logo

सरकार प्रति गम्भिर आरोप, पारदर्शीता कायम गर्न खोज्दा हटाइयोः लेखी

कामको गती बढाउन नेतृत्व परिर्वतन ग¥र्यौःसोनल

      11/19/2019 गते 00 00 मा प्रकाशित     860   पटक पढिएको

वीरगन्ज, ३ मंसिर । पाँच बर्षे कार्यकालका लागि नियुक्त गरिएको प्रदेश २ को नीति आयोगमा एकबर्ष मै परिवर्तन भएको छ । प्रदेश नम्बर २ को सरकारले नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई भदौ २२ गते नियुक्त गरेको थियो ।

 

तर, पाँच सदस्यीय आयोगले पनि अहिले सम्म पूर्णता पाउन सकेको छैन । यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झलाई हटाएर उनलाई ल्याइएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्ष अघि अवकाश भएका डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रुपमा चिनिन्छन् ।

 

हटाईएका सदस्यहरुले भने प्रदेश सरकारले पारदर्शिता र सुशासन कायम गर्न खोज्दा प्रदेश सरकारले नचाहेर परिवर्तन गरेको बताएका छन् । नीति आयोगका निवर्तमान सदस्य राजकुमार लेखीले आयोगले पारदर्शिता र सुशासन कायम राख्न जोड दिदा हटाईएको बताउनु भयो ।  

 

उहाँले भन्नु भयो, “नीति आयोगले आर्थिक पारदर्शिता र सुशासनको कुरालाई जोड दियौं । दुईतीन पटक भएको बैठकमा पनि सरकार र सांसदहरुको काम कारवाही सन्तोषजनक भएन भनेर बोल्यौं ।

त्यसैको प्रतिसोधमा हटाइयो ।”डा. हरिवंशलाई नीति आयोगबाट हटाइएको सम्बन्धमा प्रदेश नम्बर २ का कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारको कामको गतिलाई अझ तीब्रगतिमा बढाउन आयोगको नेतृत्व परिवर्तन गरेको बताउनु भयो ।

 

नीति आयोगका उपाध्यक्ष नियुक्त गरेपनि सदस्यहरु भने अझै नियुक्त गर्न सकेको छैन । कार्यवाहक मुख्यमन्त्री सोनलले भने, “मुख्यमन्त्री ज्यू अमेरिका जानुभएको छ ।

 

उहाँ आएपछि तत्काल बसेर छलफल गरी आयोगलाई पूर्णता दिनेछौं ।” आयोगको नेतृत्व परिवर्तनका लागि समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दूई महिना अघि देखिनै उनलाई हटाउन प्रदेश २ का मुख्यमन्त्रीलाई निर्देशन दिएकको श्रोतले बताएको छ । डा.हरिवंशसँगै समितिका सदस्यहरु डाक्टर सुरेन्द्र झा, मोहनलाल चौधरी, डाक्टर वैद्यनाथ महतो र राजकुमार लेखी रहेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.