logo

सरकार प्रति गम्भिर आरोप, पारदर्शीता कायम गर्न खोज्दा हटाइयोः लेखी

कामको गती बढाउन नेतृत्व परिर्वतन ग¥र्यौःसोनल

      11/19/2019 गते 00 00 मा प्रकाशित     964   पटक पढिएको

वीरगन्ज, ३ मंसिर । पाँच बर्षे कार्यकालका लागि नियुक्त गरिएको प्रदेश २ को नीति आयोगमा एकबर्ष मै परिवर्तन भएको छ । प्रदेश नम्बर २ को सरकारले नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई भदौ २२ गते नियुक्त गरेको थियो ।

 

तर, पाँच सदस्यीय आयोगले पनि अहिले सम्म पूर्णता पाउन सकेको छैन । यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झलाई हटाएर उनलाई ल्याइएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्ष अघि अवकाश भएका डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रुपमा चिनिन्छन् ।

 

हटाईएका सदस्यहरुले भने प्रदेश सरकारले पारदर्शिता र सुशासन कायम गर्न खोज्दा प्रदेश सरकारले नचाहेर परिवर्तन गरेको बताएका छन् । नीति आयोगका निवर्तमान सदस्य राजकुमार लेखीले आयोगले पारदर्शिता र सुशासन कायम राख्न जोड दिदा हटाईएको बताउनु भयो ।  

 

उहाँले भन्नु भयो, “नीति आयोगले आर्थिक पारदर्शिता र सुशासनको कुरालाई जोड दियौं । दुईतीन पटक भएको बैठकमा पनि सरकार र सांसदहरुको काम कारवाही सन्तोषजनक भएन भनेर बोल्यौं ।

त्यसैको प्रतिसोधमा हटाइयो ।”डा. हरिवंशलाई नीति आयोगबाट हटाइएको सम्बन्धमा प्रदेश नम्बर २ का कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारको कामको गतिलाई अझ तीब्रगतिमा बढाउन आयोगको नेतृत्व परिवर्तन गरेको बताउनु भयो ।

 

नीति आयोगका उपाध्यक्ष नियुक्त गरेपनि सदस्यहरु भने अझै नियुक्त गर्न सकेको छैन । कार्यवाहक मुख्यमन्त्री सोनलले भने, “मुख्यमन्त्री ज्यू अमेरिका जानुभएको छ ।

 

उहाँ आएपछि तत्काल बसेर छलफल गरी आयोगलाई पूर्णता दिनेछौं ।” आयोगको नेतृत्व परिवर्तनका लागि समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दूई महिना अघि देखिनै उनलाई हटाउन प्रदेश २ का मुख्यमन्त्रीलाई निर्देशन दिएकको श्रोतले बताएको छ । डा.हरिवंशसँगै समितिका सदस्यहरु डाक्टर सुरेन्द्र झा, मोहनलाल चौधरी, डाक्टर वैद्यनाथ महतो र राजकुमार लेखी रहेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.