logo

बीरगंजको सडक बिस्तार ,सडक चौडा गर्न युवाहरुले गरे  दवावमुलक कार्यक्रमको घोषणा

      11/5/2019 गते 00 00 मा प्रकाशित     1375   पटक पढिएको

रगंज १९ कार्तिक । त्रिभूनव राजपथको भंसार गण्डक खण्डमा सडकको दायाबाया २५ २५ मिटर चौडा गर्ने सरकारी कदमलाई सहयोग पु¥याउन बीरगंजका युवाहरुले दवावमुलक कार्यक्रम घोषणा गरेका छन ।

 

बीरगंज बिकास युवा संघर्ष समितिको आज बसेको बैठकले दवावमुलक कार्यक्रम घोषणा गरेको महमुद अन्सारीले जानकारी दिनु भयो । 


समितिले ब्यापारिक राजमार्ग बिस्तारको कार्यालय पथलैयामा सडक चौडा बनाउने बिषयमा भइरहेको तयारीका बारेमा कुझन पथलैया जाने निर्णय गरेको छ । घण्टाघरमा जम्मा भएर पथलैया जादै छौ युवा नेता अन्सारीले भन्नु भयो सडक बिस्तार सम्बन्धी कार्यालयको तयारीका बारेमा बुझने छौ र युवाले दिनु पर्ने सहयोगका बिषयमा कुरा गर्छौ । 


बीरगंज मुख्य शहर अहिले नै संकुचीत भएको छ । सडक साँघुरो भएकोले बीरगंजले राम्रो शहरको संज्ञा पाउन सकेको छैन । सडक सघुरो भएकोले लेन अनुशासन कायम भएको छैन । फूटपाथमा हिडनु पर्ने पैदल यात्रीहरु वीच सडकमा हिडिरहेका हुन्छन । जेव्रा क्रसिङ त बन्यो तर त्यो सदुपयोग हुन सकेन ।

 

यि सबैको कारण साँघुरो सडक नै हो । सरकारले सडकले चर्चेको जमिनमा सडक चौडा गर्ने निर्णय गरेको छ । त्यो निर्णयका बिरुद्ध बीरगंजका मुख्य सडकका कतिपय घरधनीले आफनो घरमा राष्ट्रीय झण्डा समेत फहराएर अतिक्रमणलाई बैधता दिन माँग गरिरहेका छन । यस्तो अवस्थामा युवाहरुले सडक बिस्तारको अभियानलाई सार्थक बनाउन गरेको प्रयासलाई बिकासप्रेमीहरुले  प्रंसशा गरेका छन ।

 

युवा समुहले आधुनीक र बैभवशाली बीरगंज निर्माणमा सहयोग गर्न सबैलाई अपिल समेत गर्दै यो वीचमा पत्रकार सम्मेलन सिटी जुलुस लगायतका कार्यक्रम गर्ने निर्णय गरेको युवा नेता अन्सारीले बताउनु भयो । 


यस बिषयमा सर्वोच्च अदालतमा यही २४ गते दोहोरो सुनवाईकोलागि अदालतले मिति ताकेको छ । यस सम्बन्धमा कानूनी आदेश भने कार्तिक २४ मा आउने देखिन्छ । अदालतमा बीरगंजका सडकका दाया वायाका घरधनीले तोडन र तोडाउन नदिनकालागि माँगदावी गर्दै अन्तरिक आदेश माँग गरेर रिट दायर गरेपछि अदालतले दोहोरो सुनवाईको तिथि तय गरेको हो । सडक बिस्तारको आवश्यकता सम्बन्धी संचारकर्मी सूर्य शुभचिन्तकको सृजना पनि यस्तो छ ।
बिकासप्रेमी सबैजना खटेर जानेछ
बिकासका नाराहरु रटेर जानेछ 
२५र२५ मिटर सडक फराकिलो भयो भने
ट्राफिक जाम, सडक दुर्घटना घटेर जानेछ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.