logo

जनप्रतिनिधिलाई नागरिक सवाल,तपाईले घोषणा गरेको प्लास्टिक मुक्त्त वीरगंज सफल भयो ?

      11/14/2019 गते 00 00 मा प्रकाशित     1078   पटक पढिएको

बीरगंज २९ मंसीर  । बीरगंज महानगरपालिकाले बीरगंजलाई प्लाष्टिक मुक्त घोषणा गरेको जनवरी १ मा एक वर्ष हुन्छ  । तर बीरगंज प्लाष्टिक मुक्त भएन । 

महानगरको निर्लज्जताको कारण बीरगंज प्लाष्टिक मुक्त नभएको भन्दै केही समाजिक अगुवाहरुले प्लाष्टिक मुक्त बीरगंजको अभियान शुरु गरेका छन । अभियान अन्र्तगत आज बीरंजका मेयर बिजय कुमार सरावगी सहितका जनप्रतिनिधिहरुलाई एसएमस पठाएर अभियानकर्मीहरुले बीरगंज प्लाष्टिक मुक्त भयो भनेर सवाल गरेका छन ? 

बीरगंज महानगरले साउन १ गते देखि बीरगंजको सरसफाईको काम नीजि क्षेत्रलाई दिएको छ । नीजि क्षेत्रले काम गर्दा जथाभावी फोहर गर्नेलाई दण्ड जरिवाना समेत गर्न सक्ने गरि महानगरले अख्तियारी दिएको छ । नीजि क्षेत्रले सरसफाईको काम शुरु गरेपछि बीरगंजमा अनुभूती गर्न मिल्ने गरि सफाईको काम पनि भएको छ । 

तर सफाइृको लागि चुनौती बनेको प्लाष्टिक मुक्त बीरगंज बनाउन महानगर उदासिन देखिएको छ । यही उदासिनता प्रति ध्यानाकर्षण गराउन हाम्रो वीरगंज राम्रो वीरगंज अभियानले आज वीरगंज महानगरपालिकाका जनप्रतिनिधिलाई एसएमएस पठाएको हो ।

अभियानले तपाईले घोषणा गरेको प्लास्टिक मुक्त्त वीरगंज सफल भयो ? भको छैन भने तपाईको केही भुमिका छ कि ? घोषणा मात्र उद्देश्य थियो र ? लेखेको एसएमएस वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, उप मेयर शान्ति कार्की सहित महानगरका सबै वडा अध्यक्षहरुलाई पठाएको हो ।

वीरगंजको घण्टाघरमा जम्मा भएका अभियान्ताहरुले एक साथ आ आफ्नो मोबाईलबाट सबै जनप्रतिनिधिहरुलाई एसएमएस पठाएका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी लामिक्नेछाने  अधिवक्ता कमल मोहन पोखरेल, अभियान्ता राकेश यादव, शिवनाथ यादव, निरज पिठाकोठे मगर, कविता खड्का, राजन श्रीवास्तव, सुरेश विडारी, सन्ध्या पौडेल महिमा चौधरी, शम्भु कुमार सुमन, रिषु श्रीवास्तव, सन्धया खड्का लगायतकाले प्लास्टिक मुक्त वीरगंज घोषणा सफल बनाउन दबाव दिन जनप्रतिनिधिहरुलाई एसएमएस पठाएका हुन् ।

यस अघि अभियानले वीरगंजको माईस्थान चोकमा प्लस्टिकको झोला प्रयोग नगर्न आग्रह गर्दै प्रदर्शन समेत गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.