logo

पैसाको झोला थुतेर भाग्दा गोली चल्यो ,अपहरणकारी ठाउँमै ढल्यो

      11/5/2019 गते 00 00 मा प्रकाशित     860   पटक पढिएको

बीरगंज २० कार्तिक । 
१४ वर्षिय वालकको अपरहण गर्ने पर्साको पोखरिया नगरपालिका वडा नं ६ सोनवारी बस्ने २० वर्षको राजकुमार दासलाई प्रहरीले सार्वजनीक गरेको छ । 
आज बिहान अपहरित वालकको बुवासंग फिरौती रकम लिएर भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरि उनलाई पक्राउ गरेको थियो । हाल उनको बीरगंजको नारायाणी अस्पतालमा उपचार भइरहेको छ । 


बीरगंज उपमहानगरपालिका वडा नं  २५ र्सिसिया स्थायी घर भएका काभ्रेको बनेपामा बस्दै आएका अमजद खानको छोरालाई दासले अपहरण गरेका थिए । 


खानका १४ वर्षिय छोरा  बनेपाबाट बीरगंज स्थित घर आउने क्रममा  कार्तिक १० गते अपहरणमा परेका थिए । अपहरणकारीले ति बालकले प्रयोग गर्ने मोवाइल प्रयोग गरेर वालक अपहरण भएको सूचना दिदै फिरौतीकालागि १२ लाख रुपैया माग गरेका थिए । फिरौती रकम नदिए वालकको हत्या गर्ने सम्मको धम्की दिएका थिए ।

आज बिहान सवा १ बजे बीरगंज महानगर पालिकाको वडा नं २५ र्सिसियाको खलवाटोलमा फिरौती रकम लिन अपहरणकारी  आएका थिए । अपहरणकारीले पेस्तोल देखाई पैसाको झोला लिएर भाग्न खोज्दा प्रहरीले गोली उनलाई नियान्त्रणमा लिनु परेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनु भयो ।

 

अपहरणकारीको दाहिने खुट्टाको घुँडामुनिको भागमा लाग्न गई घाईते भएको र अपहरित बालक अज्ञात स्थलबाट शकुसल उद्दार गर्न प्रहरी सफल भएको उहाँले बताउनु भयो ।


प्रहरीले अपहरणकारीको साथबाट भारतीय नम्बर प्लेटको प्लाटीना मोटरसाइकल,कटुवा पेस्तोल एक थान त्यसमा लाग्ने ४ वटा गोली  र मोवाइल एक थान बरमाद गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.