logo

शनीवरको बिहान एक हुल तन्नेरी गेट वे अफ नेपालको सफाईमा पुग्छन

      11/29/2019 गते 00 00 मा प्रकाशित     1462   पटक पढिएको

वीरगंज १४ मंसीर। शनीवार एक हुल तन्नेरीहरु एकाबिहानै गेटवे अफ नेपालमा पुगरे फोहर बटुल्छन । बितेको तीन हप्ता देखीको यो नियमित प्रक्रिया हो ।

 

नेपालको प्रवेशद्वार शनीवारको बिहान चिटिक्क हुन्छ । सबैको मुख बाट निस्कन्छ “वाह क्या गजव” फेरी अर्को हप्ता अवस्था उस्तै । दक्षीण भारतका एक नागरिक भेटिए उनले के हुदैछ भनेर जिज्ञासा राखे ।

 

उनलाई स्वयंसेवकहरु साप्ताहिक बिदाको दिनमा आएर यो प्रवेशद्वारको सरसफाई गर्छन भनेर एक स्वयं सेवक बुझाउदै थिए । उनले पनि बुझै झै गरेर “ग्रेट वर्क” भन्दै टाउको हल्लाए ।

 

उनको अनुहारमा देखिने भावभंगिमाबाट लाग्थ्यो नेपालीहरु अनौठो काम गर्दैछन । उनले निकैबेर सफाई अभियान नियाले ।  बीरगंजमा बिभिन्न क्षेत्रहरुमा स्वयसेवीहरुले बिभिन्न खालका अभियानहरु चलाएर राम्रोे सन्देश प्रवाह गर्न लागेका छन । कोही रक्तदानमा जुटेका छन ।

 

कोही प्लाष्टिक निषेध हर्न निषेध भन्दै जुटेका छन । कोही श्रीसिया नदीको संरक्षण र बीरगंजको सभ्याताको रक्षामा लागेका छन । स्वयसेवीहरुको यस्तो प्रयासमा स्थानीय सरकारको द¥हो साथ नपाएको कतिपयले भने गुनासो गरेका छन ।


 तेश्रो शनीवार सफाई अभियान संचालन गरेको भोलन्टीएर समुहले गरेको यो कामलाई सबैले प्रशंसा गरेका छन । पहिला महानगरले नै प्रवेशद्वारमा फोहर फालेर बीरगंजको प्रतिष्ठा लिने काम गरेको थियो ।

 

अहिले गुमेको प्रतिष्ठालाई फिर्ता गर्न यो समुहले प्रभावकारी काम गरेको छ । मेयर बिजय सरावगीनै यो अभियानमा सहभागि हुनुले पनि यही कुारको संकेत गर्छ ।  बीरगंज रक्सौल वीचमा रहेको मितेरी पुल नजिक शंकराचार्य गेट र आसपासको क्षेत्रमा सरसफाईले त्याहाका बासिन्दालाई पनि खुशी बनाएको छ ।


यसका साथै सरसफाई अभियान अन्तर्गत नै शंकराचार्यद्वारमा रहेको नेपालको झन्डा फेरिएको छ । हिजो शुक्रबार शंकराचार्यद्वारको अवलोकन तथा निरिक्षण गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले झन्डा फेर्ने गरेको आग्रह अनुसार झन्डा समेत फेरिएको भोलन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तवले वताए ।

सरसफाई सम्पन्न पश्चात सरसफाई अभियानकर्मीहरु शंकराचार्यद्वारको झन्डा फेर्दै राष्ट्रगान समेत गाएको भोलन्टियर समुहका महासचिव श्याम सरार्फले वताए ।

सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर वीजय सरावगी, नेकपाका युवा नेता अरबिन्द सिंह, भोलेन्टियर समुहका करण यादव, राजा रौनियार, बिनय गुप्ता, कम्लेश कुश्ववाहा, नुतन सरावगी, सुशिला पौडेल, देवेस गुप्ता, अनिल हजरा, सेशकुमार हजरा, बिक्की सरार्फ, अनिस कुश्वाहा, किस्सु सरार्फ, राजा सरार्फ, दिपलाल साह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.