logo

पप्पुले खायो अर्को झापु नारायणी पुलु निर्माण ठेक्का रद्द  अब कालो सूचीमा रमन कन्स्ट्रक्सन

      7/6/2019 गते 00 00 मा प्रकाशित     1370   पटक पढिएको

बीरगंज २१ असार । 
नारायणी पुल बनाउन नसकेको भन्दै “रमन-पष्पु-जेभी” कन्स्ट्रक्सन कम्पनीसँग गरिएको सम्झौंता सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय टेकुले तोडेको छ । निर्देशनालयले गत ०७६ असार १६ गते सार्वजनिक सूचना जारी गर्दै सम्झौता बमोजिम काम नगरेको भन्दै ठेक्का रद्द गरेको हो ।

 

निर्देशनालयले उक्त ठेक्का सार्वजनिक खरिद नियमावली ऐन २०६३ को दफा ७ अनुसार अन्त्य गरेको जनाएको छ ।

रमन कन्स्ट्रक्सनले  सवैभन्दा कम लागतमा पुलको निर्माण गर्ने भन्दै टेण्डर आवेदन भरेपछि उक्त कम्पनीलाई सरकारले छनौंट गरेको थियो ।  पुल निर्माणको काम गर्न ०६९ असार २५ गते सम्झौता गरिएको थियो ।

 

निर्देशनालयले तत्काल काम सुरु गर्न पटक(पटक सूचना जारी गर्दै अन्तिम पटक गत असार १२ गते सार्वजनिक सूचना जारी गर्यो । तर कम्पनीका सञ्चालकले उक्त सूचनालाई समेत वेवास्ता गरे । त्यसपछि बाध्य भएर सरकारले सम्झौता तोडेको थियो । जबकि उक्त पुलको निर्माण सम्पन्न २०७५ सालमै सकिसक्नुपर्ने थियो ।

ठेक्का हत्याएपछि विभिन्न बहाना देखाएर काम नगर्ने ठेकेदार बलराम महतोले पेश्की बापत १० प्रतिशत रकम भने बुझेका थिए । उनले लिएको १० प्रतिशत रकम अझसम्म फिर्ता गरेका छैनन् ।

 

 रमन कन्स्ट्रक्सनले यसरी नै काम लिने, पेश्की बुझ्ने तर काम नगरी राज्यको ढुकुटी दोहन गर्दै आइरहेको आरोप लाग्दै आएको छ । पष्पुलाई भने यसअघि नै सरकारले कालो सूचीमा राखेर कारबाही गरिसकेको छ । 


 सरकारले रमन कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्ने तयारी गरिरहेको छ । सार्वजनिक खरिद नियमावलीको ७ औं संसोधन अनुसार अब निर्देशनालले सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पत्र पठाउने वित्तिकै उक्त कम्पनी स्वतः कालो सूचीमा पर्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.