logo

सामाजिक सुरक्षा भत्ता माँग गर्दै जेष्ठ नागरिकले बुझाए प्रजिअलाई ज्ञापन

      12/11/2019 गते 00 00 मा प्रकाशित     967   पटक पढिएको

बीरगंज २५ मङसीर ।
सिंहदरवारको अधिकार सम्बैधानिक रुपमा गाउँ गाउँमा गएपनि स्थानीय नागरिकले  त्यसको अनुभूती भने गर्न पाएका छैनन । सामाजिक सुरक्षा भत्ता वापतको रकम स्थानीय तह मार्फत जेष्ठ नागरिक लगायतले अन्यले गाउँमै पाउने ब्यवस्था भएपनि  पर्साको एउटा गाउँका जेष्ठ नागरिक भने समाजिक सुरक्षा भत्ता माग्दै सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउन बाध्य छन । 

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुर टोलका जेष्ठ नागरिकले मङसीर २५ गते अन्तराष्ट्रीय मानव अधिकार  दिवसको दिनमा पर्साका प्रमुख जिल्ला अधिकारीलाई ४ बूंदे ज्ञापन बुझाएका छन ।  


आर्थिक बर्ष २०७६ ०७७ मो वितरण नभएको समाजिक सुरक्षा भत्ता यथासिघ्र वितरण गराउनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । गाउँपालिकाका अध्यक्ष जालिम मियाँले आफनो इँटा उधोग बनाउदा सार्वजनिक कुलो भत्काई मासेका कारण ७० विगहा खेती सिचांई प्रभावित भएकोले पुन कुलो निर्माण गराईदिनु पर्ने उल्लेख छ ।

 

ज्ञापन पत्र बुझाउदै ७४ वर्षिय सत्यनारायण चौहानले कुलो बनाउन जाँदा गाउँपालिकाका अध्यक्ष मियाले रोक्ने गरेकोले प्रमुख जिल्ला अधिकारीबाट स्थलगत अनुगम गरी कुलो निर्माण सुचारु गराउन माँग गर्नु भएको थियो । बिकासमा समानता  र गाउँपालिका कार्यालयबाट दलित बालबालिकाको भत्ता उपलब्ध गराउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाइएको हो  ।

उहाँहरुले सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।
ज्ञापन पत्र बुझाउन जगदिश हजरा दुसाद, प्रभु प्रसाद चौहान, जिउत महतो चाई, केशवर राम, जोखु राउत लगायतकाले जिल्ला प्रशासन कार्यालय पर्सामा पुग्नु भएको थियो । 


यसैवीच जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले पंजिकरण विभागबाट समाजिक सुरक्षा भत्ताको लागि माँग भएर आए जतीको सामाजिक सुरक्षा भत्ता बितरणकोलागि वडा सचिवहरुलाई रकम निकास गरि सकिएको बताउनु भयो ।

 

उहाँले  वाकी रहेको अपुग रकम मांग समेत गरि सकिएको प्रष्ट पार्नु भयो । उहाँले सामाजिक सुरक्षा भत्ता पाउनेहरुको अभिलेखिकरणको काम तिब्र गतिमा भइरहेको र १५ दिन भित्र अन्य बाँकी रहेका सबैको अभिलेख दुरुस्त पारी भत्ता समेत बितरण गरि सक्ने जानकारी दिनु भयो ।

 

 आर्थिक वर्ष ०७६ /०७७ को साउन महिना  देखी नै सामाजिक सुरक्षा भत्ता बितरण भएको छैन । गाउँपालिका भित्र सामाजिक स्ुरक्षा भत्ता पाउने करिब १ हजार ५ सय नागरिक रहेको कार्यकारी प्रमुख गिरीले जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.