logo

पर्सामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ३९ घटना सार्वजनीक

      7/6/2019 गते 00 00 मा प्रकाशित     1293   पटक पढिएको

बीरगंज २१ असार । 
ईन्सेक पर्साले जिल्लामा गएको ६ महिनाको मानव अधिकारको स्थितिको बारेमा गोष्ठीको आयोजना गर्दै अवस्था सार्वजनिक गरेको छ ।
गएको ६ महिनाको अवधिमा रौतहटमा बहुविवाहका ४ घटना, यौन दुव्र्यवहारका १, कर्तब्य ज्यानका ६ , बलत्कार १७, अपहरण, शरीर बन्धक ४, माव बेचबिखन ३ गर्भ पतन २  समेत जम्मा ३९ ओटा मानव अधिकार उल्लंघनका घटनाहरु भएको जिल्ला प्रतिनिधि के.सी.लामिछानेले जानकारी दिए ।


पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मानव अधिकारको वहालीका लागि राज्यका संयन्त्रहरु सम्बेदनशील हुनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । 


कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले आफनो दायित्व पुरा गर्नु पर्नेमा जोड दिए । उनले दायित्व पुरा जाहाबाट गरिन्छ त्यहीबाट अधिकारको सृजना  भएर त्यो आपूर्ती समेत हुने बताए ।

उनले अपराधीको मनोवल बढ्न दिन नहुने भन्दै कतिपय कुरामा प्रशासनीक संयन्त्रमा पनि सुधार ल्याउनु पर्ने खाँचो औल्याए । उनले अपर।ाधीक घटनाहरु मेलमिलापको नाममा टुङ्गोमा पुग्न नहुने भन्दै नागरिक समाजले यस्तो बिषयमा निगरानी राख्नु पर्नेमा जोड दिए ।उनले अदालतमा सबै प्रकारका मुद्धाहरु जानु पनि उचित नभएको बिचार ब्यक्त गरे ।

अदालतमा सबै प्रकृतिका मुद्धा जादा गम्भिर प्रकृतिका मुद्धामा ध्यान पुग्न नसकेको हो की भन्ने आफूलाई लागेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले इन्सकेले अभिलेखीकरण गरेको भन्दा बढी घटनाहरु समाजमा रहेको चर्चा गरे । उनले मानव अधिकारवादीहरु स्थानीय प्रशासनको साखुल्ले हुन नहुने उनले सुझाए । 


महिलाको प्रयोग गरेर प्रतिशोध लिने गरि बलात्कारको आरोप लगाउने घटनाहरु पनि प्रकाशमा आएको चर्चा गर्दै नेपाल बार एशोसिएशन पर्साका पूर्व सचिव हरेराम सर्राफले प्रहरीलाई सम्बेदनशील भएर अनुसुन्धान गर्न आग्रह गरे । महिलाको वालवालिकाको बिषयमा प्रहरी सम्बेदनशील छ यो कुरा ठिकै हो तर महिलालाई जोरजर्वजस्ती गरेर अमुक पुरुषलाई फसाउनु प¥यो भन्दै गलतकाम जनताका प्रतिनिधिबाट हुन लागेको प्रति पनि प्रहरी गम्भिर हुनु पर्ने उनले जोड दिए ।

 

अर्का अधिवक्ता एवं नेपाल मानव अधिकार संगठन पर्साका पूर्व अध्यक्ष कमल मोहन पोख्रेलले कर्मचारी तन्त्र मानव अधिकार प्रति अनुदार रहेको बताए । उनले बलात्कारजन्य अपराधमा आजको पुस्ता निर्दोष हुदा हुदै पनि जेल बस्नु पर्ने अवस्था देखिएको प्रति चिन्ता ब्यक्त गरे । उनले अनुसन्धानको कामलाई पनि जवाफदेहपूर्ण बनाउनु पर्नेमा जोड दिए । 


मानव अधिकार निगरानी समुह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा समग्र उधोग ट्रेड युनियनका गिता भण्डारी,मानव अधिकार रक्षक संजालका संयोजक प्रकाश थारु नेपाल मानव अधिकार संगठन पर्सा सचिव शिवनाथ यादव पत्रकारहरु महेशचन्द्र गौतम ,राधेश्याम पटेल रन्जु दाहाल बिमला गुप्ता लगायतले आफनो बिचार ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.