logo

प्लाष्टिक झोला प्रयोग नगर्न अपिल गर्दै बीरगंजमा प्रर्दशन

      11/10/2019 गते 00 00 मा प्रकाशित     1343   पटक पढिएको

बीरगंज २४ कार्तिक ।
हाम्रो बीरगंज राम्रो बीरगंज अभियानले आज बीरगंजमा प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै बीरगंजमा प्रर्दशन गरेको छ । प्लाष्टिक झोलाका प्रयोगले बीरगंजको सौन्दर्यता र सरसफाईकोलागि चुनौती बनेको भन्दै प्लाष्टिक झोलको प्रयोग बन्द गर्न आव्हान गर्दै प्रर्दशन गरिएको अभियानका सदस्य कमल चौगाईले बताउनु भयो ।

 


माइस्थान चोकमा आयोजना गरिएको कोण सभा मार्फत अभियानले सम्पूर्ण बीरगंजबासीलाई प्लाष्टिकको झोला प्रयोग नगर्न आग्रह गरेको छ । बीरगंज महानगरले समेत प्लाष्टिक मुक्त शहरको घोषणा गरेकोमा त्यसलाई कार्यान्वयन गर्नकालागि आग्रह गरिएको छ । सस्तो लोकप्रियताकालागि घोषणा सिमित हुन नहुने भन्दै महानगरलाई अभियानलाई सार्थक बनाउन अपिल गरिएको थियो । 

 


प्लाष्टिकको सबैभन्दा ठूलो दूर्गुण भनेकै यसलाई जैविक रुपमा नष्ट हुन लामो समय लाग्नु हो। आजकल बजारमा पाइने धेरै जसो तयारी खानेकुराको प्याकेजिङ प्लाष्टिकमै हुन्छ र उपभोक्ताले उक्त खाद्यवस्तु उपयोग गरिसकेपछि खोललाई जथाभावी फाल्ने गर्छन जसले गर्दा  प्लाष्टिक नपुगेको ठाउँ नै कम छ ।


प्लाष्टिकजन्य पदार्थको अर्को डरलाग्दो जोखिम भनेको जमिन मुनीको पानीलाई प्रदुषित गर्ने हो। क्लोरिनेटेड प्लाष्टिकलाई माटोमा जथाभावी मिसाउँदा सो वरीपरीको माटोमा खतराजन्य पदार्थ छोडन पुग्छ जुन पदार्थ जमिनमुनी रहेको पानी र नजिकका नदीनालामा मिसिन पुग्दा उक्त पानी प्रयोग गर्ने सम्पूर्ण प्राणीलाई निकै घातक असर परिरहेको छ।प्लाष्टिक बाल्दा हानिकारक ग्यास निस्कन्छ । बिर्सजन गर्दा नकुहिने अनी प्रयोग  पनि नगरि नहुने अवस्थामा यसको प्रयोगलाई काम गर्न नागरिक हुनु पर्नेमा जोड दिइएको थियो । 

 


कार्यक्रममा अभियानकर्ताहरु के.सी.लामिछाने, राकेश यादव प्रकाश थारु,ओमप्रकाश सर्राफ, सुभद्रा बजगाई कमला घिमिरे निना थापा कविता खडका कमल मोहन पोख्रेल कोपीला चौलागाई गीत भण्डारी निलम पन्त जयनरायण चौधरी रोजेन्द्र चौधरी  राजन श्रीवासतव लगायतको सहभागिता रहेको थियो ।कार्यक्रम स्थलमै कपडाको झोला किनेर प्रयोग गर्ने प्रतिवद्धता जनाउनु भएका मोहीनी यादव र पं.पुरुषोत्तम दुवेलाई अभियानको तर्फबाट सम्मान गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.