logo

महानगर प्रमुखलाई सरोकारवालाको सवाल आफनो निर्णयको पालना आफैले नगर्ने ?

      11/28/2019 गते 00 00 मा प्रकाशित     947   पटक पढिएको

वीरगञ्ज १२ मंसिर  ।“हाम्रो वीरगञ्ज राम्रो वीरगञ्ज अभियान” मा आवद्ध अभियन्ताहरुले नगर प्रमुख सरावगीलाई स्मरणपत्र बुझाएका छन । “प्लाष्टिक नियन्त्रण र हर्न निषेध” क्षेत्र घोषणा गरेर कार्यान्वयन नगरेको भन्दै सरोकारवालाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई भेटेर स्मरणपत्र बुझाएका हुन। 

अभियानले वीरगञ्जमा प्लाष्टिक झोलाको सट्टा कागज र कपडाको झोला प्रयोग र पुनः प्रयोग गर्न आग्रह गर्दैै आएको छ ।


स्मरण पत्रमा घोषणाको दिन फोहोर र कोलाहलबाट वीरगञ्जलाई मुक्ति दिन जथाभावी फोहोर फाल्ने र हर्न बजाउनेलाई सुरुमा कम्तीमा ५ हजार जरीवाना गर्ने र त्यसपश्चात सो रकमलाई बढाउँदै १ लाखसम्म लग्ने, साथै वीरगञ्ज महानगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधा रोक्नेसम्मको चेतावनी दिएर किन कार्यान्वयन नगरेको भनी प्रश्न गरिएको छ ।

 

बोर्ड बैठकले कसको लहडका कारण यस्तो निर्णय गरेको हो ? निर्णय गरेपछि घोषणा गर्दासम्मको बाँकी समयमा पूर्व तयारी किन गरिएन ? घोषणापछि त्यसको कार्यान्वयनलाई किन प्रभावकारी बनाउने प्रयास गरिएन ? जनसरोकारको यत्रो बिषयमा महानगर हल्का बन्न पाइन्छ ? नागरिक सरोकारका बिषयमा गरिएको निर्णयहरु पालना नगर्ने हो भने नागरिकको लागि अरु के काम हुन्छ र ? बोली दिने त्यो अनुसारको ब्यवहार नगर्ने गर्न पाइन्छ र ? भन्ने जस्ता प्रश्नहरु स्मरण पत्रमा उल्लेख छन ।

घोषणा भएको एक सातासम्म जनचेतना मुलक कार्यक्रम गर्ने, त्यसपछि दण्ड जरीवाना गर्ने घोषणा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले गरेका थिए । तर घोषणा भएको ११ महिना बित्दापनि घोषणा मै सीमित रहेकोले स्मरण पत्र बुझाइएको अभियानका संयोजक केसी लामिछानेले बताउनु भयो।

‘प्लाष्टिक जीवनको अभिन्न वस्तु भइसकेको छ, यसको उपयोग र उपभोग शून्य भन्न निकै कठिन छ । तर उपयोग र उपभोगपछि त्यसको उचित ब्यवस्थापन हुनुपर्छ,’ लामिछानेले भने, ‘हामीले प्लाष्टिकको झोला प्रयोग नगर्ने प्रतिवद्धता मात्रै होइन, पालना गरेका छौं । तर महानगरपालिका यस विषयमा जिम्मेवार देखिएन, त्यसैले स्मरणपत्र बुझाएका हौं । ’

फोहोर व्यवस्थानका लागि टोल समिति गठन गर्ने, प्रहरी समेत परिचालन गर्ने, उनीहरुलाई नै जरीवाना गर्ने अधिकारसहित रसिद दिने र असुली भएको जरिवानाको ३० प्रतिशत दिने निर्णय बोर्डले गरिसकेको महानगर प्रमुख बिजय सरावगीको भनाइ छ ।
पूर्व तयारी विना घोषणा भएको र कार्यान्वयनका लागि कर्मचारीको साथ नपाएको उहाँले बताउनु भयो । ‘तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालको पालामा घोषणा भयो, त्यसपछि उहाँको सरुवा भयो । कार्यान्वयनका लागि विद्यमान कर्मचारीको सपोर्ट भएन र नगर प्रहरी लगायत आवश्यक कर्मचारी नियुक्त गर्न पाएको छैन महानगर प्रमुख सरावगीले भन्नु भयो संघ सरकारले पनि आवश्यक कर्मचारी पठाएको छैन । त्यसैले घोषणा कार्यान्वयनमा ल्याउन सकेको छैन ।’


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.