logo

धार्मिक पर्यटकीय गन्तब्यको रुपमा अगाडि बढदै जिराभवानी, २८ करोडको बजेट पारित

      7/15/2019 गते 00 00 मा प्रकाशित     1302   पटक पढिएको

बीरगंज ३० असार ।
जिराभवानी गाउँपालिकाको गाउँ सभा आज सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष ०७६/०७७ कालागि २८ करोड ९८ लाख ८४ हजार रुपैयाको बजेट पारित गरेको छ ।

बित्तिय समानीकरण तर्फ ९ करोड १६ लाख ,सर्शत अनुदान तर्फ ७ करोड ८७ लाख ,राजस्व वाँडफाँड तर्फ ६१ लाख र सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ४ करोड ,प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अन्र्तगत बित्तिय समानीकरण ६९ लाख ३९ हजार,सर्शत ५० लाख आन्तरिक आय तर्फ ४१ लाख ८४ हजार बहुक्षेत्रीय पोषण १४ लाख ६१ हजार र युनिसेफ बाट १० लाख गरि २८ करोड ९८ लाख ८४ हजार रुपैयाको प्रस्तावित आम्दानी गाउँसभाले पारित गरेको प्रमुख कार्यकारी अधिकृत अमित गिरीले जानकारी दिए ।


जिरा भवानी गाउँपालिकाका प्रमुख राप्रित महतोले प्रस्तुत गरेको प्रस्तावित बजेटमा पूजीगत तर्फ १२ करोड र चालु तर्फ १६ करोड रुपैया बिनिययोजन गरिएको छ । बजेटले गाउपालिका तथा वडा स्तरीय योजनालाई प्रथामिकता दिएको छ ।

 

कृषि बिकास तथा पशु सेवा, शिक्षा,स्वास्थ्य ,क्षमता बिकास तथा जनचेतना कार्यक्रम खेलकुद ,बृक्षारोपण  सडक बत्ती आदिमा बजेट बिनियोजन गरेको छ । गाउँपालिका प्रमुख महतोले बजेट निर्माण त एउटा चरण हो यसको कार्यान्वयन प्रमुख बिषय भएको बताउदै कार्यान्वयनमा सहयोग पु¥याउन सबैसंग अपिल गरेका छन । 


जिराभवानी गाउँपालिकालाई एक बिसित सुन्दर समुन्नत सुस्कृत धार्मिक र पर्यटकीय गाउँपालिकाको रुपमा बिकास गर्ने सोच र परिकल्पनालाई साकार पार्ने दिशामा बजेट बिनियोजन गरिएको बताउदै प्रमुख महतोले नागरिकले दिएको जिम्मेवारी पुरा गर्न सबै जनप्रतिनिधिलाई एक भएर अघि बढन अपिल गरे ।
जिराभवानी गाउंपालिकाको गत आवको भन्दा यस आवको बजेटको आकार ठुलो रहेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.