logo

पोखरिया नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न अनियमितताको बिषयमा जनताका कडा सवाल

      7/16/2019 गते 00 00 मा प्रकाशित     850   पटक पढिएको

वीरगंज, ३१ असार ।  पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

पोखरिया नगरपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा नगरपालिकास्थित श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले विकास निर्माणको कार्यमा भएको ढिलाई र अनियमितता बारे चाँसोका साथ् प्रश्न उठाएका थिए ।

 

स्थानीय जनताले विकास निर्माणको कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउन माग गर्नका  साथ् शिक्षा, स्वास्थ्या र रोजगार सम्बन्धित विषयलाई नगरपालिकाले प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।

स्थानीय शिक्षक मोहम्मद गन्नी अन्सारीले शिक्षा क्षेत्रमा नगरपालिकाको लगानी बढाउनु पर्ने माग गरे । उनले विश्वस्तरमा नगरपालिकाका युवाहरुलाई प्रतिष्पर्धा गर्न तैयार पार्न प्राविधक विद्यालय स्थापना गर्नु पर्ने सुझाव दिएका थिए ।

 

त्यसैगरी विक्रम साह कानुले विकास निर्माणको कार्य हुने ठाउँमा नगरपालिकाले अनुगमन र निरक्षण गर्न ढिलासुस्ती गरेको बताउदै सडक, नाला र अन्य भौतिक निर्माण हुने स्थानहरुमा नगरपालिकाका जनप्रतिनिधिहरुले प्राविधिक टोलिका साथ् अनुगमन गर्नु पर्ने आवश्यक रहेको बताए ।

 

स्थानीयहरुको प्रश्नको जवाव फर्काउदै नगर प्रमुख दिपनारायण रौनियारले पोखरिया नगरपालिकाले उल्लेखनिय विकास गरेको बताएका थिए । उनले नगरपालिकाले हाल बजार क्षेत्र भन्दा पनि ग्रामिण क्षेत्रको विकासका लागि काम गरिरहेको बताए । नगर प्रमुख रौनियारले विकास निर्माणको कार्यमा अनियमितता गरेका ठेकेदार कम्पनिहरुलाई नगरपालिकाले कालो सुंचीमा समेत रहेको जानकारी गराए । रौनियारले आगामी कार्यपालिकाको बैठकबाट महानगरले सबै भन्दा धेरै लगानी शिक्षा, स्वास्थ्य र रोजगारमा गर्ने बताए ।

नगर उप प्रमुख सलमा खातुनले कार्यालय व्यवस्थापनको समस्या र कर्मचारीको अभावका कारण नगरपालिकाले खोजे जस्तो कार्य सम्पादन गर्न नसकेको बताईन । उनले नगरपालिकामा कहीं पनि गलत गतिबिधि भएको खण्डमा कार्यालय आएर आफुलाई जानकारी गराउन आग्रह गरिन । खातुनले नगरपालिकाले युवाहरुका लागि लक्षित कार्यक्रमहरु घोषणा गर्नका साथ् महिलाहरुको बहुआयमिक विकासका लागि समेत विशेष योजना ल्याउन लागेको जानकारी गराईन ।

संयोजक संस्थाले एक सर्वेक्षणको आधारमा तैयार पारेको नागरिक प्रतिवेदन र बहिरगमन अभिमत संस्थाका अध्यक्ष तबरेज अहमदले प्रस्तु गरेका थिए ।

वडा नं। ४ का वडा अध्यक्ष लक्षमण प्रसाद साह कानुको सभापतित्वामा सम्पन्न कार्यक्रममा वडा नं। ३ का वडा अध्यक्ष अजय कुमार गुप्ता, वडा नं. ७ का वडा अध्यक्ष नन्दला प्रसाद, वडा नं. ८ का वडा अध्यक्ष किशोरी साह तेली, कार्यपालिका सदस्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी .लामिछाने, श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालय प्रधानाध्यापक व्यास प्रसाद चौहान, पुर्व प्रअ गौरीशंकर प्रसाद चौहानलगयातले मत्यव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण रितेश त्रिपाठीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.