logo

रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

      7/10/2019 गते 00 00 मा प्रकाशित     858   पटक पढिएको

जनकपुरधाम  २५ आषाढ। मुख्यमन्त्री लालबाबु राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । 


वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले आज जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै  मुख्यमन्त्री राउतले यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने सम्भावना बोकेको रामायण सर्किटको पूर्वाधार विकासमा प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे। 


रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई दुई देश विचको सम्बन्धका साथै त्रेता युगिन सभ्यता  झझल्को समेत दिने भएकोले दुबै देशका केन्द्रिय सरकारलाई अग्रसर हुन आग्रह समेत गरे । नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई परापूर्वकाल देखी चल्दै आएको जनजनको सम्बन्ध रहेको चर्चा गर्दै उनले यसलाई राजनीति सिमांकनले छेक्ने काम कहि कतै बाट हुनु नपर्नेमा जोड दिए । 


करौडौ हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरका साथै यस क्षेत्रको विकासमा केन्द्र सरकारले अझै ध्यान दिननसकेको गुनासो गर्दै  उनले प्रदेश सरकारले आफनो बुताले भ्याए सम्म जानकी मन्दिरलाई विश्वमा चिनाउने कार्यलाई अघि बढाएको बताए । 


कार्यक्रममा विशिष्ठ अतिथि उद्योग पर्यटन बन तथा वातावरण मन्त्री राम नरेश रायले जनकपुर क्षेत्रको विकासका साथै धनुषा धामको विकासमा भारत सरकारलाई सहयोग गर्न आग्रह गरे । 


कार्यक्रममा भारत सरकारको पूर्व मन्त्री डा. संजय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे। 


कार्यक्रममा रामायण सर्किटका अध्यक्ष डा रामवतार शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, साधवी हेमलता सहितका वक्ताहरुले नेपाल भारतका साथै मिथिला र अवधका सम्बन्धबारे विस्तृत व्याख्या गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.