logo

निर्वतमान अध्यक्ष शर्मालाई कुटनेलाई कारवाही गरः बीउवासंघ

      11/21/2019 गते 00 00 मा प्रकाशित     905   पटक पढिएको

वीरगंज ५ मंसीर ।    वीरगञ्ज उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष एवं प्रदेशसभा सदस्य ओम प्रकाश शर्मामाथि भएको हातपातको घटनाको दोषीलाई कारवाही गर्न माँग गरेको छ । संघले बिहिवार एक बिज्ञप्ति जारी गरि कारवाहीको माँग गरेको हो । संघले घटनाको भत्र्सना समेत गरेको छ । 

 

संघले निकालेको बिज्ञप्तिमा शर्मामाथि सार्वजनिक स्थलमै नगर सभागृहका सञ्चालक भोला साह कलवारले हातपात गरेको प्रति वीरगञ्ज उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको  उल्लेख छ ।

 

संघका निर्वतमान अध्यक्ष समेत रहेका शर्मा प्रभात भ्रमणपछि वीरगञ्जको आदर्शनगरस्थित बब्लु टि स्टलमा चिया खाइरहेको थिए ।  त्यही बेला भोला साह कलवारले अनावश्यक विवाद गर्दै गालीगलौज गरी शार्मालाई हातपात हातपात गरेको कार्य अमयार्दित र आपराधिक प्रकृतिको रहेको संघको ठहर छ ।’ विज्ञप्तीमा भनिएको छ ।

 

घटनाले शान्ति सुरक्षाप्रति सर्वसाधारणमा भयावह अवस्था सिर्जना गरेको भन्दै विज्ञप्ती मार्फत संघले गालीगलौज तथा हातपातमा संलग्न व्यक्तिहरु उपर कानूनी कारबाही गर्न माग गरिएको छ ।

बुधबार बिहान कांग्रेस नगर सभापति समेत रहेका कलवार र शर्माबीच सुरुमा विवाद मात्रै भएको थियो । त्यसपछि आक्रोशमा आएका कलवारले थप मानिसहरु बोलाएर आक्रमणमा उत्रिएका थिए । कलवार आइलागेपछि शर्माले पनि प्रतिकार गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

 

घटनास्थलको सीसीटिभी फुटेज समेत सार्वजनिक भइसकेको छ ।सार्वजनिक सम्पत्ति नगर सभा गृह ठेक्काका नामामा देखिएको बेथितीविरुद्ध आवाज उठाउँदा गुण्डागर्दी शैलीमा आक्रमण भएको शर्माको भनाइ छ । शर्माले कलवारविरुद्ध  जिल्ला प्रहरी कार्यालय पर्सामा बुधवार उजुरी गरेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.