logo

निजगढ बिमानस्थलका बिषयमा सीमरामा भब्य अन्तरक्रिया,कुनै पनि षडयन्त्र सफल हुन नदिने उद्धघोष

      12/19/2019 गते 00 00 मा प्रकाशित     2488   पटक पढिएको

जीतपुर ३ पुष ।   संविधान सभा सदस्य पुरुषोतम पौडेलले २५ वर्ष बित्नै लाग्दासमेत बारामा बन्ने अन्तराष्ट्रिय विमान स्थल बनाउनु पर्ने बहसमा मात्र सिमित रहेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ  ।

 

बाराको सिमरामा निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउन सरोकारवालाहरुसंगको छलफलमा उहाँले २०५१ सालमा निजगढमा अन्तराष्ट्रिय बिमानस्थल बनाउनुपर्ने भनि काम शुरु भएको र हाल सम्मपनि बहसमै सिमित रहेको बताउनुभएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमंत्री समेत रहनु भएका पौडेलले अन्तराष्ट्रिय बिमानस्थलको जग्गाको चार किला छुट्याउन मात्र २० वर्ष लागेको र चार किला छुट्याइए पछि डिपिआर तैयार गर्न बढिमा १ वर्ष लाग्नु पर्ने ठाउँमा ५ वर्ष लाग्दा समेत तैयार नभएकोप्रति चिन्ता ब्यक्त गर्नुभयो ।


उहाँले विमान स्थल बन्ने कुरा राजनीति विषय नभएका भन्दै धेरै विकल्प सहित गरीएको अनुसन्धानको प्रतिफल स्वरुप प्राविधिक रुपमै अन्तराष्ट्रिय बिमानस्थलका लागि नेपालकै सबैभन्दा उपयुक्त स्थान बाराको यो भुभाग रहेकोले राज्यका अगाडि  विमान स्थललाई बनाउनु बाहेक कुनै विकल्प नरहेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य रामबाबु यादबले राज्यको तलब भता खाने र राज्यको प्रगति देख्न नचाहने ब्यक्तिले आफ्नो अन्तिम अस्त्रको रुपमा न्यायलयलाई प्रभावमा पारेर अन्तराष्ट्रिय बिमानस्थलको काम प्रभावित गर्न खोजेको तर त्यो कदापी सफल नहुने बताउनुभयो ।

उहाँले आफुहरु जनताको प्रतिनिधि भएकोले बारा, पर्सा र सर्लाही लगाएतका सबै जननिर्वाचित प्रतिनिधीहरुको सरोकार समिति बनाएर यसको बारेमा दबाब दिन पछ नपर्ने बताउनु भयो ।

नेकपाका नेता अच्युत मौनालीले रुख कटानको विषयलाई मुख्य मुद्धा बनाएर अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कामलाई रोक्न खोज्नेलाई बारामा खालि रहेको सबै सर्वाजनिक स्थलमा  बृक्षा रोपनको कामलाई अगाडी बढाउने काम शुरु गर्न आग्रह गर्नुभएको थियो ।

यसैगरी प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ज्वाला साहले अदालतमा परेको मुद्धाका कारण बारामा बन्ने अन्तराष्ट्रिय बिमानस्थलको काम केहि समय पछि धकेलिएपनि काम नरोकिने कुरामा नेकपाका सरकारसमेत लागी परेको बताउनुभएको छ ।

यता सरकारलाई निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउन बाराका सरोकारबालाहरुले समेत आग्रह गरका छन् । अन्तर्रा्ष्ट्रिय बिमानस्थलको एक मात्र मापदण्ड पुरा हुन सक्ने, द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र र वीरगञ्ज पथलैया औद्योगिक करिडोरसग जोडिएकाले यसको विकल्प नरहेको कार्यक्रममा उपस्थित सरोकारवालाहरुले जानकारी गराएका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल, प्रदेशसभा सदस्य माननीयहरु सुन्दर विश्वकर्मा, ज्वाला साह, पारस साह, महम्मद समीर, त्रिलोकि चौधरी, नेकपाका केन्द्रीय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठल, कोल्हाबी नगर प्रमुख भरत भन्डारी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी, नगर उपप्रमुख सुनौना चौधरी, फेटा गाउपालिका अध्यक्ष अमिरी प्रसाद, जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, निजगढ सरोकार समितिका एकबहादुर श्रेष्ठ, फास्टट्र्याक एरपोर्ट समितीका अध्यक्ष रबिराज दङाल,टाङियाबस्ती सरोकार समितिका संयोजक रमेस सापकोटा, कोल्हबी सरोकार समितिका अध्यक्ष ढुण्डी राज उप्रेतीको उपस्थिती रहेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई प्रदेश नम्बर २ का प्रदश सभा सदस्य सिता गुरुङ्गले स्वागत गर्नुभएको थियो भने र होटल तथा पर्यटन ब्यवसायी संघ बाराका अध्यक्ष मोहन लामिछानेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा करीव ३ सय भन्दा बढि सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


निजगढ अन्तराष्ट्रिय विमानस्थलको शन्दर्भमा आज सिमरामा आयोजित सरोकार पक्षहरूको अन्तरकृया कार्यक्रम वाट प्राप्त निष्कर्षहरू 
१, वातावरणीय रूपले जती रूख काटिन्छ त्यसको पॅाच गुणा रूख हामी रोप्छौ । विरूवाको कारणले वातावरण प्रभावित हुन दिईदैन । २ नम्बर प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र आयोजनाको तर्फवाट आवस्यक संख्यामा विरूवा रोपिन्छ .।


२, वन्य जन्तुको वाटो अवरूद्द हुने र उनीहरूको जीवन चक्र प्रभावीत हुन्छ भन्ने कुरा उठेको छ ।यो यहाको खास समस्या होईन । फेरी पनी वन्य जन्तुको आवत जावतको लागी फाष्ट ट्र्याक निर्माण गर्दा विकल्प दिईएको छ र एयरपोर्ट वनाउदा समेत हाईवेवाट एक किमी भन्दा वढि जमिन छाडि उचित विकल्प दिईने भएकोले यो समस्या रहेन  ।


३, तल्लो तटीय क्षेत्रको पानीको श्रोत सुक्छ भन्ने शन्दर्भमा अध्ययन गर्दा त्यस क्षेत्रको भौगोलीक वनोट र जमिन भीत्रको पानीको सतह १०० मीटर भन्दा तल पाईएको र विमानस्थलको रनवे वनाउदा समेत पानीको रिचार्चको लागी आवस्यक क्यानल राख्ने प्रस्ताव भएकोले समस्या देखीदैन । यो समस्याको दिर्घकालीन समाधानको लागी सुनकोशी मरिन ड्राईभर्सन मार्फत वागमती नहर हुदै यस क्षेत्रको सिचाईको लागी संगसंगै काम भैरहेको छ ।


४, यो विमानस्थल वनाउदा लगभग दुई लाख वोट विरूवा क्षती हुने देखीन्छ । उक्त क्षतीको परिपुरणको लागी आयोजनाले १५ लाख विरूवा रोप्ने योजना अगाडी सारेको देखीन्छ । यो सर्वथा सहि छ र यसले वातावरणीय सन्तुलन कायम गरी रहनेछ ।


५, निजगढमै किन भन्ने कुरा पनी उठाईएको छ रु निजगढ विमानस्थलको भूबनोट कडा चट्टानले वनेको छ १ काठमाडौं संग जम्मा दुरि ७५ किमी छ । फाष्ट ट्र्याक संग जोडिएको छ १ विशेष आर्थिक क्षेत्र संग जोडिएको छ  विरगंज नाकासंग जोडिएको छ । यो विमानस्थल अन्तर्राष्ट्रिय सिमावाट सुरक्षित दुरी (३) किमी ० मा छ । चुरे पहाड र महाभारत डॅाडावाट पनी सुरक्षित दुरीमा छ । तसर्थ यो निजगढकै लागी डिजाईन भएको छ ।


६, यो विमानस्थलमा विमान उड्ने र अवतरण हुने अन्तर्राष्ट्रिय मापदण्ड जीरो भिजीवलीटीसहितको छ । नेपली एयर स्पेस भित्रैवाट नै विमान उडान र अवतरण हुन सक्ने एकमात्र सम्भाव्य स्थान निजगढ भएकोले निजगढ अन्तरास्ट्रिय विमानस्थल वन्नु अनिवार्य छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.