , प्रदेश सभा प्रतिनिधी ओमप्रकास शर्मा, करिमा बेगम, भिमा यादव लगायतका वक्ताहरुले महानगरपालिकाले प्रस्तुत गरेको बजेट धेरै राम्रो भएको बताउदै यसको कार्यान्वयनमा जोड दिनु मुख्य आवश्यकता भएको बताएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.