logo

पीडित कस्टडीमा अपहरण आरोपी प्रहरी कन्टयाक्टमा

      8/3/2019 गते 00 00 मा प्रकाशित     898   पटक पढिएको


वीरगन्ज १८ साउन । पर्सा प्रहरीले पीडितलाई थुनामा र पीडकलाई सम्पर्कमा राखेको भन्दै आलोचना शुरु भएको छ ।

अपहरणकारीको चंगुलबाट उम्केर आउन सफल भएका भनिएका पर्साको बिन्दवासनी गाउपालिका वडा नम्बर ४ मधवल टोलका २३ वर्षिय उपनेश चौरसियालाई प्रहरीले रिहासतमा राखेको छ ।

 

चौरसियाको अपहरणमा संलग्न भएको आरोप लागेका सोही ठाउ निवासी उत्तम भनिने निराजन तिवारी भने प्रहरीको सम्र्पकमा रहेको प्रहरीले बताएको  छ । 

 १४ गते अपहरणमा परेका  उपनेश चौरसिया श्रावण १६ गते अपहरणकारीको नियन्त्रणमा उम्कीन सफल भएका थिए ।

भारतको बेतियाबाट नेपालको भिषूवा आएका चौरसियालाई आफन्तजनले सोझै जिल्ला प्रहरी कार्यालयमा पु¥याएका थिए ।

 

जिल्ला प्रहरी पुगेका चौरसियालाई आवश्यक उपचार र परामर्श दिनु पर्नेमा प्रहरीले शान्ति सुरक्षा अन्र्तगत मुद्धा दर्ता गरेको भन्दै चौरसियाका आफन्तजनले प्रहरीले मानव अधिकार बिरोधी काम गरेको आरोप लगाएका छन ।

उनीहरुले शनिवार बीरगंजमा पत्रकार सम्मेलन गरि पर्सा प्रहरीले अब्यवसायीक र पूर्वाग्रही रुपमा काम गरेको आरोप लगाए ।

 

चौरसियाका पिता जंग बहादुर चोरसियाले प्रहरीले पीडितलाई थुनामा राख्ने मुद्धा चलाउने मुख्य आरोपीलाई उन्मुक्ति दिनुले प्रहरी पूर्णतया पूर्वाग्रह प्रेरीत भएको पुष्टि हुने दावी गरेका छन ।  उनले भने न्यायकालागि मैले छोरा प्रहरीकोमा लगे तर उसले मुद्धा चलाईदियो ।

नेपाल पत्रकार महासंघ पर्सामा आयोजना गरेको पत्रकार सम्मेलनमा जंग बहादुर चौरसियाले पर्साका एसपी सोमेन्द्र सिंह राठौरले उल्टै आफूहरुलाई  धम्काउदै अपहरणको मुद्धा दर्ता नगर्ने भन्दै पठाएको बताए ।

पर्साको बिन्दवासनी गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अनुप चौरसियाले  पनि प्रहरी उपरीक्षक राठौरले आफुहरुलाई धमकाएको बताए ।

आफु एउटा समाजसेवी र स्थानिय जनप्रतिनिधिको हैसियतले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई बिस्तृत रुपमा बताएपनि उल्टै धम्काएर पठाएको बताए ।

प्रहरी उपरीक्षक राठौरले नेपाली नागरिक भएपनि यो घटना भारतको हो, अपहरण मुद्धा दर्ता गराउन खोज्यो भने पुनः भारतमै पठाउने  भन्दै धम्क्याएको  वडा अध्यक्ष अनुप चौरसियाले बताए ।

बिन्दवासनी गाउपालिका वडा नम्बर ४ कै दुई जनाको अपहरणमा संलगन्ता रहेको पिडितले प्रहरीलाई बताएपनि उल्टै अपहरणकारीलाई संरक्षण दिएको पिडित पक्षको भनाई रहेको रहेको छ । प्रहरीले अपहरण घटनामा संलग्न भएका भनिएका उत्तम तिवारी र अन्य एक जनालाई पनि अनुसन्धानको दायरामा नल्याउदा सम्म प्रहरीलाई लागेको आरोपलाई बल पुग्ने देखिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.