logo

नेपाललाई बिदेशी फिल्मको छायांकनकेन्द्र बनाइनु पर्छः राष्ट्रपती भण्डारी

      11/7/2019 गते 00 00 मा प्रकाशित     899   पटक पढिएको

बीरगंज २१ कार्तिक । 
राष्ट्रपती बिद्यादेवी भण्डारीले नेपाललाई नेपाली मात्र होइन बिदेशी फिल्मको समेत छायाकंनको केन्द्र बनाउनु पर्नेमा जोड दिनु भएको छ । नेपाली चलचित्र क्षेत्रले ५३  वर्ष पार गरि ५४ वर्ष प्रवेश गरेको अवसरमा बीरगंजमा आयोजना गरिएको चलचित्र स्वर्णिम महोत्सवको उद्धघाटन गर्दै राष्ट्रपती भण्डारीले लोकतन्त्रको उदयसंग आएको उदार समाजमा बिभिन्न भाषा भाषी र संस्कृतिको सहभागितामा नेपाली फिल्महरु बन्दै गएकोमा सन्तोष ब्यक्त गर्नु भयो ।

 

नेपाल चलचित्र निर्माता संघको आयोजनामा भएको महोत्सवको उद्धघाटन समारोहमा राष्ट्रपती भण्डारीले नेपाली रजत पटले लामो कालखण्डको सघर्ष पछि नेपाली समाजाको चित्र र संस्कृति बिश्व सामु प्रर्दशन गर्न सकेको प्रति गौरव गनुपर्ने बताउनु भयो । 


उहाँले सर्जकहरुलाई राष्ट्रको गहनाको संज्ञा दिदै उहाँहरुको हकहित संरक्षण सामाजिक सुरक्षाको प्रत्याभूती सरकारको समसामयिक नीति रहेको प्रष्ट पार्नु भयो । नेपाली चलचित्र क्षेत्रको बिकासकालागि अझ बढी प्रविध मैत्री तालिम र भौतीक पूर्वाधार निर्माणमा ध्यान जानु पर्ने सुझाव दिनु भयो । 


उहाँले कला संस्कृतिको माध्यमले शान्ति सदभाव पर्यटन बिकास र आर्थिक समृद्धिका बाहकको रुपमा कलाकारहरु स्थापित हुनु पर्नेमा जोड दिनु भयो । 
उहाँले चलचित्र मनोरञ्जनको साधन मात्र नभई कुप्रथाको अन्त्य बेटी बचाऔ बेटी पढाऔ जस्ता अर्थपूर्ण बिषमा चलचित्रको निर्माण गरेर सभ्य समाज निर्माणमा योगदान दिन सक्ने समेत हुनु पर्नेमा जोड दिनु भयो । 


नेपाल उधोग वणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा सूचना तथा प्रविधि मंत्री गोकुल बास्कोटा प्रदेश २ का मुख्यमंत्री म.लालबाबु राउत,बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 


तीन दिन सम्म चल्ने महोत्सवमा भाग लिन नेपाली सिनेजगतका चर्चित कलाकारहरुको जमघट बीरगंजमा भएको छ । बरिष्ठ कलाकार निर शाह,हरिवंश बसुन्धरा भूसाल,भूवन चन्द आचार्य शिव श्रेष्ठ भूवन के.सी. सरोज खनाल धिरेन शाक्य दीपक राज गिरी ,दीपा श्री ,निता ढुगाना ,निरुता सिंह,वर्षा राउत राजा शम्भूजीत बासकोटा ,चेतन सापकोटा,राजेन्द्र लगायत दर्जनौ कलाकारहरुको सहभागिता रहेको छ । 


यस अघि कलाकारहरुको सहभागितामा बीरगंजमा बिहानर प्रभात फेरी निकालिएको थियो । बीरगंजको घण्टाघरबाट निस्किएको प्रभात यात्रा आदर्शनगर रंगशालामा पुगेको थियो । 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.