logo

तीनदिन बीरगंज चलचित्रमय हुने, महोत्सवको तयारी असकियो, राष्ट्रपतिले उद्घाटन गर्ने, गोबीन्दा पनि आउँदै

      11/3/2019 गते 00 00 मा प्रकाशित     1047   पटक पढिएको

वीरगञ्ज, १७ कार्तिक
नेपाली सीने क्षेत्रले आधा शताब्धीको यात्रा गरेको छ । पचास वर्ष पार गरेको अवसरमा यस पटक स्वर्णिम चलचित्र महोत्सव मनाउने तयारी भएको छ ।

महोत्सव राजधानीमा नभई मुलुकको आर्थिक राजधानीको उपमा पाएको बीरगंजमा गरिने भएको छ । नेपाली चलचित्रको खासै ब्यापार नहुने बीरगंजमा नेपाली चलचित्रको स्वर्णिम महोत्सवको आयोजनालाई निकै आशाको नजरले हेर्न थालिएको छ ।

‘तराई पहाड हिमालको उत्सव’ भन्ने नाराका साथ गर्न लागिएको महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेबी भण्डारीले गर्ने आयोजक नेपाल चलचित्र निर्माता संघले जनाएको छ ।

 

महोत्सव मार्फत नेपाली सिने जगतले “कोर्स करेक्सन” को प्रतिवद्धतछा समेत जनाएको छ । महोत्वसवको तयारीक सन्र्दभमा जानकारी दिन आइतवार बीरगंजको होटेल अन्नपूर्णमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव तयारी समितिका संयाजक बिमल पौडेलले यस्तो जानकारी दिनु भएको हो ।


नेपाली चलचित्रमा  तराई मधेशको कथा र भाव पनि छैन अनी मुहार पनि नभएपछि चलचित्र नहेरिने कुरा पनि स्वभाविक हो निर्माता पौडेलले भन्नु भयो अव यो गल्तीमा सुधार गरिने छ  कथा भाव र कलाकार तराई मधेशका पनि हुन्छन । आफनो कथा र आफनो ब्यथा प्रति मान्छेको मनले छुन्छ अनी बल्ल फिल्म हेरिनेछन ।


आगामी कार्तिक २१, २२ र २३ गते आयोजना हुने महोत्सवको उदघाटन राष्ट्रपति बिद्यादेबी भण्डारीले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । महोत्सवको आवश्यक तयारी पुरा भएको महोत्सव आयाजक स्थानीय संयोजक निर्माता तथा कलाकार नन्दु श्रीवास्तवले जानकारी दिनु भयो ।


महोत्सवमा भारतका चर्चित अभिनेता गोबिन्दा आहुजाको पनि सहभागिता रहने बताइएको छ । पत्रकार सम्मेलनमा नेपाली चलचित्रलाई समयानुकुल र मौलिक एवं देश काल प्रविधि र परिस्थिति अनुकुल बनाउनेमा महोत्सव फलदायी हुने आयोजकको अपेक्षा छ । 


महोत्सवमा हुने छलफल र त्यसबाट आउने निष्कर्षले नेपाली चलचित्र क्षेत्रको दिशा र दशा परिर्वतन गर्ने आयोजकले दावी गरेका छन । 


‘वीरगञ्ज ३ दिन चलचित्रमय हुन्छ, यसले वीरगञ्जको पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिको उन्नयन हुन्छ ।’ उनले भने ‘राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा चर्चा कमाउनेछ ।’ महोत्सवमा १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । संघ सरकार प्रदेश सरकार बीरगंज महानगरपालिका उधोग वाािण्ज्य संघ सहित अन्य ब्यपारिक घरानाहरुको सहयोगमा श्रोत परिचालन गरिएको आयोजकले बताएका छन ।  


पत्रकार सम्मेलनमा वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख विजय कुमार सरावगीले चलचित्र महोत्सवको सफलताले यस क्षेत्रको भाषा, कला, संस्कृति एवं कलकारहरुलाई देश विदेशमा परिचित गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयोे ।
 ‘आउने दिनमा चलचित्र उद्योगसँग जोडिन चाहने मानिसहरुका लागि महोत्सव अवसर बन्न सक्छ, कनेक्टिभीटिको काम गर्छ, उनीहरुलाई रोजी रोटीको बाटो बन्न सक्छ ।’ उनले भने ‘काठमाण्डु पछि कार्यक्रम गर्न सक्षम क्षेत्र वीरगञ्ज मानिन्छ, यहाँ महोत्सव सफल हुँदा यसले सकारात्मक सन्देश प्रवाह हुन्छ ।’ 


वीरगञ्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्याक्ष सुबोध गुप्ताले महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पु¥याउने बताए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.