logo

बाढीले पर्सामा काहाँ काहाँ समस्या पार्यो

      7/12/2019 गते 00 00 मा प्रकाशित     1587   पटक पढिएको

बीरगंज २८ असार ।
पर्सा जिल्लामा बाढीका कारण धेरै ठाउहरु डुवानमा परेका छन । बीमनपा ३० सुख्खा बन्दरगाह परवानीपुर खण्डको लालपर्सा र प्रसुतीपुर जाने बाटोमा सार्वोत्तम  स्टिल उधोग अगाडि सडक भन्दा माथि ३ फिट पानी बढेका कारण सडक अवरुद्ध भएको छ ।

 

त्यस्तै कालिकामाई गाउँपालिकाको वडा नं १ रविदास टोल डुुवानको जोखिममा रहेको छ । उद्धारका निम्ति प्रहरी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भट्टराईले बताए ।पटेर्वा सुगौलीको वडा नं ५ को मोर टोल डुवानमा परेको छ त्याहा पनि उद्धारकालागि प्रहरी परिचालन गरिएको जनाइएको छ । 


बीरगंज महानगरको वडां २७ उदयपुरघुर्मीमा रहेको नहर र तिलावे नदीको पनीको वहाव बढेका कारण ६ वटा घरमा पानी पसेको छ । अन्य घर पनि डुवानको जोखिममा रहेकोले बाटो काटेर पानी पन्छाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

बीरगंज महानगरको वडा नं ३० लालपर्सा र प्रसुतीपुरमा भोडाह नदिमा आएको बाढी सडक भन्दा ५ फिट माथि पानीको बहाव रहेको ५ घर डुवानमा परेका छन ।डुवानको जोखिम रहेको त्यस गाउँमा १ हजार २ सय घरपरिवार रहेको छ ।

परवानीपुरको नयाँबस्तीका २० घरमा डुवानमा परेका छन । जगरनाथपुर गाउँपालिकाको कादमीया टोलमा २५ घरमा पानी पसेको छ  । ६ वटा घरमा बस्न नमिल्ने अवस्था रहेको छ । उनीहरु गाउँकै जनक मुखियाको घरमा आश्रय लिएर बसेका छन ।सबैठवा प्रहरी चौकी डुवानका कारण पकाहा मैनपुरको वडा नं ५ को वडा कार्यालयमा सरेको छ ।बुढगाई प्रहरी चौकी छिपहरमाई गापाको ३ मा बन्दै गरेको घरमा सरेको छ ।

 

 पकाहा मैनपुरको १ र ५ का १५ घरमा ,कालिका माईको वडा नं १ र २का १५ घरमा पानीपसेको २ वटा घर भत्किएको र खेस्राहमा रहेको प्रहरी चौकी खेस्राहको प्रावि स्कूलमा सरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 


राहत र उद्धारकालागि सबै प्रहरी चौकीहरुलाई स्थानीय जनप्रतिनिधिसंग समन्वय गरेर खट्न स्थानीय प्रशासनले निर्देश गरेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताएका छन । 


बीरगंजको राधेमाई र छपकैयाका केही घरमा पानी पसेको छ । श्रीसिया नदीमा आएको बाढी नदीको सतहभन्दा माथि बग्न थालेपछि घरमा पानी पसेको हो । 
हिजो पर्साको ,पर्सागढी नगरपालिका वडा नं १ का ११ वर्षिय निखिल पटेलको बाढी डुवेर मृत्यु भएको थियो ।  हिजो बिहान साढे ११ बजेको समयमा पर्सागढीको वडा नं १ मा पर्ने सिङ्गीयाही खोलामा आएको बाढीबाट दाउरा छान्न खोज्दा उनी डुवेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अन्नतराम शर्माले जानकारी दिए । पटेलको उपचारकोलागि बीरगंजको गण्डक हस्पीटलमा लगेपछि चिकित्सकले मृत घोषित गरेका थिए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.