logo

भारतीय नक्साका बिरुद्ध बीरगंजमा युवाको प्रर्दशन, प्रम मोदीको तस्विर जलाइयो

      11/10/2019 गते 00 00 मा प्रकाशित     1267   पटक पढिएको

बीरगंज २४ कार्तिक ।

कालापानी लिम्यिाधुरा भारतले आफनो नक्सामा पारेको बिषयमा प्रतिक्रिया बिहिन रहेको मुलुकको आर्थिक राजधानी  बीरगंजमा आज युवाहरुले आक्रोशयुक्त प्रर्दशन गरेका छन ।

 

बीरगंजको घण्टाघरमा जम्मा भएका युवाहरुले भारतीय प्रधानमंत्रीको तस्विरमा जुत्ताले हानेर आफनो आक्रोश ब्यक्त गरेका थिए । उनीहरुले प्रर्दशनको क्रममा भारतीय प्रधानमंत्री नरेन्द्रमोदीको तस्विरसमेत दहन गरेका थिए ।

 

भारतको नयाँ नक्सामा नेपाली भूमि परेको भन्दै वीरगञ्जमा युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर जलाएका हुन । वीरगञ्जको भारतीय महावाणिज्य दूतावास अगाडि देश बनाउ संघर्ष समितिको नाममा भएको प्रदर्शनमा मोदीको तस्वीर जलाइएको हो ।

यो समूहले घण्टाघरदेखि महावाणिज्यदूतावाससम्म प्रदर्शन गर्दै मोदीको तस्वीर जलाएको हो ।मिचिएको सीमा फिर्ता गर ,भूमी रक्षाकालागि सबे नेपाली एक होऔं ,भारतीय बिस्तारवाद मूर्दावाद,सीमा अतिक्रमण बन्द गर भन्दै उनीहरुले प्रर्दशन गरेका थिए ।

 

सीमा अतिक्रमणको बिरोधमा उत्रिएका युवाहरुले बीरगंजमा रहेको भारतीय महावणिज्य दुतावासको कार्यालय घेराउ गरेर प्रर्दशन गरेका थिए । 
युावहरुले गो ब्याक इन्डियाको ब्यानर बनाएर बीरगंजको भित्रिन्न भागमा प्रर्दशन गरेपछि दुतावास अगाडि प्रर्दशन गरेका हुन । प्रर्दशनमा राष्ट्रीय झण्डा बोकेर युवाहरु निस्किएका थिए । प्रर्दशन पछि आयोजना गरिएको कोण सभालाई अनेरास्ववियु पर्साका पूर्व अध्यक्ष मित्रदेव यादव, विवेक विक्रम साह लगायतकाले सम्बोधन गरेका थिए ।

 


सो क्रममा उमेश गुप्ता,अरुण यादव,ममुद अन्सारी अकलेश साह ।आलोक कर्ण,हेमन्त तमाङ्ग ,नितेष सुवेदि लगायतका विद्यार्थी तथा युवा नेताहरुको सहभागिता रहेको थियो । नेताहरुले भारतिय दुतावास अगाडी केहि बेर भारत बिरोधी नाराहरु समेत लगाएका थिए । सीमा अतिक्रमणका बिरुद्ध सीमाञ्चलका अन्य शहरहरुमा प्रतिक्रया ब्यक्त भएपनि बीरगंजमा भने कुनै प्रतिक्रिया सार्वजनीक भएको थिएन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.