logo

निजगढ बिमानस्थलको बिरोध गर्नेहरु राष्ट्रको समृद्धिको पक्षमा नरहेको प्रष्ट छः मंत्री भट्टराई

      11/17/2019 गते 00 00 मा प्रकाशित     1091   पटक पढिएको

बीरगंज १ मंसीर ।
   संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  निजगढ अन्तराष्ट्रीय बिमानस्थलको बिपक्षमा कुनै पनि अभियान चलाउने बिरोध र आलोचना गर्नेहरु कुनै पनि अर्थमा राष्ट्रको समृद्धिको पक्षमा नरहेको प्रष्ट बुझन पर्ने बताउनु भयो ।

 

उहाँले भैरहवामा निर्माण अन्तिम चरण्मा पुगेको र अबको तीन महिनामा सञ्चालन गर्ने तयारीमा पुगिसकेकोले अब दोस्रो त्यहि हुने भन्दै त्यसपछि तेस्रो भयो भने पोखरा हुने बताए। पोखरा र भैरहवाले पनि काठमाण्डौंको चापलाई समाधान नगर्ने भन्दै निजगढ नै अन्तिम विकल्प भएको बताउनु भयो । उहाँले निजगढ बिमानस्थलमा कुनै पनि हालतमा बन्ने दृढता ब्यक्त गर्दै फास्ट ट्रयाक र बिमानस्थलको निर्माण नेपालकोलागि “गेम चेन्जर”को रुपमा रहेको बताउनु भयो ।

बाराको कोल्हवी नगरपालिकाले आयोजना गरेको दोस्रो अन्र्तराष्ट्रिय विमान स्थल सम्बन्धीे अन्तरक्रिया कार्यक्रममा सहभागिहरुको प्रश्नलाई सम्बोधन गर्ने क्रममा मन्त्री भट्टराईले यस्तो बताउनु भएका हो ।

 

उहाँले बिमानस्थलको शिलान्यास पनि चाडै हुने बताउनु भयो । प्रस्तावित बिमानस्थल क्षेत्रमा स्थान्तरण गर्ने बस्तीहरुको स्थलगत अवलोकन तथा अनुगमनमा आउनु भएका मंत्री भट्टराईले बिमानस्थलको काम शुरु भएको बताउनु भयो । बस्तीको स्थान्तरण,मुआव्जाको बितरण लगायतका कामहरु भइरहेको बताउनु भएको हो । 

अन्तरक्रियामा समाजवादी पार्टीका महासचिव रामसहाय यादव  संघीय सांसद रामबाबु यादव, प्रदेश सभाका सांसद त्रिलोकी चौधरी, नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, कोल्हवी नगरपालिकाका मेयर भरतबहादुर भण्डारी, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल लगायत विभिन्न पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले बस्ती व्यवस्थापनका लागि संघीय सरकारले निर्णय गरे स्थानीय सरकारले सहयोग गर्ने बताए ।


टांगियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले बस्ती व्यवस्थापनबारेमा मन्त्री भट्टराईलाई माग पत्र पेश गरेका थिए। वडा अध्यक्ष केदारनाथ बजगाईले विमानस्थल बनाउनु अघि बस्तीको स्थान्तरण गर्न सरकारसंग माग गरेका थिए ।


टोलीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख प्रदीप अधिकारीलगायत सहभागी छन्। निरीक्षणमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पूर्वसभासद जयराम दाहाल, गोपाल ठाकुर, बलवीर चौधरी, प्रदेश सभाका सांसद ज्वाला साह,  सुन्दर विक, सीता गुरुङ, सारदाशंकरप्रसाद कलवार, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती चौधरी, निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछानेसमेत सहभागी रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.