logo

उपभोक्ताहित संरक्षण मंचको प्रदेश अध्यक्षमा लामिछाने सर्वसम्मत

      11/23/2019 गते 00 00 मा प्रकाशित     975   पटक पढिएको

बर्दिवास ७ मंसीर ।
उपभोक्ता हित संरक्षण मञ्चको प्रदेश न.२ को अध्यक्षमा के.सी. लामिछाने चयन हुनु भएको छ । उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुको शनीवार महोतरीको बर्दिवासमा भएको प्रदेश भेलाले लामिछानेलाई प्रदेश अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

 

 उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष तथा प्रदेश न.२ का संयोजक  अजय कुमार अधिकारीको अध्यक्षतामा भएको भेलाले निर्माण गरेको प्रदेश समितिको उपाध्यक्षमा दिनेश गिरि (बारा) सचिवमा गुन्जन राय (धनुषा) कोषाध्यक्षमा सुधीर मल्लीक (महोतरी) सदस्यमा टिका घिमिरे ( रौतहट ) निशा हमाल ( सर्लाही ), मनु खनाल ( सप्तरी ), जिवछ चौधरी ( सिरहा) र अरुण खनाल (बारा) चयन हुनु भएको मंचका केन्द्रीय सदस्य धिरज शर्माले जानकारी दिनु भयो । 


कार्यmक्रममा मंचका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी,केन्द्रीय सदस्य धिरज शर्मा र दिनेश के.सी.ले नवनिर्वाचित कमिटीलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

मंचको आजै सम्पन्न पहिलो बैठकले भोज प्रसाद फूयाल महोतरी र किशोर शर्मा बारालाई सल्लाहकारमा मनोनयन गरेको छ । त्यसैगरि के.सी.लामिछाने,दिनेशचन्द्र गिरी,गुन्जन राय,सुधीर मल्लीक र जीवच्छ चौधरी रहेको सचिवालय समेत निर्माण गरेको छ ।  


आजै  उपभोक्ता हित संरक्षण मञ्च बर्दिवास नगर कार्य समिति गठन भएको छ ।निर कमल कार्कीको अध्यक्षता ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।उपाध्यक्षमा भुवन खड्का , सचिवमा धिरज अधिकारी , कोषाध्यक्षमा गुणहरि घिमिरे , सदस्यहरुमा ललन मन्डल ,सन्तोष पाटा , थल बहादुर दर्नाल ( सोनु), उरुषा खड्का , ममता सन्याङ्जाली , निर बहादुर थापा र जमुना अधिकारी पोखरेल चयन भएको केन्द्रिय सदस्य धिरज शर्माले जानकारी गराउनु भयो ।
त्यसै गरि सल्लाहकारमा  मिन रहपाल  र उमेश रिमाल रहनु भएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.