logo

पर्सागढीमा सहमती भयो ६० करोड ५४ लाखको बजेट पारित

      7/15/2019 गते 00 00 मा प्रकाशित     921   पटक पढिएको

हरपुर ३० असार ।
पर्सागढी नगरपालिकाले आगामी आर्थीक बर्ष २०७६र६७ का लागी कुल ६० करोड ५४ लाख रुपयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

आज सम्पन्न तेस्रो नगरसभामा नगरपालिकाकी उप–प्रमुख अर्चना चौधरीले आय तर्फ नेपाल सरकारबाट बित्तिय समानिकरणतर्फ १२ करोड ६२ लाख, राजस्व बाँडफाँडतर्फ ९ करोड ४४ लाख र शसर्त अनुदानतर्फ १३ करोड ६८ लाख त्यस्तै प्रदेश सरकारबाट बित्तिय समानिकरणतर्फ प्राप्त हुने ७३ लाख ३९ हजार, शसर्त अनुदान तर्फ १ करोड, समपुरक अनुदानस्वरुप ४० लाख, आन्तरीक स्रोतबाट १ करोड १९ लाख ९६ हजार, संसदिय बिकास कार्यक्रम तर्फ १ करोड ५० लाख, चालु आर्थीक बर्षको मौजदात १० करोड ८४ लाख ४९ हजार गरी कुल ६० करोड ५४ लाख २८ हजार रुपयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

पर्सागढी नगरपालिका वडा नं ८ हरपुर स्थित वडा कार्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा आगामी बर्षको निति तथा कार्यक्रम पनि उप प्रमुख चौेधरीले नै सार्वजनिक गरेकी हुन ।

आगामी आर्थीक बर्षमा सडक तथा यातायात सञ्जाल निर्माण, शिक्षा, स्वास्थ्य, कृषी तथा पशुपालनको ब्यवसायीकीकरण, गरिवी निवारण, युवा तथा खेलकुद, बालबालिकाको क्षमता बिकाश लगायत क्षेत्रमा यो बजेट खर्च हुने नगर प्रमुख लोक नारायण यादबले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.