logo

प्रदेश २ को पर्यटन प्रवद्र्धनमा पर्यटन व्यवसायी र उद्योगी सक्रिय हुदै 

      8/11/2019 गते 00 00 मा प्रकाशित     1120   पटक पढिएको

वीरगन्ज, २७ साउन । प्रदेश नम्बर २ को आर्थिक विकासको प्रमुख आधारको रुपमा लिईएको पर्यटन पर्वद्धन गर्न निजीक्षेत्र सक्रिय भएका छन् । आर्थिक तथा औद्योगिक सहर वीरगन्जबाट पर्यटन प्रवद्र्धनको शुरुवात गरी प्रदेश २ मा नै पर्यटनको विकास गरी आर्थिक समृद्धिमा लैजाने उद्देश्यले यो पहल शुरु गरिएको हो ।

वीरगन्ज उद्योग वाणिज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघ पर्साले पर्यटन प्रर्वद्धनका लागि नेपाल चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघको सहआयोजनामा वीरगन्जमा असोज १ गतेदेखि ३ गते सम्म नेपाल चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ ।

आर्थिक विकासको प्रमुख आधारहरु मध्य पर्यटन क्षेत्रबाट पनि प्रदेश नम्बर २ को आर्थिक विकास गर्न सकिने प्रचुर सम्भावना भएकोले त्यसलाई प्रवद्र्धन गर्नका लागि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग आईतबार वीरगन्ज उद्योग वाणिज्य संघले छलफल गरेको छ ।

वीरगंज उद्योग वाणिज्य संघको सहकार्य एवम होटेल तथा पर्यटन व्यवसायी संघ बिरगंजको सहयोगमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनका लागि वीरगन्जमा राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने तयारी गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, नेपाल चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीहरुबीच पनि आईतबार छलफल भएको छ ।

निजीक्षेत्रको पहलमा चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डको सहआयोजनामा वीरगन्जमा पहिलो पटक आयोजना हुने महोत्सवले प्रदेश नम्बर २ को मौलिक भाषा, संस्कृतिको पनि प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा हुन लागेको चलचित्र महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका झाँकी, विभिन्न समुदायका भेषभूषा तथा संस्कृति झल्किने चलचित्र तथा पोशाकहरुको पनि प्रदर्शनी हुने भएकोले यो महोत्सव पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा साबित हुने होटल तथा पर्यटन व्यावसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।

पछिल्लो समयमा वीरगन्ज लगायतका आसपासमा रहेका विभिन्न धार्मिक पर्यटकीय स्थलहरु नेपाली तथा भोजपूरी र हिन्दी चलचित्रको छायांकन स्थलको केन्द्र बन्दै गएकोले पनि यहाँ चलचित्र महोत्सव सफल हुने पन्तको दावी छ । हिमाल पहाड तराई सबैको अपन्त्व महशुस हुने यो महोत्सब सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको पनि होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष पन्तको भनाई छ ।

प्रदेश नम्बर २ मा बढी प्रचलनमा रहेको भाषा मध्य भोजपूरी, मैथली र बज्जिका भाषाका चलचित्र र नेपाली चलचित्रहरु मात्रै नभई माध्यम भाषाको रुपमा रहेको हिन्दी चलचित्रहरु पनि धेरै छायांकन भएको प्रदेश नम्बर २ का विभिन्न स्थलहरुको पहिचान स्थापित गर्नलाई पनि राष्ट्रिय फिल्म महोत्सव महत्वपूर्ण हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।

पहिलो पटक नै हुन लागेको महोत्सवले स्थानीय लोक संस्कृति, भाषा, भेषभूषाको पनि प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । चलचित्र महोत्सवले वीरगन्जको आन्तरिक मात्रै नभई बाह्य पर्यटनमा टेवा पुग्ने विश्वास निजीक्षेत्रको रहेको छ । यसअघि औद्योगिक व्यापार मेलाहरुमा मात्रै सांस्कृतिक कार्यक्रमहरु हुदै आएकोमा अब चलचित्र महोत्सव नै हुने भएपछि यसले सबै क्षेत्रको आर्थिक गतविधिलाई चलायमान बनाउने र प्रदेश तथा राष्ट्रको नै अर्थतन्त्रमा सुधार ल्याउन सकिने सम्भावना रहेको व्यवसायीहरु बताउछन् ।

प्रदेश नम्बर २ मा ऐतिहासिक, धार्मिक तथा रमयणीय पर्यटकीय स्थलहरु पनि रहेकोले समग्रमा यसको प्रवद्र्धन गर्न सके प्रदेश २ को आर्थिक समृद्धि सहज रुपमा हासिल गर्न सकिने संभावनाहरु रहेका छन् । पछिल्लो पटक निजीक्षेत्रको सक्रियताले पनि यहाँको पर्यटन प्रवद्र्धनमा अझ बढी महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । खासगरी यसक्षेत्रमा नै छायांकन गरिएको   भोजपुरी भाषाका चर्चित चलचित्रहरु र नेपाली भाषाका चलचित्रहरुको प्रदर्शनीपछि बजार राम्रो पाएकोले पनि चलचित्र महोत्सव सफल हुनेमा वीरगन्जका पर्यटन व्यवसायीहरु आशावादी रहेका छन् ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.