logo

सडक बिस्तारको बिषय गम्भिर बन्दै सामाजिक संजालमा नेताहरुप्रति तिब्र आक्रोश पोखिदै

      9/26/2019 गते 00 00 मा प्रकाशित     1239   पटक पढिएको

ईसीमाना टिप्पणी ।
त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५/२५ मिटर सडक फराकिलो पार्ने बिषयले बीरगंजमा गम्भिर बहस शुरु भएको छ ।

 

सडक फराकिलो पार्नु पर्छ भन्नेहरु र पार्न हुदैन भन्नेहरुका कित्ता पनि त्यसैगरि परिर्वतन भइरहेका छन । छापामा सार्वजनीक भएको एक तस्विरका अनुसार नेकपाका स्थानीय नेताहरु सडक बिस्तारको पक्षमा नरहेको सन्देश प्रवाह भएको छ । तर डेलीगेशन गएको तस्विरमा देखिएपनि नेताहरुको अभिब्यक्ति कस्तो थियो भन्ने कुरा यकिन रुपमा सार्वजनीक भएको भने छैन ।

 

बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा प्रति घर दश हजार रुपैया उठाइएको समाचार सार्वजनकी भएसंगै स्थानीय नेताहरु काठमाण्डौ डेलीगेशन गएकोले पनि सडक बिस्तारको बिषयले कस्तो मोड लिने हो भन्ने जिज्ञासा बढेको छ ।

 

सडक चौडागरेर आधुनीक बीरगंज निर्माणकालागि योगदान दिन आजको पुस्ताले राजनीतिक नेतृत्वलाई अपिल गरिरहेको छ । तर राजनीतिक नेतृत्व आजको पुस्ताको अपिलको वेवास्ता गर्दै त्रिभूवन राजमार्गको राइट अफ वे भित्र निर्माण भएका ब्यक्तिगत संरचनाहरुको संरक्षणमा लागेको देखिन्छ ।


भारतको सहयोगमा सन १९५६ मा निर्माण भएको त्रिभूवन राजपथ नेपाल सरकारले निर्धारण गरेको राजमार्ग मापदण्डमा पहिलो नम्बरमा पर्छ । त्रिभूवन राजपथ सडक ऐन २०३१ अनुसार मुख्य राजमार्गको मापदण्ड भित्र पर्छ । सडक ऐनले नै सडकको क्षेत्राधिकार तोकेको हुन्छ । ऐनले तोकेको क्षेत्राधिकार अन्र्तगत नै अहिले २५/२५ मिटर फाराकिलो पार्न खोजिएको हो । २०३४ मै तत्कालीन सरकारले मुआव्जा दिएको सरकारी तथ्यले देखाउछ ।

 

मुआब्जा कसले लियो लिएन भन्ने बिषयका आधारमा राजमार्ग बिस्तारको कामलाई रोक्न नहुने आजको पुस्ताको धारणा छ । नेताहरु र सडक दाया बाया घर भएकाहरुले बनाएको तथाकथित बीरगंज बचाऔ अभियानका मान्छेहरु सडक फराकिलो पार्न नहुने भन्दै सरकोकारवाला मंत्रीको कार्यालयमा डेलीगेशन गउपछि सामाजिक संजालमा समेत त्यसको बिपक्षमा कडा प्रतिक्रियाहरु आइरहेका छन । सामाजिक संजालमा त दशै आयो नेताहरुले नयाँ लुगा र मिठो खाना पाउने भए भन्ने सम्मका टिप्पणीहरु देखिन्छन । 


डेलीगेशन गएका नेताहरुप्रति आक्रोश ब्यक्त गर्दै सामाजिक संजालमा निकै कडा र आक्रमक टिप्पणीहरु आएका छन । 
सामाजिक संजालमा बीरगंजको सडक बिस्तार रोक्न खोजेको भन्दै तस्विरमा देखिएका नेताहरुलाई बहिष्कार गर्नु पर्ने सम्मको अपिल गरिएको छ । त्यही नेकपाका सासद पुष्पा कर्णले बीरगंजलाई सुन्दर ब्यवस्थित बनाउन पर्छ भन्दै सामाजिक संजालमै युवाहरुको बिचारलाई प्रोत्साहित गर्दैछिन ।


त्रिभूवन राजपथको दाया वायाँ सडक बिस्तारका बिषयमा पर्सेली केही नेताहरुले देखाएको ब्यवहारका कारण बीरगंज महानगर भित्रकै वडा नं २१ का नागरिकलाई निकै पीडा महशुस भइरहेको छ । सडकको लालपूर्जा हाम्रो हातमै छ । बिकास होस भन्ने मनसायले बिस्तार अभियानलाई सहयोग गरेर घर भत्काउन दिएका हौ वडा नं २१ परवानीपुरका नागमणी उपाध्यायले भने बीरगंज फराकिलो नहुने हो भने सडक भत्काएर धार रोप्छौ असमान न्यायलाई सहेर बस्दैनौ ।

 

एउटै महानगरका अलग अलग वार्डमा फरक खालको ब्यवहार हुन्छ भने त्यो कसैकालागि सैह्य हुने कुरा होइन ।पर्सेली राजनीतिकर्मी चुकेको यही नेर नै हो । परवानीपुर सडक खण्डमा उधोगहरुको क्षेत्र भत्किदा प्रतिक्रिया बिहिन भएका उधोगी  र उधोग वाणिज्यसंघ बीरगंजको बिस्तारको बाधक किन बन्दैछ भन्ने कुरा पेचिलो बन्दै गएको  छ ।


बीरगंज ऐतिहासिक शहर र सडकका बिकल्प भएकोले बीरगंज भत्काउन नहुने तर्क पनि गर्न थालिएको छ । ऐतिहासिक हुनुको मापदण्ड के हो ? ऐतिहासिक भन्नेहरुले यसबारेमा केही बताएका भने छैनन ।

 

तर त्यतीको आधारमा सडक बिस्तार रोक्न नहुने आजको पुस्ताको माँग छ । दिनहु घण्टारदेखी माइस्थान सम्म पटक पटक जाममा पर्नेहरुले सडकमै यस्तो जाम हुदा पनि बिस्तार गर्न नहुने भन्दै नेताहरुप्रति आक्रोश ब्यक्त गर्दै आएका छन । यस्तो परिवेशमा केही नेताहरुको छवी बिकास बिरोधी बन्ने पक्का छ । त्यही नेतृत्वलाई भोलीका दिनमा जनताले कसरी पत्याउछन बिचारणीय भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.