logo

बीरगंजको सडक बिस्तार युवाहरुको एक मात्र सरोकार, बिकास बिरोधीको कुरा नसुन्न मंत्रीलाई आग्रह

      9/29/2019 गते 00 00 मा प्रकाशित     1520   पटक पढिएको

वीरगंज १२ असोज । त्रिभूवन राजपथको बीरगंज भन्सार देखी गण्डग सम्मको सडक बिस्तारको माँग गर्दै बीरगंजका युवाहरुले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएका छन  । 


वीरगंज विकास युवा संघर्ष समितिका नाममा संगठीत भएका युवाहरुले  आज पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत ज्ञापन पत्र बुझाएका हुन।

 

मुख्य सडकको अतिक्रमण हटाएर सडक फराकिलो पार्ने बिषय बीरगंजको बिकासको बिषय भएकोले सडक बिस्तार रोक्ने षडयन्त्रलाई सफल हुन नदिन ज्ञापन पत्र बुझाएको युवा नेता महमुद अन्सारीले बताए ।

उनले ज्ञापन पत्रलाई कमजोर नठान्न चेतावनी दिदै ज्ञापन बुझाउने हातहरुले आवश्यक पर्दा जस्तो सुकै अस्त्र उठाउन सक्ने बताए । 

 


त्रिभून राजपथ राष्ट्रीय राजमार्ग हो । राजमार्ग हुनकालागि आवशयक मापदण्ड पुरा गरेकोले सरकारले कानूनी आधारमा राजपत्रमा उल्लेख गरेर सडक बिस्तार गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयको बिरुद्ध राजनीतिक दल उधोगी ब्यवसायीहरुले मंत्रीलाई भेटेर दवाव दिएको सार्वजनीक भएपछि युवाहरु स्वस्र्फूत रुपमा संगठीत भएका छन । 


उनीहरुले बिरोध प्रर्दश हुदै आज ज्ञापन पत्र बुझाएका छन  । मुख्य सडक नतोड्ने वीरगंजबाट गएको विभिन्न राजनितिक दलका नेताहरु सहितको जम्बो टोलीको कुरा नसुन्न पनि ज्ञापन पत्र मार्फत आग्रह गरिएको आन्सारीले वताए ।

डेलिगेशन गएको टोली वीरगंजको बिकास बिरोधी भएको वीरगंजका युवाहरुले ठहर गर्दै सो बिरुद्ध वीरगंज विकास युवा संघर्ष समिति नै गठन गरी चरणवद्ध आन्दोलनको कार्यक्रम सुरु गरेका छन ।

 

वीरगंज विकास संघर्ष समितिका युवाहरुले वीरगंज बचाउ संघर्ष समिति केही व्यक्तिको स्वार्थको लागि गठन भएको र केही नेताहरु समेत वीरगंज विकासको बाधक देखिएकोले तिनिहरुको भण्डाफोर गर्दै बिरगंजको सडक फराकिलो नभए कडा भन्दा कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउन पुगेको टोलीमा संघर्ष समितिका रामबाबु मन्डल, अकलेश साह, संदिप बिक्रम साह, महमुद अंसारी, मोहम्मद जौवाद, दिपक पटेल, सम्सुल अंसारी, सागीर अंसारी, रंजीत चौरसिया, राकेश पटेल लगायतकाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.