logo

प्रभू अस्पतालमा रक्तदान,गुणस्तरीय सेवा दिन अस्पताल दत्तचित्त

      11/28/2019 गते 00 00 मा प्रकाशित     2141   पटक पढिएको

बीरगंज १२ मंसीर । प्रभू अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ महिला सहित १ सय २२ जनाले रक्तदान गरेका छन ।

 

रगत दिएर जीवन दान गर्ने महत्वपूर्ण कामलाई संस्कृतिको रुपमा बिकास गर्ने दिशामा अस्पतालको आयोजना प्रशंसनीय रहेको समाजशास्त्री बीरेन्द्र शाहले टिप्पणी गर्नु भयो ।

 

निजी क्षेत्रबाट संचालीत अस्पतालले आफनै आयोजनामा रक्तदान गरेको बीरगंजको यो पहिलो कार्यक्रम हो । यस्ता रचानात्मक कार्यक्रमले अस्पतलाको सेवाप्रतिको सर्मपणलाई बुझन मद्धत पुग्ने उहाँको भनाई छ ।

 

गुणस्तरीय सेवा प्रत्याभूत गर्न अस्पताल गम्भिर छ भन्ने कुरा यो कार्यक्रमले देखाएको छ उहाँले भन्नु भयो अस्पतालमा भर्ना भएका बिरामीलाई आवश्यक पर्ने रगतको जोहो गर्नकालागि यो रक्तदान कार्यक्रमले सहजता ल्याउछ ।

 

सामाजिक रुपमा सेवा प्रदान गर्ने उद्धेश्यले संचालनमा आएको अस्पतालले सामाजिक उत्तरदायित्वलाई आत्मसात गरेर रक्तदान कार्यक्रमको आयोजना गरेको अस्पतालका अध्यक्ष डा.मनोज गुप्ताले जानकारी दिनु भयो ।

 

अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा समाजका बिभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेको थियो ।रक्तदान कार्यक्रममा बीरगंज पब्लिक कलेजकासंस्थापक निर्देशक डा.दीपक शाक्यले ब्लड प्याकेट रक्तदातालाई दिएर कार्यक्रमको शुभारम्भ गर्नुे भएको थियो । 


कार्यक्रमा अस्पतालका संचालक डा.लक्ष्मी थापा,नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष के.सी.लामिछाने,जिल्ला अध्यक्ष श्याम बन्जारा,प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटे,नेपाल रेडक्रस सोसाइटी पर्साका श्रमीती मधु राणा,समग्र ट्रेड युनियनका केन्द्रीय सदस्य गीता भण्डारी ,बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई ,बीरगंज महानगरपालिका वडा नं ८का अध्यक्ष राजकिशोर गुप्ता,लगायतका सहभागिता रहेको थियो ।

 

कार्यक्रममा नवराज घिमिरे,रविन्द्र साह,आरती कुमारी,मनोज कुमार साह,पूजा साह,संजा थापा,राम श्रेष्ट लगायतले रक्तदान गर्नु भएको थियो । रक्तदान कार्यक्रममा नेपाल रक्तसंचार केन्द्रका धिरेन्द्र झाको नेतृत्वमा रहेको टोली र नर्सिङ क्याम्पसका छात्राहरुको टोलीले प्राविधिक सहयोग पु¥याएका थिए ।  रक्तदान कार्यक्रमको संचालन अस्पतालका प्रशासकीय अधिकृत लक्ष्मी खरेलले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.