logo

अतिरिक्त रकम फिर्ता माँग गर्दै मेकिडल कलेजमा धर्नामा उत्रिए बिद्यार्थी

      11/21/2019 गते 00 00 मा प्रकाशित     700   पटक पढिएको

बीरगंज  ५ मंसीर । 
नेशनल मेडिकल कलेज, वीरगंजमा अध्ययनरत १८औं ब्याचका विद्यार्थीहरूले बिहीवारदेखि पुनः आन्दोलन शुरू गरेका छन् ।

कलेजअगाडि विद्यार्थीहरूले ‘अतिरिक्त शुल्क फिर्ता गर ,मेडिकल माफिया मुर्दाबाद,विद्यार्थीलाई मानसिक तनाव दिन पाइँदैन, ‘कलेज प्रशासनको विद्यार्थीसँगको सम्बन्ध सुमधुर हुनुपर्छ, भन्ने नारा लेखिएका नारासहित प्लेकार्ड सहित उनीहरु धर्नामा बसेका हुन।  साँझ ५ बजे धर्ना सकिएपछि कलेजको व्यवस्थापन पक्षले कलेजको ढोका बन्द गरेको थियो ।

आन्दोलनरत विद्यार्थीहरू रातिसम्म कलेजबाहिर बसिरहेका जानकारी प्राप्त भएको छ ।   अतिरिक्त शुल्क फिर्ताकोलागि सरकारले मेडिकल कलेजहरुलाई १५ दिनको समय दिएको थियो ।

सरकारले दिएको म्याद सकिन चार दिन बाँकी रहदा बिद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन । मेडिकल कलेज संचालकहरुले असुलेको अतिरिक्त रकम फिर्ता गर्ने कुनै छेकछन्द नदेखाएपछि दवाव सृजना गर्न बिद्यार्थीहरुले आन्दोलनको मोर्चा कसेको बताएका छन ।

 

 सरकार र कलेज व्यवस्थापनबीच बढी रकम फिर्ता दिने सहमति भएको तर रकम फिर्ता नगरेका नेशनल मेडिकल कलेजलगायत अन्य कलेजहरूमा आन्दोलन जारी छ ।


    गएको कार्तिक महिनाको ८ गते पनि नेशनल मेडिकल कलेजमा बिद्यार्थीहरुले धर्ना दिदा कलेज ब्यवस्थापनले मानसिक तथा शारीरीक यातना दिएको कुरा सार्वजनीक भएको थियो । यस पटकको धर्नामा प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.