logo

पार्टी स्कूल बिभागको प्रमुखमा मेरो स्वभाविक दावी होःनेता भूषाल

      7/28/2019 गते 00 00 मा प्रकाशित     1033   पटक पढिएको

बीरगंज १२ साउन । 

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्वमा आफनो स्वभाविक दावेदारी रहेको बताएका छन ।  

आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुषालले पार्टीको एकताको क्रममा बिभाग पूर्व माओवादीको भागमा पर्दा आफनो दावेदारी नहुने प्रष्ट पारे । उनले भने पूर्व एमालेले पाउने भयो भने मेरो स्वभाविक दावेदारी छ यो नवौ राष्ट्रीय महाधिवेशन पछि नै पाउनु पर्ने जिम्मेवारी हो ।

 

उनले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए।संचारकर्मीको एक जिज्ञासाको जवाफ दिदै नेता भूषालले पार्टी स्कूल बिभाग अध्यक्षद्वयकै मातहतमा राख्ने सहमती भयो भने यो एक प्रकारको समाधान त हो तर कमजोर समाधान हुने उनले बताए ।  यस्तो समाधानले बिभागलाई कामकाजी बनाउने भन्दा पनि सुसुप्त बनाउने काम मात्र गर्छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सामूहिक नेतृत्वमा नगएकै कारण पार्टी एकता प्रकृयामा १५ महिना लागेको भुषालले बताए। ‘अध्यक्ष ओली एकल नेतृत्वमा चलेका कारण पार्टी एकता प्रकृयामा यति धेरै लामो समय लागेको हो, जुन समय लाग्यो यो अनपेक्षित छु, उनले भने। नेता भूषालले पछिल्लो समयमा पार्टी अध्यक्ष ओली सामुहिक प्रक्रियाबाट अगाढि बढ्न खोजेको देखिएको बताए । 

नेता भूषालले पार्टी भित्र केन्द्रीय सदस्यहरु सासदहरुलाई थाहा नदिइ बिधयकहरु पेश भएका कारण त्यसको प्ररिक्षा हुन नसकेको बताउदै बिधयक ल्याउने प्रक्रियामा पनि सुधारको खाँचो रहेको बताए । सरकारले एकपछि अर्को गरी प्रक्रिया नपुर्‍याई विधेयक ल्याएका कारण विरोध खेप्नुपरेको उनले बताए।

संविधानप्रति मधेसमा असन्तुष्टि रहेकोतर्फ संकेत गर्दै भुषालले असन्तुष्टि सम्बोधनका लागि नेकपा प्रयत्नरत रहेको जिकिर गरे। संसारमा कुनै पनि देशको संविधान सय प्रतिशत सहमतिमा बनाइएको हुँदैन तर राजनीतिक दलले त्यसलाई सय प्रतिशत बनाउन प्रयत्न गरिहरहनु पर्छु भुषालले भने, हाम्रो संविधानप्रति पनि असन्तुष्टि छ। सम्बोधन गर्न नेकपा प्रयत्नशील छ।

कृषिमा आश्रित जनताको आधारभूत अवस्थामा परिर्वतन ल्याएर राष्ट्रिय पूँजी निर्माणमा गर्न सके समाजवादमा पुग्न सकिने उनको भनाई छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.