logo

बिज्ञापन छापेर पत्रिका लुकाउनेहरुलाई तथ्य सहित उजुरी ल्याउनुस तत्काल कारवही हुन्छःअध्यक्ष चौहान

      11/16/2019 गते 00 00 मा प्रकाशित     952   पटक पढिएको

वीरगन्ज ३० कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले आफनो खाएर नागरिकलाई सूचना सम्प्रेषण गर्ने काममा अहोरात्र खटने पत्रकारहरुले आफनो पेश प्रति गर्व गर्नु पर्ने बताउनु भएको छ ।

 

वकील डाक्टर लगायतका पेशाकर्मीिहरुले फिश लिएर मात्र काम गर्छन उहाँले भन्नु भयो हामीनै यस्तो पेशाकर्मी हौ जसले कसैको समाचार लेखेवापत कुनै शुल्क लिदैनौ । नेपाल पत्रकार महासंघ पर्साले आफनै सभाकक्षमा आयोजना गरेको बिशेष छलफल कार्यक्रममा बोल्दै अध्यक्ष चौहानले कुनै पनि स्थानीय तहको बिज्ञापन छापेर पत्रिका लुकाउने सम्पादक प्रकाशकका बारेमा तथ्य सहितको उजुरी दिए क्षण भरमै सदस्यता समाप्त पार्ने बताउनु भयो ।

 

उहाँले पत्रकारहरुले आफनो मर्यादा जोगाउन र पेशाको आडमा आफनो निहितार्थ पुरा गर्ने काम गर्न नहुनेमा प्रष्ट पार्नु भयो । उहाँले राज्यले दिने लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउनकालागि सम्बन्धीत जिल्लाका हुलाक कार्यालयहरुलाई जिम्मेवारी दिन माँग गर्नु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले फेसबुकमा समाचार लेखेर सार्वजनीक गर्नेहरुले फेसवुक पत्रकार एशोसिएशन खोलेर काम गर्न सक्ने बताउनु भयो ।

 

उहाँले कसैले पठाईदिएको इमेल र फेसबुकमा राखिएको समाचार लेखेर प्रकाशन प्रशारण गर्ने कामले गर्दा पत्रकारिताको कन्टेण्ट मर्दै गएको बताउनु भयो । ठुला र राम्रो भनाउदा संचार माध्यमले दिने कन्टेन्टले पत्रकारितालाई लज्जीत बनाउन थालेको प्रति सम्पादकहरुलाई चिन्ता लिन उहाँले आग्रह गर्नु भयो ।

 

लोककल्याणकारी बिज्ञापनमा देखिएको ब्यवहारिक कठिनाईले आफूहरुलाई समेत पीडा भएको भन्दै उपाध्यक्ष लामिछानेले नेपाल पत्रकार महासंघ पर्सा शाखाले अभियानलाई सार्थक रुपमा संचालन गर्नु पर्ने सुझाव दिनु भयो ।

 

उहाँले जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी निकायले दिने सूचनामा आम पत्रकारको पहुच नभएको भन्दै आएको गुनसो प्रति नेपाल पत्रकार महासंघ प्रदेश गम्भिर रहेको बताउनु भयो । प्रहरी कार्यालयमा सूचना दिने कुरामा प्रहरीले सहिरुपमा कार्य सम्पादन नगरेको भन्दे पत्रकारहरुले गुनासो गरेका थिए ।


नेपाल पत्रकार महहासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकारिता भित्र रहेको गलत प्रवृतिलाई सुधार गर्नु पर्ने अवस्था आएको बताउनु भयो । उहाँले बिकृतिहरु बढेका छन पत्रकारहरु तस्कर हुन थालेको चर्चा चल्न थालेको भन्दै अवस्था गम्भिर रहेको प्रति सबैलाई सचेत रहन आपिल गरे । 


कार्यक्रममा पत्रकार महेश चन्द्र गौतम,राघव साह,आर.के.पटेल,प्रताप श्रेष्ठ,मनोज पटेल शेषमन पंडित किरणराज पाण्डे राजन रौनीयार लगायतले आफना समस्या र सुझावहरु राख्नु भएको थियो । जिल्ला सचिव युवराज खडकाले संचालन गर्नु भएको कार्यक्रमको उद्धेश्यमाथि उपाध्यक्ष अनुप तिवारीले प्रकाश पार्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.