logo

महानगरप्रमुख बिरुद्ध प्रर्दशन गर्नेलाई २९५ नम्बर दफा लगाउन समाजवादीको माँग

      8/29/2019 गते 00 00 मा प्रकाशित     1583   पटक पढिएको

बीरगंज १२ भदौ ।
बीरगंज महानगरपालिकाले राष्ट्रिय जनता पार्टी नगर समिति वीरगंजको नामबाट मिति २०७६ भाद्र ११ गते वीरगंजमा  भएको विरोध प्रर्दशनको ब्यानरमा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको तस्वीरलाई लामखुट्टेको शरीरमा जोडेर सार्वजनिक रुपमा नगरप्रमुखको व्यक्तिगत मानमर्दन र चरित्र हत्या गर्न खोजेको विषय प्रति वीरगंज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  


लोकतन्त्रमा विधिसम्मत विरोध गर्न सकिन्छ । तर प्रचलित कानून विपरित नगर प्रमुखको तस्वीरको स्वरुप बिगारी सार्वजनिक गर्नु गैरकानूनी, अराजनितीक र गैरसंवैधानिक प्रवृत्तिको द्योतक हो भन्ने हाम्रो ठहर छ महानगरका प्रवक्ता सन्तोष तिवारीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 


कुनै पनि राजनीतिक दल वा समुहका नाउँबाट आम नागरीकमा भ्रम पैदा गर्ने र नगरप्रमुखको चरित्र हत्या गर्ने जस्ता अवान्छित कृयाकलापको तुरुन्त छानविन गरी दोषी माथि कारवाही गर्न महानगरपालिका सम्बन्धीत सबैमा जोडदार माग गर्दछ बिज्ञप्तिमा लेखिएको छ। 


साथै, कुनै पनि राजनीतिक दलका नाउँबाट कार्यक्रम गर्दा लोकतन्त्रको मर्म  दलीय आचरण र संसदीय परम्परालाई पालन गर्न समेत महानगरपालिका आग्रह गर्दछ । साथै आम नगरवासीलाई नगरप्रमुख विजय कुमार सरावगी माथि लगाईएको भ्रामक कुप्रचारको पछाडी नलाग्न अपिल गर्दछ । 


त्यसैगरि समाजवादी पार्टी नेपाल पर्साका कार्यवाहक अध्यक्ष रामनरेश यादवले पनि एक बिज्ञप्ति जारी गर्दै राजपाको नगर कार्यसमितिले निकालेको जुलुस प्रति ध्यानाकर्षण भएको जनाएका छन । यादवले फौजदारी आचार सहिंताको बर्खिलाप हुने गरि प्रर्दशन गरिएको भन्दै फोजदारी अराध सहिताको दफा २९५ अनुसार दोषीलाई कारवाही गर्न समेत माग गरिएको छ ।

यसैवीच राजपाका एक जना जिल्ला अध्यक्ष जगदीश पटेलले पनि एक बिज्ञप्ति जारी गरि हिजो पार्टीको झण्डा प्रयोग भएर निकालिएको ¥याली पार्टीको आधिकारीक नभएको स्पष्ट पारेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.