logo

स्वास्थ्य र शिक्षाको बिकास बिना मुलुकले समृद्धि हासिल गर्न सक्दैनःउपप्रम यादव

      8/27/2019 गते 00 00 मा प्रकाशित     842   पटक पढिएको


बीरगंज १० भदौं । वीरगन्जको नगवा नवर्निमित बस पार्कको आज एक समारोहका बीच उपप्रधान तथा स्वास्थ्य जनसंख्यामंत्री उपेन्द्र यादवले उद्घाटन गरे ।

१९ करोड ८ लाखको मुल लागतमा ५ विघा भन्दा बढी क्षेत्र फलमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न बस पार्कको उपप्रधानमंत्री यादवले  शिलालेख अनावरण गरी उद्घटान गरेका हुन ।    


वीरगन्ज महानगरपालिकाले आयोजना गरेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमंत्री यादवले स्वास्थ्य र शिक्षाको विकास विना मुलुक समृद्ध हुन नसक्ने  धारणा व्यक्त गरे ।

उनले शारिरिक तथा मान्सिक रुपमा स्वास्थ्य र शिक्षीत व्यक्तिलेनै समाज तथा राष्ट्रको विकास गर्न  सकिने विश्वव्यापी मान्यतालाई दृष्टिगत गर्दै आम नेपाली जनातालाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकारले प्रतेक गाँउमा प्रथामिक स्वास्थ्य चौकी, वडामा स्वाथ्य चौकी, शहरमा अस्पताल र महानगरपालिकाहरुमा विशिष्ट सेवा सहितको केन्द्रिय अस्पताल निर्माणमा गर्न लागेको जानकारी दिए । 


उनले  संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै  समृद्धी हासिल गर्ने योजना सहित सरकार अघि बेढेको बताए  । 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं.२का मुख्यमंत्री लालबाबु राउत गद्दीले मुलुकमा विद्ययमान चौतर्फी भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासन कायम गर्नु आजको आवस्यत्ता रहेको धारणा व्यक्त गरे ।

 

उनले      वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रालाई सम्बोधन गर्दै शहरी विकास मन्त्रि इस्तीयाक राइनले  प्रदेश नं.२को पुर्वधारण विकास प्रति संघ सरकार गम्भिर रहेको बताए  ।

उनले  चालु आर्थिक वर्षमा वीरगन्ज महानगरपालिका भित्र पुर्वधार विकासका लागि दश अर्ब भन्दा बढी लगानी गरिने जानकारी गराउनु गराए ।


कार्यक्रममा नगर प्रमुख बिजय कुमार सरावगीले वीरगन्ज महानगरको विकासको लागी प्रदेशसभा र संघीय सभाको सबै सांसदहरुलाई सहयोग गर्न अनुरोध गरे ।उनले  वीरगन्जको बिकासको लागी योजनाबद्धरुपमा अगाडि बढन सबै नेताहरुलाई अनुरोधस समेत गरे ।

 

कार्यक्रममा सांसद प्रदिप यादव,विमल श्रीवास्तव र निलम्बीत सासद हरिनारायण रौनियार लगायतका नेताहरुले मधेसको मुदा र पर्साको चौतर्फि बिकासको लागी मन्त्रिहरुलाई अनुरोध गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.