logo

पटेर्वा र छिपहरमाईको बजेट पारित शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास प्रथामिकतामा

      7/10/2019 गते 00 00 मा प्रकाशित     1574   पटक पढिएको

वीरगंज, २४ असार ।
पटेर्वा सुगौली गाउँपालिकाले आर्थिक वर्ष ०७६ र ०७७ कालागि नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ । सोमवार सम्पन्न भएको गाउँसभाले नीति तथा कार्यक्रम र बिनियोजन बिधयक माथिको दफावार छलफल भएपछि बजेट तथा नीति कार्यक्रम पारित गरेको हो ।

 

गाउँपालिकामा सम्पनन सभाले आगामी वर्षकालागि भौतीक पूर्वाधार बिकास शिक्षा स्वास्थ्य र कृषिलाई बिशेष जोड दिएको छ । गाउँसभाले ३४ करोड १६लाख ७० हजार ५ सय रुपैया बजेट पारित गरेको गाउँपालिका प्रमुख हरिनारायण चौधरीले जानकारी दिए ।

 

हरिनारायण चौधरीको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष ममता महतो वडाध्यक्षहरु फरमान अन्सारी ,बिजय गैरे र गाउसभाका सदस्य प्रमुख कार्यकारी अधिकृत सरोज चौधरी सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।पर्साको छिपहरमाई गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सोमबार सार्बजानिक गरेको छ ।


गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले आर्थिक बर्ष ०७६र०७७ को लागी गाउँपालिकाले ३१ करोड ५ लाख ५५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरे ।


नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु ११ करोड, सुरक्षा अनुदान ४ करोड, स्वास्थ्य, शिक्षा, कृषि पर्यटन, महिला ,बालबालिका स्वर्ण बिमा लाई निरन्तरता दिएको छ । प्रदेश सरकार ५० लाख, प्रदेश सरकार बिषेश अनुदान २० लाख, समपुरक अनुदान ३० लाख, स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट आउने अनुमानित बजेट जम्मा ३१ करोड ५ लाख ५५ हजारको बजेट प्रस्तुत गरिएको थियो ।


आगामी आर्थिक बर्षको बजेटमा छिपहरमाई गाउँपालिकामा जन्मिएका बालिकाहरुलाई पौने दुई लाखको बालिका स्वर्ण बिमा गरिएको छ । प्रस्तुत गरिएको बजेटको बिषेश प्राथमिकता शिक्षा र स्वास्थ्यमा दिईएको गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बताए ।


गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा भएको गाउँ सभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, जिल्ला समन्वय समिति पर्साका सदस्य सुवास साह, वडा अध्यक्ष राजबली यादव, महेन्द्र साह कलवार, बिनोद साह , बालक गदी, मौजिलाल साह र कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.