logo

बीरगंजको बसपार्क संचालन सम्बन्धमा तथ्यहिन समाचार आयोः महानगर

      9/24/2019 गते 00 00 मा प्रकाशित     1006   पटक पढिएको

बीरगंज ७ असोज ।
बीरगंज महानगरपालिकाले आज एक प्रेस बिज्ञप्ति जारी गरि बसपार्क टर्मिनल्स संचालनका सम्बन्धमा वास्तविकता सार्वजनीक गरेको छ ।

महानगरले बसपार्क संचालनकालागि सार्वजनीक नीजि साझेदारी ऐन अन्र्तगतको प्रस्ताव आव्हान गरेको थियो । सार्वजनीक नीजि साझेदारी अन्र्तगत ठेक्का शर्त कावोल गर्ने ठेकेदार पक्षले दूई वटा प्रस्ताव पेश गर्नु पर्छ । पहिलो प्राविधिक प्रस्ताव र दोश्रो आर्थिक प्रस्ताव ।

महानगरमा रहेको समितिले अन्य सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको रोहवरमा पहिलो प्राविधिक प्रस्ताव खोल्छन । प्राविधिक प्रस्तावमा बिभिन्न शिक्र्षकमा ठेकेदार पक्षले प्राप्त गरेको ज्ञान उसको आर्थिक र भौतीत क्षमताका बिषयमा आफनो अवस्था घोषणा गर्नु पर्छ । ठेकेदार पक्षले पेश गरेको प्रस्तावनामा मूल्याकंन समितिले दिने नम्बरका आधारमा प्राविधिक प्रस्ताव पास भयो की फेल भन्ने कुरा तय हुन्छ ।

कुल ७० अंकको प्राविधिक प्रस्ताव मूल्याकन समितिले दिएको अंकको आधारमा पास भएन भने पास नहुने ठेकेदारको आर्थिक प्रस्ताव खोलिदैन त्यो फिर्ता हुन्छ । ३० अंकको भार भएको  आर्थिक प्रस्तावले पाउने अंक र प्राविधिक प्रस्तावमा पाएको अंक जोडदा जसको बढी हुन्छ उसले ब्यवस्थापनको जिम्मेवारी पाउछ ।

रकम धेरै या थोरै भन्ने कुराले यस प्रकृतिको ठेक्कामा अर्थ नराख्ने बिज्ञहरुको भनाई छ । महानगरले बिज्ञिप्त जारी गरेर आफनो तर्फबाट यही बिषय प्रष्ट पार्न खोजेको छ । 


बीरगंज महानगरले माथि उल्लेख गरिएको बिधिका आधारमा नयाँ बसपार्क संचालनको जिम्मेवारी एन.के ईन्टरनेसनल प्रा.लि.लाई दिने आश्य पत्र सार्वजनीक गरेको हो । 


वीरगंज महानगरपालिकाले बसपार्क टर्मिनल संचालन तथा ब्यवस्थापन गर्न सार्वजनिक, निजी साझेदारी अन्तरगत प्रस्ताव आब्हान गरेको थियो ।  निजी क्षेत्रबाट तीन वटा प्रस्ताव परेको तर दुईवटा कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत भएपछि सोही अनुसार आर्थिक प्रस्तावको मूल्यांकन गर्दा प्राविधिक तथा आर्थिक प्रस्ताव दुवैको अंक जोडदा उच्चतम अंक प्राप्त गर्ने एन.के ईन्टरनेसनल प्रा.लि.लाई प्रस्ताव स्वीकृतका लागि आसयको सूचना जारी गरिएको बीरगंज महनगरका प्रवक्ता सन्तोष तिवारीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 

यही विषयलाई लिएर विभिन्न पत्रपत्रिका र अनलाइनमा आएका समाचार प्रति वीरगंज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ बिज्ञप्तिमा भनिएको छ । महानगरपालिका कार्यालय, जनप्रतिनिधि र कर्मचारीको वारेमा कपोकल्पीत आरोप लगाई पत्रकारिताको मूल्यमान्यता विपरित वाहिर आएका समाचार प्रति महानगरपालिका दुःख ब्यक्त गर्दछ ।


वीरगंज महानगरपालिकाले बसपार्क टर्मिनलको ब्यवस्थापन, संचालन तथा शुल्क संकलन कार्य वीरगंज महानगरपालिकाको सार्वजनिक निजी साझेदारी सम्वन्धमा ब्यवस्था गर्न वनेको ऐन २०७५, सार्वजनिक साझेदारी नीति २०७२ र सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ को प्रचलित कानुनको अधिनमा रही गरिएको महानगरले जनाएको छ ।

निजी क्षेत्रबाट पेशभएका प्रस्तावहरुको प्राविधिक र आर्थिक मूल्यांकनका आधारमा उच्चतम अंक प्राप्त गर्ने कम्पनी एन.के. ईन्टरनेशनल प्रा.लि.को प्रस्ताव स्वीकृत गर्ने आशय सहितको सूचना जारी गरिएको हो बिज्ञप्तिमा उल्लेख छ । महानगरपालिकाले प्रचलित कानुन अनुसार कार्य सम्पादन गर्ने हुदाँ केही संचार माध्यममा आएका विषय प्रति भ्रममा नपर्न सम्पूर्ण नगरवासीमा अनुरोध गर्दछौ ।
पत्रकारिताको माध्यमले आम नागरिकलाई सत्य तथ्य सुचना दिनु पर्नेमा हुदै नभएको र भ्रामक विषयलाई अतिरंजना पूर्ण तरीकाले प्रचार गर्न खोजिनु पत्रकारिताको मूल्यमान्यता विपरित रहेको स्पष्ट पार्न चाहन्छौ । नगरवासीको विश्वासको केन्द्रको रुपमा रहेको महानगरपालिका र जनप्रतिनिधी विरुद्ध अविश्वास पैदा गर्ने खालका सामाग्री प्रचार प्रसार नगर्न सम्पूर्ण संचार माध्यमलाई हार्दिक अपिल गर्दछौ महानगरको बिज्ञप्तिमा भनिएको छ । ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.