logo

सीमाको विषयमा कुनै किसिमको सम्झौता हुदैनः नेकपा स्थायी कमिटी सदस्य पाण्डे 

      11/25/2019 गते 00 00 मा प्रकाशित     938   पटक पढिएको

वीरगन्ज, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले जिम्मेवार तहमा बसेका मान्छेहरुले सामाजिक संजालमा जे पाए त्यही लेख्न नहुने बताउनु भएको छ ।

 

एकले अर्काको नाम सुन्न नचाहने पार्टीहरु एक भएको ऐतिहासिक बिषयलाई स्मरण गर्दै नेता पाण्डेले फेसबुके पारमा पार्टी एकता नभएको कुरा बुझन आग्रह गर्नु भयोे । उहाँले बिषय त्यस्तै भएपनि त्यसलाई उठाउन बिधि र प्रक्रियालाई अवलम्बन गर्नु पर्नेमा जोड दिनु भयो ।

 

प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्वाददाताले पार्टीको प्रदेश २ का अध्यक्ष प्रभू साहले भर्खरमात्र बिस्तार भएको मंत्रीमण्डलका सन्र्दभमा राखेको जिज्ञासामा उहाँले यस्तो बताउनु भएको हो । राष्ट्रीय राजनीतिको बिषयमा चर्चा गर्दै नेता पाण्डेले नेपालको भूमि कहिल्यै कसैले पनि एक इन्चपनि छोड्न नसक्ने बताउनुभयो  ।

 

उहाँले पछिल्लो समयमा नेपाल भारतको सिमा विवादलाई  लिएर राजनीतिक वृत्तमा चर्चा चलेको बताउदै सबै राजनीतिक दल, नागरिक समाज संचारकर्मी सबै एक भए मात्रै राष्ट्रको सीमा रक्षा गर्न सकिने बताउनुभयो । अन्य देशहरुमा पनि यस्ता सीमा समस्याहरु धेरै  हुने गरेको बताउदै उहाँले उनीहरु राष्ट्रियताको सवालमा सबै  एक हुने गरेको बताउनुभयो ।

 

नेपालका राजनीतिक दलहरुले राष्ट्रियताको सवालमा पनि फरक फरक अभिव्यक्तिहरु दिने गर्दा राष्ट्रियता कमजोर भएको भन्दै सीमा रक्षाका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । भारतसँग भौतिक रुपमा युद्ध गर्न सकिने अवस्था नभएको र गर्न पनि नहुने बताउदै पूर्वमन्त्री पाण्डेले कुटनीतिक पनि एउटा युद्धको चरण नै भएकोले कुटनीतिक माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

 

कुटनीतिक रुपमा नै समाधान हुन्छ भनेर  नेपाल सरकारले राखेको  धारणा सकारात्मक रहेको उहाँको भनाई थियो । उहाँले सीमाको विषयमा कुनै किसिमको सम्झौता हुदैन । उहाँले पर्नुगठन भएको सरकारको सामु देशलाई विकाशील राष्ट्रको रुपमा रुपान्तारणमा गर्ने चुनौती रहेको बताउदै पूर्वअर्थमन्त्री समेत रहनुभएका पाण्डेले सन् २१०० सम्ममा नेपाललाई धनी राष्ट्र बनाउन सरकारले ठोस आर्थिक नीति तयार गर्नुपर्नेमा जोड दिनुभयो । यसको साथै सबै राजनीतिक दल फेरीपनि एकठाउँमा उभिनुपर्ने बताउनुभयो ।

 

राष्ट्रिय स्वार्थमा सबै दल एक ठाउमा आउनु पर्ने उहाँको भनाई छ । राष्ट्र बिकासको यस्तो कार्यसूची बनाउन सरकार परिर्वतन भएपनि ति एजेण्डाहरुमा काम भइरहोस उहाँले भन्नुभयो, “जुनसुकै पार्टीको सरकार आएपनि राष्ट्रिय संकल्प भनेको अति कम विकसित राष्ट्रबाट हटाउने नै हो ।

 

यसको लागि सबै एकठाउँमा उभिनुपर्छ ।” आर्थिक विकासको विषयलाई लिएर अहिले निजीक्षेत्रबाट आएको केही गुनासाहरु पनि जायज नै रहेको बताउदै उहाँले सरकारले लागू गरेको विभिन्न किसिमका करप्रणालीहरु चरणवद्ध रुपमा लगाएको भए व्यवहारिक हुने थियो भन्ने विचार व्यक्त गर्नुभयो ।

 

उहाँले आर्थिक बृद्धिदरको जस्तो तथ्याकं देखिएको छ त्यसले अर्थतन्त्र ठिक दिशामा छ भन्ने त्यो सूचक सकारात्म छ भन्नु भयो ।उहाँले सरकारले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउदै बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले गरेको आन्दोलन जायज भएको पनि बताउनुभयो ।

 

प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपाका प्रदेश नम्बर २ इन्चार्ज नागेन्द्र चौधरी, खेलकुद महासंघका अध्यक्ष एवं पूर्व मन्त्री पूरुषोत्तम पौडेल, नेकपा प्रदेश नम्बर २ का सदस्य बालगोपाल थापा,  महानगर कमिटिका सचिव डा.विश्वम्भर शर्मा, युवा नेता अरविन्द सिंह, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का कार्यवाहक अध्यक्ष के.सी. लामिछाने, पर्सा अध्यक्ष श्याम बञ्जरा, प्रेस संगठनका केन्द्रीय सदस्य वृजलाल पासवान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस संगठनका पर्सा सहसंयोजक अनुप तिवारीले गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.