logo

हिजो बाढीले बगाएर बेपत्ता भएका भवानीपुरका अनुज आज मृत अवस्थामा फेला परे

      7/14/2019 गते 00 00 मा प्रकाशित     1073   पटक पढिएको

बीरगंज २९ असार ।
 वीरगन्जको सिर्सिया नदीमा बाढी हेर्न गएका बेला बाढीले बगाएर शनिबार बिहानदेखि बेपता भएका  बालक अनुज पटेल आइतबार बिहान मृत अवस्थामा भेटिएका छन्।

वीरगञ्ज महानगरपालिका १८ भवानीपुर घर भई हाल वडा नम्बर १३ तेजारथ टोलमा बस्दै आएका रामनारायण पटेलका १४ वर्षीय छोरा अनुजको शव रामगढवास्थित बजरंग सिनेमा हल नजिकैको खेतमा आइतबार बिहान भेटिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

शनिबार बिहानैदेखि बाढीमा बेपत्ता भएका अनुजको सुरक्षाकर्मी र स्थानीयवासीले नदी आसपासका क्षेत्रमा रातभर खोजी गरेका थिए। ्


भाइ र साथीहरूसँग बजरंग हलस्थित सडकमा सेल्फी लिने क्रममा अनुजका भाइ रोहीत चिप्लिएर पानीमा खसेका थिए। भाइलाई बचाउने क्रममा अनुजको टोपी बाढीको भेलमा खसेपछि त्यही टोपी टिप्ने क्रममा बाढीको भेलले अनुजलाई बगाएर बेपत्ता बनाएको प्रत्यक्षदर्शी उपेन्द्र पटेलले बताए।

यसअघि गत शुक्रबार पनि पर्साकै पर्सागढी नगरपालिका वडा १ बागवना नजिकै रहेको सिङ्याही खोलाको बाढीले बगाएर स्थानीय १२ वर्षीय निखल पटेलको मृत्यु भएको थियो।

बारामा पनि अविरल बर्षाका कारण आएको बाढी र डुबानमा परि दुई जना बालक सहित तीन जनाको मृत्यु भएको छ।

शनिवार साँझ बाराको कलैया उपमहानगरपालिका १३ बलिरामपुरका हजारी साह गोंढका १० वर्षीय छोरा अन्जित साह गोंढको मृत्यु भएको हो।

बाख्रा चराउन खेतमा गएका बेला सडक छेउमा खनिएको खाल्डोमा डुबेर बालक अन्जितको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रन्जित सिंह राठौरले जानकारी दिए।

शनिवार नै बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ८ हर्दियामा पनि एक युवकको मृत्यु भएको छ।

शनिवार अविरल पानी परिरहेका बेला धान रोपाइका लागि खेको आली खन्दै गरेका बेला अचानक बेहोश भइ लडेका स्थानीय राजदेव पंडितका छोरा सुदामा पण्डितकव मृत्यु भएको हो।


यसअघि गत शुक्रबार साँझ बाराकै परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरीया गाँउका अरविन्दर यादवका साढे चार वर्षीया छोरा विक्की यादवको घर अगाडिकै नालामा डुबेर मृत्यु भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.