logo

बीरगंजमा भब्य रुपमा सम्बिधान दिवस मनाइयो ,सपा र राजपा बिरुद्धको आलोचना सामाजिक संजालमा भाइरल

      9/19/2019 गते 00 00 मा प्रकाशित     1019   पटक पढिएको

बीरगंज ३ असोज ।
संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बिधान दिवसका अवसरमा बीरगंजमा भब्य कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्साको आयोजनामा गरिएको कार्यक्रममा बीरगंजमा नागरिकको उल्लेख सहभागिता रहेको थियो ।

 

 २०७२ जारी भएको असोज ३ गते नेपालको सम्बिधान जारी भएको थियो । त्यही दिनलाई सम्बिधान दिवसको रुपमा मनाउन थालिएको हो । नेपालका बिभिन्न क्षेत्रका नागरिकको अपेक्षा र चाहनालाई सम्बिधानले समेटेको छ ।

 

संघीय गणतन्त्र,धर्म निरपेक्षता,समावेशीता ,बहुलवाद समाजवाद उन्मुख शासन ब्यवस्था जस्ता बिषयहरु सम्बिधानले संस्थागत गर्ने प्रयास गरेको छ ।

यस अर्थमा सम्बिधान सबै नेपालीले स्वामित्व लिने दस्तावेज भएको भन्दै कार्यक्रममा सहभागिहरुले सम्बिधान प्रति आस्था र निष्ठा राख्नु पर्ने  धारणा ब्यक्त गरेका छन । 


बीरगंजको घण्टाघरबाट निस्केको ¥यालीले बीरगंजको बिभिन्न भागको परिक्रमा गरि घण्टाघर नजिक रहेको बि.पि.उद्यानमा पुगेर सभामा परिणत भएको थियो । सभामा नेकपा तथा नेपाली कांग्रेसका नेताहरु, जनप्रतिनिधहरु नागरिक समाजका बिभिन्न सरोकार समुहका प्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीहरुको तर्फबाट सम्बिधान दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका थिए । 


जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । 
सत्ता साझोदार समाजवादी पार्टी र राजपाले भने कार्यक्रममा आफनो सहभागिता जनाएनन ।

 

समाजवादी पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु पनि कार्यक्रममा सहभागि बनेन । राजपाले भने दिउसो बिरोध जुलुस निकाल्ने तयारी गरेको छ । 


यसैवीच मधेशीजनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताको नेतृत्वको एउटा समुहले नेपालको सम्बिधान २०७२ जलाएको थियो । कालो झण्डा सहित बीरगंजको घण्टाघरमा उनको नेतृत्वमा रहेको समुहले सांकेतीक रुपमा सम्बिधान जलाएको हो । सम्बिधान जलाई सकेपछि भने प्रहरीले कालो झण्डा नियन्त्रणमा लिएको थियो ।


सम्बिधान जारी भएकै दिन बीरगंजमा प्रहरीको गोली लागि शत्रुघ्न पटेलको ज्यान गएको थियो । सम्बिधानको बिरोध पनि नगर्ने उत्सव पनि नमनाउने तहमा पुगेको समाजवादी पार्टीले पनि उनको सम्झना गरेको छैन ।

 

 प्रदेश सरकारको सत्ता साझेदार राजपाले सम्बिधानको बिरोधमा कालो दिवस मनाउने भन्दै बिरोध जुलुस निकाल्ने तयारी गर्दै छ तर पटेलको सम्झनामा कुनै कार्यक्रम भने सार्वजनीक गरेको छैन ।


त्यही सम्बिधान अन्र्तगत चुनाव लडने। जीत्ने,शपथ खाने र सरकारमा समेत सहभागि हुने तर सम्बिधान दिवस नमनाउने मधेश केन्द्रीत दलको निर्णय प्रति भने मधेशमै निकै आलोचना भइरहेको छ । सामाजिक संजालमा दलहरुको यस्तो रबैयाका बिरुद्ध अलोचनात्मक टिप्पणी भाइरल भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.