logo

एक बिद्यालय दूई प्रधानाध्यापक शिक्षक र बिद्यार्थी सबै अन्यौलमा

      12/17/2019 गते 00 00 मा प्रकाशित     965   पटक पढिएको

बीरगंज १ पौष ।  पकहामैनपुर गाउपालिका वडा नंं.३ मा रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा दुई जना शिक्षक निमित्त प्रधानाध्यापक नियुक्त भएपछि बिद्यालयको शैक्षीक तथा प्रशासनीक गतिविधि अन्यौलमा परेको छ । 


विद्यालयका निवर्तमान प्रधानाध्यापक धुपनाथ साहले गत कार्तिक ९ गतेबाट अनिवार्य अवकाश पाएपछि विद्यालयका शिक्षक रामादेश चौहानलाई निमित्त प्राधानाध्यापकको जिम्मेवारी दिनु भयो ।  तर बरिष्ठताका हिसावले आफूले निमित्त प्राधानाध्यापकको जिम्मेवारी पाउनु पर्ने भन्दै अर्का शिक्षक नन्द किशोर रामले गाउँ पालिकाको कार्यालयमा उजुरी दिनु भयो । 


गाउपालिका अध्यक्ष विजय चौरसियाले बरिष्ठताको  हिसाबले नन्दकिशोर रामलाई निमित प्रधानाध्यापकको जिम्मेवारी तोकेपछि विद्यालयमा विवाद शुरु भएको हो  ।


विद्यालयका शिक्षक रामादेश चौहानले कुनैपनि प्रधानाध्यापकले अनिवार्य अवकाश भएपछि जुनसुकै शिक्षकलाई निमित्तमा जिम्मेवारी तोकेपछि अर्को व्यवस्था नभएसम्मका लागि उसैले विद्यालय प्रसाशन चलाउने शिक्षा ऐनमा व्यवस्था रहेकाले विद्यालयको आधिकारीक प्रधानाध्यापक आफु नै रहेको बताउनु भयो ।

 

विद्यालयका अर्का शिक्षक नन्दकिशोर रामले भने बरिष्ठताको  हिसाबले निवर्तमान प्रधानाध्यापक धुपनाथ साहपछि आफु नै सिनियर रहेकाले विद्यालयको निमित प्रधानाध्यापक आफु नै रहेको दाबी गर्नुहुन्छ ।


विद्यालयमा २ जना शिक्षकहरुले प्रधानाध्यापकमा आ–आफनो दाबी राखेपछि कसको निर्देशन मानेर अध्ययन अध्यापन गराउने हो भन्ने अन्यौलता रहेको शिक्षक मनोज यादवले बताउनु भयो । 


विद्यालयका शिक्षकहरुलाई कसको निर्देशन मान्ने भन्ने अन्यौल त छदैछ ।  दुई  जना प्रधानाध्यापकले दाबी गरेपछि विद्यार्थीहरु पनि अन्यौलमा परेका छन । कक्षा ९ मा अध्ययनरत देबेन्द्र चौहानले आफुहरुको कुनै समस्या पर्दा कुन प्रधानाध्यापक कहाँ जाने र कसलाई सुनाउने भन्ने अन्यौल रहेको बताउनु भयो  ।

 

मजाको कुरा त के छ भने प्राधानाध्यापकको दावी गर्ने दुबै जना शिक्षकहरु समस्या पर्दा भने जिम्मेवारी बाट पन्छिने गर्छन । “शिक्षकहरु कुनै दिन नआउदा दुबै प्रधानाध्यापकसंग गुनासो गर्दा वहाहरु जिम्मेवारीबाट पन्छिने गरेको चौहानले गुनसो गर्नु भयो  ।

 

कक्षा ९ मा अध्ययनरत छात्रा नितु कुमारीले बिद्यालयमा भएका समस्याहरुको समाधानकोलागि कोही जवाफदेह नरहेको बताउनु भयो । उहाँले भन्नु भयो“बिद्यालयमा शौचालय छैन जसले गर्दा छात्राहरुलाई समस्या छ तर गुनासो सुनाउने जिम्मेवार कोही मान्छे छैनन । 


विद्यालयको आधिकारीक निमित प्रधानाध्यापक को हो भन्ने सन्दर्भमा गाउपालिका अध्यक्ष विजय चौरसियाले अर्को प्रधानाध्यापक नआएसम्म बरिष्ठता र नियम अनुसार नन्दकिशोर रामलाई निमितको जिम्मेवारी तोकेको बताउनु भयो ।

 

विद्यालयको पठनपाठन प्रणाली अनुसार चलाउन गतिशिल प्रधानाध्यापक ल्याउन आफु प्रयासरत रहेको अध्यक्ष चौरसियाले बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.