logo

बिस्तृत शान्ति सम्झौताका ते¥ह वर्ष,स्व. कोइरालाले असाधरण नेतृत्व कोशल देखाए

      11/21/2019 गते 00 00 मा प्रकाशित     1133   पटक पढिएको

वीरगंज । बिस्तृत शन्ति सम्झौताको १३ औ वर्षगाँठाको अवसरमा बीरगंजमा शान्ति सम्वाद बिषयक गोष्ठी सम्पन्न भएको छ । जी.पी. कोईराला फाउन्डेशन पर्साले आज वीरगंजको आदर्शनगर स्थित अन्पूर्ण होटलमा आयोजना गरेको “शान्ति संवाद” कार्यक्रममा नेपालको शान्ति निर्माणमा स्व.गिरीजा प्रसाद कोइरालाको योगदानको चर्चा भएको थियो ।

 कार्यक्रममा वक्ताहरुले शान्ति निर्माणको कामलाई नेतृत्व प्रदान गरेर स्व.कोइरालाले मुलककालागि महत्वपूर्ण योगदान गरेको चर्चा गरेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले जनयुद्धको शाँितपूर्ण अवतरणमा स्व.गिरीजाप्रसाद कोइरालाले असाधरण नेतृत्व कौशल देखाएको बताउनु भयो ।

 

उहाँले जीवनकालभरि निकै आलोचीत रहनु भएका कोइरालाले राजा ज्ञानेन्द्रलाई बेबी किङको अफर अन्तिम क्षण सम्म पनि गर्नु भएको तर राजाले कुरा नबुझेको बताउनु भयो । उहाँले भन्नु भयो राजा नत ब्यापारी भएर नत राजनीतिज्ञ नै हुन सके । नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले शिखर पुरुष स्व. गिरजा प्रसाद कोईराला नेपालको गणतन्त्रको पिता भएको वताउनु भयो ।

 

कोईरालाको नेतृत्वमा भएको वृहत शान्ति सम्झौताको कारण नै नेपालमा गणतन्त्र स्थापना भएको र तत्कालिन माओवादी राजनीतिको मुल धारमा आएको उहाँको भनाई थियो । मुलुक नै द्वन्द्धमा डुबेको अवस्थामा कोईरालाले चालेको कदमले शान्ति स्थापना भएको वताउदै उहाँले कोईराला नेपाली कांग्रेसको  मात्र नभई सबै पार्टीको अभिभावक  भएको वताउनु भयो ।

नेकपाकी नेतृ एवं प्रदेश सांसद जवाला साहले स्व. कोईरालाको सम्झना गर्दा अहिले आफूहरु टुहुरो भएको बताउनु भयो  । उहाले स्व.कोइरालाको कमी अहिले पनि भइरहेको बताउनु भयो ।   कोईरालाको नेतृत्वमा भएको शान्ति सम्झौताका कारण नै संविधान सभा मार्फत संविधान निर्माण भएको उहाँको भनाई थियो । उहाँले सम्बिधान त बनाइयो तर त्यसमा रहेका बिभिन्न कमी कमजोरीहरुलाई सच्याउन जरुरी रहेको बताउनु भयो । 


राजपाका महासचिव शिव पटेलले गिरजा प्रसाद कोईरालाको अवसान पछि पनि हामी अहिले त्यस्तै नेताको खोजी गरिरहेका छौ भन्नु भयो । उहाँले गरेको कामको नेपालमा मात्र नभई विश्व मै चर्चा भएको पटेलले वताउनु भयो ।  अहिलेको अवस्थामा कुनै नेतामा बिश्वास नलागेको उनको भनाई थियो । उनले भने बृहत शान्ती सम्झौता जस्तै उहाकै पालामा अरु सम्झौता पनि भए तर उहांको निधन पछि खोई त कार्यन्वयन भएको, उहांले उठाएको सर्वपक्षीय भेला, एकताको प्रयास र मेलमिलापको सिद्धन्तहरु पनि लागु गर्नु पर्ने उहाँको भनाई थियो।

 

जी.पी. कोईराला फाउन्डेशन पर्साका अध्यक्ष महम्मद सहाबुदिनको अध्यक्षतामा र नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री सुरेन्द्र चौधरी, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, राजपाका सह महासचिव नेजामुदिन समानी, समाजवादी पार्टीका प्रदेश सदस्य शशिकपुर मियाँ, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, महासमिती सदस्य प्रकाश उपाध्याय, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी. लामिछने लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रमको संचालन फाउन्डेसन पर्साका सचिव सरोज चैरसियाले गरेका थिए भने स्वागत मन्तव्य संतोश सिंहले राखेका थिए ।

कार्यक्रममा १० बर्षे सशस्त्र जनयुद्ध र विस्तृत शान्ति सम्झौतालाई समेटेर तयार पारिएको कार्यपत्र पत्रकार रितेश त्रिपाठी र कंचन झाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहिद परिवारका ४ जनालाई सम्मानित समेत गरिएको थियो । पर्साका सहिद परिवारका श्रृष्ठी भण्डारी, मैयाँ गिरी, गिता कुँवर र श्रीराम दासलाई कार्यक्रमका प्रमुख अतिथी र विशेष अतिथीहरुले फुलको माला लगाई र दोसाला ओढाई मायाँको चिनोले सम्मान गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.